PUBG game

काठमाडौँ —फागुन ३०।

भारतको गुजरातमा पब्जी खेल खेलेको आरोपमा प्रहरीले १० जनालाई पक्राउ गरेको छ ।

मोबाइलमा खेलिने पब्जी खेलमा प्रतिबन्ध लगाएपछि प्रहरीले प्रक्राउ गरेको भने यो पहिलो घटना हो ।

गुजरात राज्यका विभिन्न जिल्लामा पब्जी खेलले हिंसा निम्त्याएको भन्दै खेल्न प्रतिबन्ध लगाएकाे छ । गस्तीमा निस्किएको प्रहरीले पब्जी खेलेको शंकामा उनीहरुलाई नियन्त्रणमा लिएको जनाइएको छ ।

‘हामीले उनीहरुको मोबाइल नियन्त्रणमा लियौँ र जाँच गर्‍यौं,’ सई एनडी दामोर भन्छन्, ‘पब्जी खेलेको पाएपछि हामीले उनीहरुलाई नियन्त्रणमा लिएका हौँ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here