इलाम —फागुन ३०।
इलामको सन्दकपुर गाउँपालिका–२ माइपोखरीस्थित घरहरुमा आगलागी भएको छ । आगलागीका कारण तीन घर जलेर नष्ट भइसकेको छ भने अन्य घरमा आगो सल्किँदै गरेको स्थानीयले बताएका छन् ।
आगोले निमदोर्जे शेर्पा, चक्र बहादुर मुखिया, कमल मुखियाको घर जलेर नष्ट भएको छ । लाक्पा शेर्पाको घरमा आगो फैलिरहेको स्थानीय युवराज पीसिले जानकारी दिएका छन् । ती घरहरुमा आधा दर्जन बढी होटल तथा पसलहरु सञ्चालित छन् । नेपाली सेना, प्रहरी र स्थानीयले आगो निभाउने कोशिस गरेपछि आगो नियन्त्रण बाहिर रहेको स्थानीय युवराज पिसीले जानकारी दिए ।
आगो नियन्त्रणको लागि इलाम नगरपालिकाको दमकल माइपोखरी हिडिँसकेको छ । आगो चक्र मुखियाको भान्साघरबाट सुरु भएको बताइएको छ ।
(नयाँ पत्रिका)