kathamandu road

काठमाडौँ —फागुन ३०।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको बन्दको आंशिक प्रभाव परेको छ ।

काठमाडौं उपत्यकामा अघिपछि भन्दा केही पातलो गाडी गुडेका छन् । बजार भने खुलेको छ । उपत्यका बाहिरका मुख्य शहरबजारमा पनि बन्दको केही प्रभाव परेको छ ।

बन्दलाई निस्तेज पार्न सरकारले उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाएको छ ।

राजधानीका मुख्य–मुख्य चोकमा बिहानैदेखि जनपथ तथा सशस्त्र प्रहरी परिचालन भएका छन् ।

पुल, भवन लगायत सार्वजनिक संरचनाको छेउमा सुरक्षाकर्मीको उपस्थिती बाक्लो छ ।

काठमाडौंको विभिन्न नाका भएर बाहिरिने सवारी साधन आंशिक रुपमा चलेपनि थानकोट भएर बाहिरिने लामो दूरीको सवारीसाधन भने चलेका छैनन् ।

मंगलबार सरकारले विप्लव समूहमाथि प्रतिबन्द्ध घोषणा गरेको विरोधमा सो पार्टीले आज नेपाल बन्द आह्वान गरेको हो ।

(ईमेज खबर)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here