आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
मोबाइलमा पब्जी खेल्ने १० जना प्रहरीको फन्दामा

मोबाइलमा पब्जी खेल्ने १० जना प्रहरीको फन्दामा

अन्तराष्ट्रिय, समाचार
काठमाडौँ —फागुन ३०। भारतको गुजरातमा पब्जी खेल खेलेको आरोपमा प्रहरीले १० जनालाई पक्राउ गरेको छ । मोबाइलमा खेलिने पब्जी खेलमा प्रतिबन्ध लगाएपछि प्रहरीले प्रक्राउ गरेको भने यो पहिलो घटना हो । गुजरात राज्यका विभिन्न जिल्लामा पब्जी खेलले हिंसा निम्त्याएको भन्दै खेल्न प्रतिबन्ध लगाएकाे छ । गस्तीमा निस्किएको प्रहरीले पब्जी खेलेको शंकामा उनीहरुलाई नियन्त्रणमा लिएको जनाइएको छ । ‘हामीले उनीहरुको मोबाइल नियन्त्रणमा लियौँ र जाँच गर्‍यौं,’ सई एनडी दामोर भन्छन्, ‘पब्जी खेलेको पाएपछि हामीले उनीहरुलाई नियन्त्रणमा लिएका हौँ ।’...
इलामको माइपोखरीमा आगलागी, तीन घर जले, नियन्त्रणको प्रयास जारी

इलामको माइपोखरीमा आगलागी, तीन घर जले, नियन्त्रणको प्रयास जारी

समाचार, समाज
इलाम —फागुन ३०। इलामको सन्दकपुर गाउँपालिका–२ माइपोखरीस्थित घरहरुमा आगलागी भएको छ । आगलागीका कारण तीन घर जलेर नष्ट भइसकेको छ भने अन्य घरमा आगो सल्किँदै गरेको स्थानीयले बताएका छन् । आगोले निमदोर्जे शेर्पा, चक्र बहादुर मुखिया, कमल मुखियाको घर जलेर नष्ट भएको छ । लाक्पा शेर्पाको घरमा आगो फैलिरहेको स्थानीय युवराज पीसिले जानकारी दिएका छन् । ती घरहरुमा आधा दर्जन बढी होटल तथा पसलहरु सञ्चालित छन् । नेपाली सेना, प्रहरी र स्थानीयले आगो निभाउने कोशिस गरेपछि आगो नियन्त्रण बाहिर रहेको स्थानीय युवराज पिसीले जानकारी दिए । आगो नियन्त्रणको लागि इलाम नगरपालिकाको दमकल माइपोखरी हिडिँसकेको छ । आगो चक्र मुखियाको भान्साघरबाट सुरु भएको बताइएको छ । (नयाँ पत्रिका)...
दुई हवाईजहाज चार्टर गरेर जन्ती, अधिकांशको पहिलो काठमाडौं भ्रमण

दुई हवाईजहाज चार्टर गरेर जन्ती, अधिकांशको पहिलो काठमाडौं भ्रमण

समाचार, समाज
धनकुटा —फागुन ३०। जन्ती जाँदा गाडी रिजर्भ गरेर जाने चलन सामान्य हो । तर, यहाँका एक व्यक्तिले छोराको जन्ती जानेक्रममा ६९ जन्तीलाई दुई वटा हजाईजहाज चार्टर गरेका छन् । महालक्ष्मी नगरपालिका ९ का नगेन्द्र थापाका छोरा दिनेशको विवाहका क्रममा जीतपुरबाट काठमाडौँमा जन्ती आतेजातेक्रममा बुधवार चार्टर गरिएको प्लेनमा सवार जन्ती । जसमध्ये अधिकांश जेष्ठनागरिक पहिलो पटक काठमाडौँको यात्रामा थिए । महालक्ष्मी नगरपालिका ९ का नगेन्द्र थापाका छोरा दिनेशको विवाहका क्रममा जीतपुरबाट काठमाडौँमा जन्ती आतेजातेका लागि बुधवार हवाईजहाज चार्टर गरिएको हो। जसमा पहिलो पटक काठमाडौँ जाने ४० ज्येष्ठ नागरिकसमेत जन्ती भएर गएका छन्। थापाले आफ्नै निवास रहेको जीतपुरबाट विराटनगर विमानस्थलसम्म तीन वटा गाडीमा जन्ती लगेका थिए। विराटनगरबाट काठमाडौँ गएर साँझ पुनः बुद्ध र सिम्रिक एयर चार्टर गरेर हवाईजहाजमा जन्ती विराटनगर आएको थापा...
वसन्तपुरमा तीन खण्डे ध्वजापतासहितको चीर ठड्याइयाे

वसन्तपुरमा तीन खण्डे ध्वजापतासहितको चीर ठड्याइयाे

समाचार, समाज
काठमाडौँ —फागुन ३०। काठमाडौंको हनुमानढोकास्थित वसन्तपुरमा बिहीबार बिहान रंगीविरंगी कपडाहरुको ध्वजापतासहितको तीन खण्डे होलीको चीर ठड्याइएको हो । चीर ठड्याएसँगै काठमाडौंलगायत मुलुकभर औपचारिक रुपमा होली पर्व सुरु भएको मानिन्छ । होली पर्वको शुभारम्भ भएको जनाऊ दिन बसन्तपुरमा चीर ठड्याउने गरिएको धालासिक्व मानन्धर सनाः गू खलःका सचिव मदनरत्न मानन्धरले जानकारी दिए । बिहीबार बिहान ११ : ५५ मिनेटको साइतमा वसन्तपुरस्थित हनुमानढोका दरबारको दक्षिण पटाङगिनी, ऐतिहासिक मोहनकाजी चोक तथा दाखचोकमा ३२ फुट उचाईको तीन खण्डे गजुर जस्तो देखिने रंगीविरङगी चीर ठड्याइएको हो । चीर ठड्याएपछि गुर्जुको पल्टनबाट हर्षबढाई गरिएको थियो । (नयाँ पत्रिका)...
देशभर मौसम बदली : हल्का वर्षाको सम्भावना

देशभर मौसम बदली : हल्का वर्षाको सम्भावना

समाचार, समाज
काठमाडौँ —फागुन ३०। पश्चिमी वायुको प्रभावले बिहीबार देशभर मौसम बदली रही पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । मंगलबारदेखि भित्रिएको पश्चिमी वायुको प्रभावले देशको पश्चिमी तथा मध्य भूभागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागको एक दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुजन सुवेदीले बताए । उनका अनुसार यसको प्रभाव आज रातिसम्म कायम रहने छ । बिहीबार बेलुकादेखि फेरि नयाँ प्रणालीको विकास भई पश्चिमी भूभागको केही स्थानमा मौसम प्रभावित हुनेछ । पहाडी भेगबाहेक अन्य क्षेत्रमा भने तत्काल ठूलो वर्षाको सम्भावना नरहेको मौसमविद् सुवेदीले औँल्याए । शुक्रबार देशको पश्चिमी भूभागमा सामान्यतया मौसम बदली रही उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यस्तै शनिबार बिहानीपख देशको ...
कैलालीमा बिहेकाे गाडीमा आगजनी, तीनजना पक्राउ

कैलालीमा बिहेकाे गाडीमा आगजनी, तीनजना पक्राउ

अपराध, समाचार, समाज
धनगढी—फागुन ३०। बन्दको समयमा बस चलाएको भन्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्व नेकपाका कार्यकर्ताले कैलालीको गौरीगंगा नगरपालिका बडैपुरमा जन्ती पुर्‍याएर फर्किएको बसमा आगजनी गरेको छ । भजनीमा जन्ती पुर्‍याएर फर्कने बेलामा राति १ बजे बसमा आगजनी भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक आभुषण तिम्सिनाले जानकारी दिए । विवाहमा गएका ब्याण्डबाजा टोलीका १० जना र चालक, सहचालक गरी १२ जनालाई ओरालेर म १ ख ४४१ नम्बरको बसमा ८–१० जनाको समूहले डिजल छर्केर आगजनी गरेको प्रहरीले जनाएको छ । बन्दले यहाँको जनजीवन निकै प्रभावित भएको छ । प्रदेश राजधानी धनगढी, अत्तरियालगायतका बजारहरु पूर्ण रुपमा बन्द छन् । धनगढीमा मोटरसाइकल र विद्युतीय रिक्सामात्र सञ्चालनमा आएको छ । बिप्लवका तीन जना कार्यकर्ता पक्राउ नेत्रविक्रम चन्द बिप्लव नेतृत्व नेकपाका तीन जना कार्यकर्तालाई कैलालीमा प्रहरीले पक्राउ गरेको ...
साफ महिला च्याम्पियनसिपमा आज बंगालदेश र भुटान भिड्दै

साफ महिला च्याम्पियनसिपमा आज बंगालदेश र भुटान भिड्दै

खेलकुद, समाचार
विराटनगर — फागुन ३०। दुई वर्षअघि फाइनल खेलेको बंगलादेशले बिहीबार कमजोर मानिएको भुटानविरुद्धको खेलमार्फत् पाँचौं साफ वुमेन्स च्याम्पियनसिपको यात्रा सुरु गर्दै छ । च्याम्पियनसिपको तेस्रो दिन सहिद मैदानमा हुने खेलमा बंगलादेशले सफलता हात पार्ने अनुमान गरिएको छ। सन् २०१० को पहिलो साफ महिला च्याम्पियनसिपमा बंगलादेशले भुटानलाई ९-० ले पराजित गरेको थियो। २०१२ को दोस्रो साफमा बंगलादेशले भुटानमाथि १-० को सफलता पाएको थियो। त्यसयता यी दुई टिम साफमा पहिलोपल्ट प्रतिस्पर्धा गर्न लागेका हुन्। बंगलादेश चौथो साफ २०१६ को उपविजेता हो। भुटानले साफको इतिहासमा कुनैपनि खेल जितेको छैन। पहिलो साफ २०१० मा श्रीलंकाविरुद्ध १-१ को बराबरी गरेबाहेक बाँकी सबै खेल उसले हारेको छ। घरेलु टिम नेपालले पहिलो खेलमा भुटानलाई ३-० ले पराजित गरेको थियो। त्यसैले तीन देश सहभागि समूह ‘ए’को प्रतिस्पर्धामा बंगलादेशविरुद्ध हारेक...
सुरक्षा निकायलाई सरकारको निर्देशन–‘हतियारसहित भेटिए गोली हान्नू’

सुरक्षा निकायलाई सरकारको निर्देशन–‘हतियारसहित भेटिए गोली हान्नू’

राजनीति, समाचार
काठमाडौँ —फागुन ३०। सरकारले चन्द समूहको गतिविधिमाथि प्रतिबन्ध लगाएसँगै प्रदेशभर सुरक्षा सतर्कता बढाइएको छ । सरकारले हतियार बोकेर हिँडेको फेला पारे गोली हान्न सुरक्षा निकायलाई निर्देशन दिएको छ । स्रोतका अनुसार आन्तरिक विज्ञप्तिमार्फत आएको सूचनामा ‘हतियारसहित फेला परे तत्काल फायर खोल्नू’ भनिएको छ । ‘चन्द समूहका कार्यकर्ता हतियारसहित हिँडेको फेला परे घुँडामुनि गोली हान्नेसम्मको निर्देशन छ,’ एक प्रजिअले भने । बिनाहतियार हिँडेको तर नेतृत्वमा रहेको कार्यकर्तालाई जहाँ भेटे पनि पक्राउ गर्न र सामान्य कार्यकर्तामाथि पनि उच्च निगरानी राख्न निर्देश छ । सरक्षाकर्मीलाई आफ्नो ज्यान, हतियार, कार्यालय, युनिटको सुरक्षा रणनीतिसहित सतर्क रहन भनिएको छ । एक डीएसपीका अनुसार हरेक जिल्लाका दुर्गम क्षेक्रमा सुरक्षा जनशत्ति बढाउने, गस्ती जारी राख्ने र विकास एवं सञ्चार संरचनाको सुरक्षामा विशेष सतर्कता राख्न ...
काठमाडौं उपत्यकामा बन्दको आंशिक प्रभाव, सुरक्षा व्यवस्था कडा

काठमाडौं उपत्यकामा बन्दको आंशिक प्रभाव, सुरक्षा व्यवस्था कडा

समाचार, समाज
काठमाडौँ —फागुन ३०। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको बन्दको आंशिक प्रभाव परेको छ । काठमाडौं उपत्यकामा अघिपछि भन्दा केही पातलो गाडी गुडेका छन् । बजार भने खुलेको छ । उपत्यका बाहिरका मुख्य शहरबजारमा पनि बन्दको केही प्रभाव परेको छ । बन्दलाई निस्तेज पार्न सरकारले उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाएको छ । राजधानीका मुख्य–मुख्य चोकमा बिहानैदेखि जनपथ तथा सशस्त्र प्रहरी परिचालन भएका छन् । पुल, भवन लगायत सार्वजनिक संरचनाको छेउमा सुरक्षाकर्मीको उपस्थिती बाक्लो छ । काठमाडौंको विभिन्न नाका भएर बाहिरिने सवारी साधन आंशिक रुपमा चलेपनि थानकोट भएर बाहिरिने लामो दूरीको सवारीसाधन भने चलेका छैनन् । मंगलबार सरकारले विप्लव समूहमाथि प्रतिबन्द्ध घोषणा गरेको विरोधमा सो पार्टीले आज नेपाल बन्द आह्वान गरेको हो । (ईमेज खबर)...
गैंडाकोटको जयश्री पुलमा फेला परेको शंकास्पद बस्तु सेनाले हटायो

गैंडाकोटको जयश्री पुलमा फेला परेको शंकास्पद बस्तु सेनाले हटायो

अपराध, समाचार, समाज
नवलपुर —फागुन ३०। पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको गैंडाकोटको जयश्री पुलमा फेला परेको शंकास्पद बस्तुलाई सेनाले हटाएको छ । गएराति ११ बजे ब्यस्त राजमार्गमा उक्त शंकास्पद वस्तु राखिएको हो । यता, विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको प्रभाव नवलपुरमा पनि परेको छ । बन्दका कारण विहानैदेखि लामो तथा छोटो दुरीका कुनै पनि सवारी साधन चलेका छैनन् । बन्दका कारण जिल्लामा रहेका शैक्षिक संस्था, उद्योग कलकारखाना बन्द रहेका छन् । जिल्लामा अप्रिय घटना हुन नदिन सुरक्षा व्यवस्था पनि कडा पारिएको जिल्ला प्रहरी कार्यलय नवलपुरले जनाएको छ । (ईमेज खबर)...