bhim rawal

काठमाडौँ — फागुन २६।

सत्तारुढ दलका नेता भीम रावलले सरकार र सिके राउतबीच भएको सम्झौताको केही शब्दबारे स्पष्ट गराउन माग गरेका छन् ।

आइतबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै नेता रावलले राउतसँगभएका ११ बुँदे सहमतिका केही शब्दहरु विवादित रहेको भन्दै यसबारे स्पष्ट पार्न सरकारसँग माग गरेका हुन् ।

राष्टिय अखण्डता, सार्वभौम सत्ताको विषयमा संविधान अनुसार ‘जनमतसंग्रह’को कल्पना पनि गर्न नमिल्ने बताए । उनले भने ‘जनअभिमत भन्ने शब्दलाई जनमतसंग्रह भनेर सिके राउत पक्षले बोलि राखेछन् । यसबारे सरकारले जनताले बुझ्ने गरी स्पष्ट गराउनु पर्यो ।’ मधेश टुक्राउने विषयमा विगतमा विभिन्न अभिव्यक्ति दिँदै आएका सिके राउतले त्यो अभिव्यक्ति सार्वजनिक रुपमा किन फिर्ता लिएनन् भन्दै उनले प्रश्न उठाए ।

त्यस्तै नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजाल, गगन थापाले पनि पृथकतावादी गतिविधिमा लागेका राउत समूहलाई मूलधारमा ल्याउनु सकारात्मक रहेको बताए । तर केही विषयमा भने सरकारले स्पष्ट पार्नुपर्ने माग गरे ।

सत्तारुढ नेकपाका नेता महेश बस्नेतले भने केपी ओलीको यो कदम ऐतिहासिक रहेको भन्दै यसले ओलीलाई राजनेताको रुपमा स्थापित गर्ने दावी गरे । जनअभिमत भन्ने शब्द कुनै पनि रुपमा जनमतसंग्रह हुन नसक्ने पनि बस्नेतले बताए । सरकारलाई असफल पार्न केहीले गलत व्याख्या गरको उनले दावी गरे ।

(नयाँ पत्रिका)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here