आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
सरकार र राउत सहमति : प्रधानमन्त्री ओलीको निगरानीमा वार्ता

सरकार र राउत सहमति : प्रधानमन्त्री ओलीको निगरानीमा वार्ता

राजनीति, समाचार
काठमाडौँ — फागुन २५। विखण्डनको गतिविधिमा संलग्न रहेको अभियोगमा थुनामा रहेका सीके राउत सर्वोच्च अदालतको आदेशबाट रिहा भएको भोलिपल्टै मूलधारको राजनीतिमा आएका छन् । सरकार र राउतबीच भएको सहमतिप्रति प्रधानमन्त्रीकै पार्टी नेकपाका नेताहरूले असन्तुष्टि व्यक्त गरेका छन् भने मधेसका नेता र बुद्धिजीवीहरूले सकारात्मक तरंग आएको बताएका छन् । राजधानीमा शुक्रबार सहमतिपत्रमा हस्ताक्षरपछि गृहमन्त्री रामबहादुर थापा र स्वतन्त्र मधेस गठबन्धनका संयोजक सीके राउत । असन्तुष्ट समूहसँग वार्ता गर्नका लागि भन्दै सरकारले गत साउनमा सांसद सोमप्रसाद पाण्डेको संयोजकत्वमा राजनीतिक वार्ता टोली बनायो । मुलुक विखण्डनको माग राख्दै आन्दोलनरत सिके राउत नेतृत्वको मधेस गठबन्धनसँग भने टोलीले वार्ता गरेन । पुसमा म्याद सकिने बेला टोलीले सरकारलाई नेक्रवित्रम चन्द र तराईमा आन्दोलनरत सिके राउत समूहलाई निगरानी गर्न सुझाव मात्र ...
दाहालकाे जस्तै निर्णय क्षमता सिके राउतमा देखें– प्रधानमन्त्री ओली

दाहालकाे जस्तै निर्णय क्षमता सिके राउतमा देखें– प्रधानमन्त्री ओली

राजनीति, समाचार
काठमाडौँ — फागुन २४। प्रधानमन्त्री प्रधामनन्त्री केपी ओलीले सिके राउतको प्रशंसा गरेका छन् । राउतले नेतृत्व गरेको स्वतन्त्र मधेश गठबन्धन र सरकारबीच शुक्रबार भएको राजनीतिक सहमति कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले रावतको निर्णय क्षमताको प्रशंसा गरेका हुन । उनले राउतलाई पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालस‌ँग तुलना गरेका छन् । 'राउतमा निर्णय क्षमता देखे। त्यस्तो निर्णय क्षमता पुष्पकमल दाहालमा मात्रै देखेको थिए,' प्रधानमन्त्री ओलीले भने, 'संसद, सरकार, चुनावमा सहभागिता, पार्टी एकता गर्ने कुरामा जो सुकैले यस्तो सक्दैन निर्णय क्षमताले हुन्छ। मैले सिके राउतजीमा पनि यस्तो छाँटकाँट देखे।' (कान्तिपुर दैनिक)...
युरोपा लिगमा डाईनामो किभ विरुद्द चेल्सी विजयी, रेनेजसँग आर्सनल पराजित

युरोपा लिगमा डाईनामो किभ विरुद्द चेल्सी विजयी, रेनेजसँग आर्सनल पराजित

खेलकुद, समाचार
काठमाडौँ — फागुन २४। युरोपा लिग फुटबलमा इंग्लिस क्लब चेल्सीले युक्रेनको डाईनामो किभलाई हराएको छ । राउण्ड अफ सिक्सटिनअन्तर्गत गएराति आफ्नै मैदानमा भएको पहिलो लेगको खेलमा चेल्सी ३–० ले विजयी भयो । चेल्सीका लागि पेड्रो, विलियन र हड्सन ओडोईले एक/एक गोल गरे । जितसँगै चेल्सीले क्वाटरफाईनलमा पुग्ने सम्भावना बलियो पार्दा दोस्रो लेगको खेलपूर्व युक्रेनी क्लब डाईनामो दबाबमा आएको छ । युरोपा लिग फुटबलकै अर्को खेलमा आर्सनल पराजित भएको छ । फ्रान्समा भएको खेलमा घरेलु टोली रेनेजले इंग्ल्यान्डको आर्सनललाई ३–१ ले हराएको हो । युरोपा लिग फुटबल राउण्ड अफ सिक्सटिनका पहिलो लेगका अन्य खेलहरुमा ईटालीको नापोलीले अष्ट्रियाको रेडबुल साल्जबर्गलाई ३–० ले हराउँदा स्पेनको भियारियालले रुसको जेनिथलाई ३–१ ले, स्पेनकै भ्यालेन्सियाले रुसको क्रास्नोदारलाई २–१ ले तथा क्रोएसियाको डाईनामो जाग्रेबले पोर्चुगलको बेनिफिकाल...
गण्डकी मेडिकल कलेजमा राजनीतिक धापमा चलखेल गरी मनपरी शुल्क

गण्डकी मेडिकल कलेजमा राजनीतिक धापमा चलखेल गरी मनपरी शुल्क

अपराध, समाचार, समाज
काठमाडौँ — फागुन २४। पाँच वर्षयताका मेडिकल शिक्षामा भएका अनियमिततामा गण्डकी मेडिकल कलेजका प्रमुख सञ्चालक खुमा अर्याल पर्दापछाडि निकै सक्रिय देखिन्छन् । राजनीतिक पहुँचलगायतका कारण छानबिन र कारबाहीको आँट भने कसैले गरेको छैन । जिल्ला प्रहरी कार्यालय कास्कीमा ठगीको उजुरी दर्ता भएलगत्तै गण्डकी मेडिकल कलेजका प्रमुख सञ्चालक खुमा अर्याल ‘फरार’ छन् । पाँच वर्षयता मेडिकल कलेजका अनियमितताका घटना केलाउने हो भने कतिपय चलखेलमा पर्दापछाडि अर्यालको संलग्नता देखिन्छ । राजनीतिक पहुँचलगायतका कारण छानबिन र कारबाहीको आँट भने कसैले गरेको छैन । ‘सरकारले तोकेभन्दा बढी रकम असुलेर ठगी गरेको भन्ने विद्यार्थीको उजुरी छ । त्यसअनुसार १० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ,’ जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी ओमबहादुर रानामगरले भने, ‘खुमा अर्याल अहिले फरार छन् । अरूको खोजी भइरहेको छ । पक्राउ परेकाहरूव...
जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत प्रधानमन्त्री ओलीलाई चैत  ५ मै जलविद्युतकाे सेयर दिइने

जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत प्रधानमन्त्री ओलीलाई चैत ५ मै जलविद्युतकाे सेयर दिइने

आर्थिक, समाचार
काठमाडौँ — फागुन २४। जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत माथिल्लो त्रिशूली ३ बी (३७ मेगावाट)को पहिलो सेयर प्रधानमन्त्री केपी शर्मा ओलीलाई ५ चैतमै दिने तयारी भएको छ । प्रधानमन्त्री ओलीले २ फागुनमा सो कार्यक्रमको घोषणा गर्दै ३५औँ दिनमा (७ चैत)मा आफूले कार्यक्रमअन्तर्गत अघि बढ्ने आयोजनाको पहिलो सेयर किन्ने प्रतिबद्धता व्यक्त गरेका थिए । तर, प्रधानमन्त्रीले घोषणा गरेभन्दा दुई दिनअगाडि नै सेयर किन्न पाउने भएका हुन् । ओलीको सो प्रतिबद्धता पूरा गराउन पनि कार्यक्रमको कार्यविधि चाँडो बनाइएको कार्यक्रम संयोजन समिति सदस्यसचिव हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेलले बताए । उनका अनुसार कार्यक्रमका लागि आवश्यक कार्यविधि निर्माणको काम अन्तिम चरणमा पुगेको छ । ‘कार्यविधि निर्माण अन्तिम चरणमा पुगिसकेको छ,’ उनले भने, ‘आइतबार ऊर्जा, जल...
प्रधानमन्त्रीद्वारा अन्तर्राष्ट्रिय महिला दिवसकाे अवसरमा शुभकामना सन्देश जारी

प्रधानमन्त्रीद्वारा अन्तर्राष्ट्रिय महिला दिवसकाे अवसरमा शुभकामना सन्देश जारी

राजनीति, समाचार
काठमाडौँ — फागुन २४। प्रधानमन्त्री केपी ओलीले राजनीतिक, आर्थिक एवम् सामाजिक क्षेत्रमा महिलाको प्रतिनिधित्व बढेकोमा खुशी व्यक्त गरेका छन्। १०९ औं अन्तर्राष्ट्रिय महिला दिवसकाे अवसरमा शुभकामना सन्देश दिँदै उनले शासकीय पद्धतिमा भएको परिवर्तनसँगै संघीय संरचनामा महिलाहरुको प्रतिनिधित्व बढेको बताए । 'महिलाको कूल साक्षरता दरमा वृद्धि, मातृ मृत्युदरमा सुधार तथा उनीहरुको आर्थिक सशक्तिकरण भइरहेको तथ्याङ्कहरूले देखाएका छन्।' प्रधानमन्त्री ओलीले शुभकामना सन्देशमा भनेका छन्, 'पैतृक सम्पत्तिमा समान हक, सामाजिक सुरक्षा र सामाजिक न्यायका लागि भएका नीतिगत र कानूनी व्यवस्थाका कारण सुधारका लक्षणहरू देखिएका छन्।' प्रधानमन्त्री ओलीले महिलाहरुको आर्थिक तथा सामाजिक सशक्तिकरणमार्फत् समानतासहितको समतामूलक समाजको निर्माण गरी समृद्धिको यात्रामा अघि बढ्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन्। ...
नेकपाद्वारा पूर्व अर्थमन्त्री र पर्यटनमन्त्री लगायतकाे सम्झनामा शाेकसभा सम्पन्न

नेकपाद्वारा पूर्व अर्थमन्त्री र पर्यटनमन्त्री लगायतकाे सम्झनामा शाेकसभा सम्पन्न

राजनीति, समाचार
काठमाडौँ —फागुन २३। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारी, बाहालवाला संस्कृति पर्यटन तथा नागरिक उड्डयान मन्त्री रविन्द्र अधिकारीलगायत अन्य ६ जना प्रति संयुक्त श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । काठमाडौंस्थित भृकुटीमण्डपमा सम्पन्न श्रद्धाञ्जली सभामा प्रधानमन्त्री तथा पार्टीको अध्यक्ष केपी ओली, पूर्व प्रधानमन्त्री तथा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत नेताले सम्बोधन गरेका थिए । श्रद्धाञ्जली सभामा गृहमन्त्री रामबहादुर थापा 'बादल', नेकपाका नेतालगायत मन्त्री रवीन्द्र अधिकारीकी श्रीमती विद्या भट्टराईसहित छाेराहरु उपस्थित रहेका थिए । श्रद्धाञ्जली सभामा बाेल्दै प्रधानमन्त्री ‌ओलीले भने, 'जनताकाे हितमा सधैभरि लागिपरेका आदरणीय नेता भरतमाेहनलाई गुमाएका छाैँ, पार्टीले आदरणीय नेतासँगै जागरुक नेता गुमाएकाे छ, देशका लागि याेगदान पुर्‍याएका कर्मशी...
मलेठ घटनाको तीन वर्ष : अझै सुल्झिएन मतभेद

मलेठ घटनाको तीन वर्ष : अझै सुल्झिएन मतभेद

अपराध, समाचार
राजविराज—फागुन २३। तत्कालीन एमालेको मेची महाकाली अभियानअन्तर्गत सप्तरीको मलेठमा ५ जनाको ज्यान जाने गरि भएको तनावको दुईवर्ष पुग्दैछ । मलेठ घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले पूर्वन्यायाधीश ताहिरअली अन्सारी नेतृत्वको समितिले प्रतिवेदन दिइसकेको छ । तर उक्त प्रतिवेदन चित्तबुझदो नभएको भन्दै प्रदेश २ सरकारले आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादव संयोजकत्वमा मन्त्रीहरू शैलेन्द्रप्रसाद साह र नवलकिशोर साहको समिति बनायो । राजनीतिक द्वन्द्वका कारण दुई वर्षअघि मलेठमा पाँच जनाको ज्यान गएको थियो । अहिले प्रतिवेदनमाथि आरोप प्रत्यारोप भइरहेको छ । तर समय छँदा न त तत्कालीन मधेसवादी दलले संयमता अपनायो न तत्कालीन एमालेले । जसका कारण ०७३ फागुन २३ गते राजविराजभन्दा ५ किलोमिटर पूर्व मलेठ चौकदेखि गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र रणभूमिमा परिणत भयो । ५ जनाको मृत्यु प्रहरीको गोली लागि भएक...
कैलालीको धनगढीमा एक व्यापारीको ‘अपहरण’

कैलालीको धनगढीमा एक व्यापारीको ‘अपहरण’

अपराध, समाचार, समाज
कैलाली —फागुन २३। धनगढीमा एक व्यापारीको अपहरण भएको छ । आरम्भ फेन्सी स्टोरका संचालक जगतबहादुर सिंहको अपहरण भएको प्रहरीले पुष्टि गरेको छ । बुधबार राति धनगढीबाटै उनी अपहरणमा परेको प्रहरीले जनाएको छ । सिंहका परिवारका सदस्यले सो बारेमा बिहीबार जिल्ला प्रहरी कार्यालय कैलालीमा निवेदन दिएका छन् । अपहरणकारीले भारतीय नम्बरबाट फोन गरी सिंहको परिवारसँग १५ लाख रुपैयाँ फिरौती माग गरेको जनाइएको छ । अपहरणकारीको अहिलेसम्म कुनै पहिचान भएको छैन । सिंहको अवस्था र अपहरणकारीका विषयमा विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
अदालतको फैसलाविरुद्ध जनतासमक्ष जान्छाैँ: राजपा नेपालका अध्यक्ष महतो

अदालतको फैसलाविरुद्ध जनतासमक्ष जान्छाैँ: राजपा नेपालका अध्यक्ष महतो

राजनीति, समाचार
काठमाडौँ —फागुन २३। राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले जनताले निर्वाचित गरेको सांसदलाई अदालतबाट जन्मकैद फैसला भएकोमा त्यसविरुद्ध जनतासक्षम जाने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले अधिकार प्राप्तिका लागि भएको सबै आन्दोलनमा सहभागी नेतालाई सजाय हुने भए विगतका सबै आन्दोलनका सहभागीलाई सजाय हुनुपर्ने विचार व्यक्त गर्नुभयो । अध्यक्ष मण्डलका सदस्य महतोले वर्तमान संविधानप्रति अहिले पनि आदिवासी, थारू र मधेशी समुदायका असन्तुष्टि रहेको बताउँदै अधिकार प्राप्तिका लागि आन्दोलन जारी रहेको उल्लेख गरे । उनले समान विचारधारा मिल्ने पार्टीसँग मोर्चाबन्दी गरी संविधानमा पिछडिएका जनताको अधिकार प्राप्तका लागि शान्तिपूर्ण आन्दोलन केही दिनभित्र सुरु गर्ने बताए । यसैगरी अर्का अध्यक्ष मण्डलका सदस्य शरदसिंह भण्डारीले सांसदलाई फौज्दारी अभियोग लगाई न्याय सम्...