नवलपुर —फागुन ३०।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको गैंडाकोटको जयश्री पुलमा फेला परेको शंकास्पद बस्तुलाई सेनाले हटाएको छ ।
गएराति ११ बजे ब्यस्त राजमार्गमा उक्त शंकास्पद वस्तु राखिएको हो । यता, विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको प्रभाव नवलपुरमा पनि परेको छ ।
बन्दका कारण विहानैदेखि लामो तथा छोटो दुरीका कुनै पनि सवारी साधन चलेका छैनन् ।
बन्दका कारण जिल्लामा रहेका शैक्षिक संस्था, उद्योग कलकारखाना बन्द रहेका छन् ।
जिल्लामा अप्रिय घटना हुन नदिन सुरक्षा व्यवस्था पनि कडा पारिएको जिल्ला प्रहरी कार्यलय नवलपुरले जनाएको छ ।
(ईमेज खबर)