आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
उत्तर कोरिया पुनः रकेट प्रक्षेपणको तयारीमा

उत्तर कोरिया पुनः रकेट प्रक्षेपणको तयारीमा

अन्तराष्ट्रिय, समाचार
सोल —फागुन २६। अमेरिकी राष्ट्रपतिसँगको दुई साताअघिको वार्ता बिनानिष्कर्ष टुंगिएपछि उत्तर कोरियाले पुनः रकेट प्रक्षेपणको तयारी गरेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उत्तरले राजधानी प्योङयाङ नजिकै रकेट प्रक्षेपणका लागि तीव्र तयारी गरिरहेको भूउपग्रह तस्बिरहरूले प्रस्ट भएको दाबी गरेका छन् । बीबीसीका अनुसार उत्तरले यसअघि अधिकांश ब्यालेस्टिक क्षेप्यास्त्र तथा रकेट परीक्षण गरेको केन्द्र सानुमडोङ वरपरका गतिविधिमा निकै बढेको छ । गतसाता उत्तर कोरियाले आफ्नो मुख्य रकेट प्रक्षेपण केन्द्र सोहाईमा पुनर्निर्माण थालेको विवरण प्राप्त भएका थिए । सोहाई रकेट प्रक्षेपण केन्द्र ध्वस्त पार्ने कार्य गत वर्ष सुरु भएको थियो । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ–उनबीचकोवार्तामा ठोस सहमति नभएपछि रोकिएको थियो । अमेरिकी राष्ट्रपति ट्रम्पले ‘उत्तर कोरियाले परमाणु अस्त...
नैरोबी जाने क्रममा इथोपियन एयरलाइन्सको विमान दुर्घटनाग्रस्त

नैरोबी जाने क्रममा इथोपियन एयरलाइन्सको विमान दुर्घटनाग्रस्त

अन्तराष्ट्रिय, समाचार
काठमाडौँ — फागुन २६। इथोपियन एयरलाइन्सको बोइङ-७३७ विमान दुर्घटना भएको छ । राजधानी एडिस अबाबाबाट केन्याको राजधानी नैरोबी जाने क्रममा उक्त विमान आइतबार दुर्घटना परेको अधिकारीहरुले बताएका छन् । विमानमा एक सय ४९ जना यात्रु र ८ जना चालक दलका सदस्यहरु रहेको रोयटर्सले जनाएको छ।इथोपियाका प्रधानमन्त्री अबी अहमदले दुर्घटनामा परी ज्यान गुमाउनेहरुलाई श्रद्धाञ्जली दिँदै मृतकको परिवारप्रति समवेदना व्यक्त गरेका छन्। (कान्तिपुर दैनिक)...
सिके राउतसँग गरिएको सहमति अनुचित छैन :गृहमन्त्री थापा

सिके राउतसँग गरिएको सहमति अनुचित छैन :गृहमन्त्री थापा

राजनीति, समाचार
काठमाडौँ — फागुन २६। गृहमन्त्री रामबहादुर थापाले फागुन २४ गते सरकार र सिके राउतबीच भएको राजनीतिक सहमतिलाई गलत अर्थ लगाइएकोप्रति आपत्ति जनाएका छन् । उनले मुलुकका चुनौतीहरूलाई सरकारले सफलतापूर्वक समाधान गर्दा विभिन्न कोणबाट अनर्थ लगाइएकोप्रति सरकार आश्चर्यचकित भएको बताए । आइतबार प्रतिनिधिसभाको बैठकमा सरकार र सिके राउतको स्वतन्त्र मधेस गठबन्धनबीच भएको सहमतिबारे सांसदहरूले प्रश्न उठाएपछि गृहमन्त्री थापाले सरकारकोतर्फबाट संसद्मा सहमतिबारे स्पष्ट पारेका हुन् । उनले राजनीतिक समस्यालाई राजनीतिक रूपबाट हल गर्नुपर्नेमा सरकार स्पष्ट रहेको बताउँदै, त्यही प्रयासको प्रतिफल २४ गतेको सहमति भएको बताए । गृहमन्त्री थापाले स्वतन्त्र मधेस गठबन्धन समूहले नेपाललाई विखण्डन गर्ने उद्देश्यलाई परित्याग गरेको दाबी गरे । उनले मधेस गठबन्धनसँग नेपालको राजनीतिक अखण्डता,स्वाधीनता रक्षा गर्न सहमति जुटेको बताए । उन...
मलेसियासँग भिसा शुल्कमा अझै विवाद

मलेसियासँग भिसा शुल्कमा अझै विवाद

आर्थिक, समाचार
काठमाडौँ — फागुन २६। द्विपक्षीय श्रम समझदारी हुनुअघि जारी भएका कलिङ भिसाको शुल्क कामदारले ब्यहोर्न नपर्ने ग्यारेन्टी नहुँदा मलेसियाको रोजगारी खुल्न सकेको छैन । गत जेठदेखि मलेसियामा नेपाली कामदार जान बन्द छ । मलेसियाको गृह मन्त्रालयले रोजगारदाता कम्पनी सिफारिस गरेपछि कलिङ भिसा जारी हुन्छ । त्यस्तो भिसा पाएका कामदारलाई काठमाडौंस्थित मलेसियाली दूतावासले राहदानीमा भिसा लगाइदिन्छ । भिसा पाउन कामदार आफैं राहदानी लिएर दूतावास जान मिल्दैन । मलेसिया भीएलएनले भिसा प्रक्रिया गरेपछि मात्रै दूतावासले भिसा लगाइदिन्छ । यो प्रक्रिया गरेबापत भीएलएनले प्रतिराहदानी ७ हजार ४ सय ८० रुपैयाँ शुल्क लिने गरेको छ । श्रम समझदारी हुनुअघि झन्डै ७ हजार कामदारको कलिङ भिसा जारी भइसकेको छ । वैदेशिक रोजगार व्यवसायीले सबै विवरणसहित वैदेशिक रोजगार कार्यालय, ताहाचलमा श्रम स्वीकृतिका लागि पेस गरेका छन् । भिसा प्रक्रिय...
संसदमा राजपाको प्रश्न- ‘मधेसमा जनमत संग्रह गर्न सहमति गरेको हो ?’

संसदमा राजपाको प्रश्न- ‘मधेसमा जनमत संग्रह गर्न सहमति गरेको हो ?’

राजनीति, समाचार
काठमाडौँ — फागुन २६। राष्ट्रिय जनता पार्टीले सरकार र सीके राउतबीच भएको ११ बुँदे सहमति सकारात्मक भए पनि प्रष्ट जवाफ दिनुपर्ने बताएको छ । आइतबारको संसद् बैठकमा विशेष समय लिएर बोल्दै राजपा अध्यक्ष मण्डलका संयोजक महेन्द्रराय यादवले आफूहरु राष्ट्रिय एकता र अखण्डताको पक्षमा रहेको भन्दै 'स्वतन्त्र मधेस गठबन्धन’सँगजनमत संग्रह गर्ने सहमतिगरेकाे भएआफूहरुलाई स्वीकार्य नहुने यादवले बताए। 'विखण्डनलाई सरकारले मान्यता दिएको हो? सरकारको जवाफ चाहन्छौं,’ उनले भने। सरकारले जनमत स‌ंग्रह गर्ने सहमति गरेको भए त्यसले मुलुकमा नयाँ द्वन्द्व सृजना हुनेउनकाे दाबी थियाे। सीके राउतले सरकारसँग जनमत संग्रह गर्ने सहमति भएको दाबी गरेको भन्दै उनले यसबारे सरकारले संसदमा प्रष्ट जवाफ दिनुपर्ने माग गरेका छन्। उनले आफूहरुसँग भएको सहमति पालना नभएकाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पनि जानकारी गराएका थिए। संयोज...
सिके राउतसँग गरिएको सम्झौता विवादित रहेको सत्तारुढ दलका नेता भीम रावलको दाबी, स्पष्ट पार्न सरकारसँग माग

सिके राउतसँग गरिएको सम्झौता विवादित रहेको सत्तारुढ दलका नेता भीम रावलको दाबी, स्पष्ट पार्न सरकारसँग माग

राजनीति, समाचार
काठमाडौँ — फागुन २६। सत्तारुढ दलका नेता भीम रावलले सरकार र सिके राउतबीच भएको सम्झौताको केही शब्दबारे स्पष्ट गराउन माग गरेका छन् । आइतबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै नेता रावलले राउतसँगभएका ११ बुँदे सहमतिका केही शब्दहरु विवादित रहेको भन्दै यसबारे स्पष्ट पार्न सरकारसँग माग गरेका हुन् । राष्टिय अखण्डता, सार्वभौम सत्ताको विषयमा संविधान अनुसार 'जनमतसंग्रह'को कल्पना पनि गर्न नमिल्ने बताए । उनले भने ‘जनअभिमत भन्ने शब्दलाई जनमतसंग्रह भनेर सिके राउत पक्षले बोलि राखेछन् । यसबारे सरकारले जनताले बुझ्ने गरी स्पष्ट गराउनु पर्यो ।’ मधेश टुक्राउने विषयमा विगतमा विभिन्न अभिव्यक्ति दिँदै आएका सिके राउतले त्यो अभिव्यक्ति सार्वजनिक रुपमा किन फिर्ता लिएनन् भन्दै उनले प्रश्न उठाए । त्यस्तै नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजाल, गगन थापाले पनि पृथकतावादी गतिविधिमा लागेका राउत समूहलाई मूलधारमा ल्...
रुई र सुई समेत नभएका अस्पताल

रुई र सुई समेत नभएका अस्पताल

समाचार, समाज, स्वास्थ्य
काठमाडौँ — फागुन २६। पाल्पा जिल्ला अस्पतालमा टिटानसको सुई सकिएको एक वर्ष भयो, घाउ पुछ्ने रुईसमेत छैन स्टोर शाखा प्रमुख भन्छन्, ‘टेन्डर गर्दै छौँ’ फलामले काटेर गम्भीर चोट लागेपछि तानसेन नगरपालिका–११ बन्दीपोखराका १५ वर्षीय गोविन्द बोहरालाई आमा भीमाले बिहीबार जिल्ला अस्पताल दौडाइन् । एक घन्टा हिँडेर आमाछोरा अस्पताल पुगे, तर अस्पतालमा टिटी सुई नै रहेनछ । जिल्ला अस्पतालको बिजोग त्यतिवेला थाहा लाग्यो, जब भीमाले छोराको आँखामाथि जमेको रगत पुछ्न रुई मागिन् । नर्सले भनिन्, ‘रुई छैन ।’ ‘१ घन्टा हिँडेर अस्पतालसम्म आयौँ, नर्सले टिटी सुई लगाउनुपर्छ, तर यहाँ सकिएको छ भन्दै मेडिकलतिर लैजान भन्नुभयो,’ भीमाले भनिन्, ‘लतपतिएको रगत पुछ्न रुई मागेको, त्यो पनि रहेनछ ।’ अस्पतालको इमर्जेन्सी तथा स्टोर शाखाका इन्चार्ज अहेव चन्द्रतारा बस्यालले टिटी सुई सकिएको एक वर्ष भएको बताए । अहिलेसम्म किन नल्याउनुभए...
महिलाहरुको धैर्यवान र सन्तुलित भूमिकाको कारण बिश्व सुन्दर भएको छ :उपराष्ट्रपति पुन

महिलाहरुको धैर्यवान र सन्तुलित भूमिकाको कारण बिश्व सुन्दर भएको छ :उपराष्ट्रपति पुन

समाचार, समाज
काठमाडौँ — फागुन २६। उपराष्ट्रपति नन्द बहादुर पुनले महिलाहरुको बिशाल, धैर्यवान र सन्तुलित भूमिकाको कारण बिश्व सुन्दर भएको कुरा बताएका छन् । नेपाल महिला चेम्बरको आयोजनामा शक्रबार राजधानीमा आयोजित अन्तर्रा्ष्ट्रिय महिला दिवसलाई सम्बोधन गर्दै उनले सो कुरा बताउनुभएका हुन । जैविक हिसाबले पनि महिलाका जिनहरुको संख्या पुरुषको भन्दा एकले बढी हुने भएकोले पुरुष भन्दा महिला शक्तिशाली हुने कुरा उनले बताए। “इतिहासमा महिलाहरुमाथि संसारभर भएको विभेदले नारीहरुलाई सचेत र जागरुक बनाएको हो“, उपराष्ट्रपति पुनले भन्े। । महिलाहरुले आफ्नो हक, अधिकार र अवसर प्राप्तीको लागि गरेको कठोर संघर्षको प्रतिफल स्वरूप नारी जगत आज समान दायित्व, भूमिका र अवसरका साथ राष्ट्र–निर्माणमा अघि बढेको कुरा उनले बताए। उपराष्ट्रपति पुनले आधा धर्ति ढाक्ने नारीहरुको अधिकारलाई नेपालको संविधानले सुनिश्चित गरेकोले महिलाहरुको सहभागिताको ...
नारी दिवसको अवसर पारी नेपाल जेसिजद्वारा समाजमा योगदान पुर्याउने ७ जना महिला सम्मानित

नारी दिवसको अवसर पारी नेपाल जेसिजद्वारा समाजमा योगदान पुर्याउने ७ जना महिला सम्मानित

समाचार, समाज
काठमाडौँ — फागुन २६। २०७५ फागुन २३ गते बिहीबारको दिन थापाथली स्थित नेपाल जेसिज भबनमा १०९ औ अंतर्रास्त्रिय नारी दिवशको अबसरमा विविध विधामा आफ्नो अलग पहिचान बनाई समाजमा योगदान पुर्याउनु भएका ७ जना महिला दिदीबहिनी हरुलाई सम्मान गर्दै कदरपत्र प्रदान गरिएको थियो । जस मध्ये १)पहिलो स्त्री रोग सम्बन्धि आयुर्बेदिक महिला डा। सरिता श्रेष्ठ २) शिक्षाबिद तथा नेपालको पहिलो गर्ल्स स्काउट प्रमुख राम बदन जोशी ३) पहिलो महिला क्यान्सर स्त्री रोग सम्बन्धि बिद्याबारिधी गर्ने डा।एलिजा श्रेष्ठ ४) कृषिबिज्ञ नेपालको मशरूम खेतीमा विद्याबारिधी गर्ने पहिलो महिला डा।केसरी लक्ष्मी मान्नधर ५) महिला हिँसा तथा बालबालिका हितमा कदम चलाउने पत्रकार सन्तोषी अधिकारी ६) महिला तथा बालबालिकाको हिँसा विरुद्ध काम गर्ने पुलिस इनिस्पेक्तर शुभद्रा लामा वाईवा ७) भक्तपुर क्यान्सरको सिनियर नर्स यज्ञलक्ष्मी प्रधान जेस...
स्पेनिस ला लिगा फुटबलमा रायो भायकानोबिरुद्द बार्सिलोना ३–१ ले विजयी

स्पेनिस ला लिगा फुटबलमा रायो भायकानोबिरुद्द बार्सिलोना ३–१ ले विजयी

खेलकुद, समाचार
काठमाडौँ — फागुन २६। स्पेनिस लिग फुटबल अन्तर्गत बार्सिलोनाले रायो भायकानोलाई पराजित गरेको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा भायकानो विरुद्द बार्सिलोना ३–१ ले विजयी भयो । बार्साका लागि जेरार्ड पिके, लियोनल मेस्सी र लुईस सुवारेजले एक–एक गोल गरे । ला लिगा फुटबलकै अर्को खेलमा एथ्लेटिको मड्रिडले लेगानेजलाई १–० ले पराजित गर्दा गेटाफेले हुएस्कामथि २–१ को जित निकाल्यो । गएराति डेपोर्टिभो आलाभेज र आईबारले १–१ गोलको बराबरी खेलेका छन् । ला लिगा फुटबलमा आज राति रियाल मड्रिडले रियाल भालाडोलिडसँग खेल्नेछ । गएरातिका खेलपछि स्पेनिस लिग फुटबलमा २७ खेलबाट ६३ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा छ । समान खेलबाट ५६ अंक जोडेको एथ्लेटिको मड्रिड दोस्रो स्थानमा रहँदा एक खेल कम खेलेको रियाल मड्रिड ४८ अंकको साथ तेस्रो स्थानमा रहेको छ ।...