holi

काठमाडौँ —फागुन ३०।

काठमाडौंको हनुमानढोकास्थित वसन्तपुरमा बिहीबार बिहान रंगीविरंगी कपडाहरुको ध्वजापतासहितको तीन खण्डे होलीको चीर ठड्याइएको हो । चीर ठड्याएसँगै काठमाडौंलगायत मुलुकभर औपचारिक रुपमा होली पर्व सुरु भएको मानिन्छ । होली पर्वको शुभारम्भ भएको जनाऊ दिन बसन्तपुरमा चीर ठड्याउने गरिएको धालासिक्व मानन्धर सनाः गू खलःका सचिव मदनरत्न मानन्धरले जानकारी दिए ।

holi

बिहीबार बिहान ११ : ५५ मिनेटको साइतमा वसन्तपुरस्थित हनुमानढोका दरबारको दक्षिण पटाङगिनी, ऐतिहासिक मोहनकाजी चोक तथा दाखचोकमा ३२ फुट उचाईको तीन खण्डे गजुर जस्तो देखिने रंगीविरङगी चीर ठड्याइएको हो । चीर ठड्याएपछि गुर्जुको पल्टनबाट हर्षबढाई गरिएको थियो ।

(नयाँ पत्रिका)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here