आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
अबदेखि राहदानी विभाग बिहान ९ बजे नै खुल्ने

अबदेखि राहदानी विभाग बिहान ९ बजे नै खुल्ने

समाचार, समाज
काठमाडौँ —चैत १ । काठमाडौंमा रहेको राहदानी विभागले कार्यालय समय १ घण्टा बढाएको छ । विभागले सेवाको गुणस्तर र ग्राहकको चापलाई ध्यान दिँदै कामको प्रभावकारिता बढाउन कार्यालय समय थप गरिएको बताएको छ । सधैँ १० बजे खुलेर ५ बजे बन्द हुने कार्यालय चैत १ देखि ९ बजे खुलेर ५ बजे बन्द हुने भएको हो । हरेक शुक्रबार भने ९ बजे खुलेर ३ बजेसम्म काम हुनेछ । सेवा समय विस्तार भएको पहिलो दिन देखि नै राहदानी सम्बन्धी सबै प्रकारका सेवा लिन सक्ने विभागका महानिर्देशक रामकाजी खड्काले जानकारी दिए । थपिएको समयले सेवाग्राहिले छिटो छरितो सेवा र गुणस्तरीय सेवा पाउने महानिर्देशक खड्काले विश्वाश ब्यक्त गरे । राहदानी पट्याउने केरमेट गर्नाले अबैध हुन सक्ने भन्दै राहदानी प्रयोगमा प्रयोगकर्तालाई सावधानी अपनाउन विभागले अनुरोध गरेको छ । नेपाल सरकारले जिल्ला प्रशासन कार्यालयहरु, राहदानी बिभाग र विदेशस्थित कुटनैतिक नियोग...
नेक्रवित्रम चन्दलाई प्रतिबन्ध घोषणासँगै सुरक्षा सतर्कता बढाइयो

नेक्रवित्रम चन्दलाई प्रतिबन्ध घोषणासँगै सुरक्षा सतर्कता बढाइयो

अपराध, समाचार, समाज
काठमाडौँ —चैत १ । सरकारले प्रतिबन्ध लगाएको विरोधमा नेक्रवित्रम चन्द नेतृत्वको नेकपाले गरेको देशव्यापी बन्दको बढी प्रभाव शैक्षिक क्षेत्रमा परेको छ । प्रहरी प्रधान कार्यालयले सातै प्रदेशबाट संकलन गरेको रिपोर्टले शैक्षिक संस्थान सबैभन्दा धेरै प्रभावित बनेको देखाएको छ । स्कर्टिङ र राजमार्ग सुरक्षा गस्ती बढाइए पनि लामो दूरीका सवारीसाधन प्रभावित बनेको प्रहरीले जनाएको छ । बन्दका कारण प्रदेश १ का ६० प्रतिशत शैक्षिक संस्था मात्रै सञ्चालनमा आएका थिए भने प्रदेश २ मा ७५ प्रतिशत शैक्षिक संस्था चले । प्रदेश ३, ५, ६ र कर्णाली प्रदेशका शैक्षिक संस्था फाटफुट मात्रै चलेको र गण्डकी प्रदेशका शैक्षिक संस्था ५० प्रतिशत मात्रै सञ्चालनमा आएको प्रहरी रिपोर्ट छ । महानगरीय प्रहरी कार्यालयका अनुसार काठमाडौं उपत्यकाका तीनै जिल्लाको अवस्था सामान्य रहेपनि पठनपाठन भने पूर्ण रूपमा प्रभावित भयो । सबैजसो प्रदेशका छ...
सामाजिक सुरक्षा कार्यक्रममा समेटिन रोजगारदाता किन हिचकिचाए ?

सामाजिक सुरक्षा कार्यक्रममा समेटिन रोजगारदाता किन हिचकिचाए ?

आर्थिक, समाचार
काठमाडौँ —चैत १ । श्रमिक र रोजगारदाता दुवैको भलो हुने भन्दै बहुप्रचारित सामाजिक सुरक्षा कार्यक्रममा समेटिन रोजगारदाता हिचकिचाएका छन् । मुलुकभर ९ लाखभन्दा बढी रोजगारदाता (प्रतिष्ठानस्तरका) रहेकामा कार्यक्रम घोषणा भएको करिब ४ महिना पुग्न लाग्दा २१ सय हाराहारी मात्र सहभागी भएका छन् । सरकार, रोजगारदाता र ट्रेड युनियनबीचको सहमतिमा गत मंसिर ११ मा सामाजिक सुरक्षा कार्यक्रम घोषणा गरिएको थियो । असल श्रम सम्बन्ध बनाउन ल्याइएको कार्यक्रममा रोजगारदाताको सहभागिता निकै न्यून छ । मुलुकभर ९ लाख २२ हजार प्रतिष्ठान छन् । तीमध्ये हालसम्म २१ सय ३० रोजगारदाता मात्र सहभागी भएका छन् । सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारीले कार्यक्रमबारे बुझाउनै नसकिएको स्विकारे । ‘योगदानकर्ताले यसलाई सञ्चय कोष र नागरिक लगानी कोषसँग तुलना गरेको पाइयो,’ उनले कान्तिपुरसँग भने, ‘यो कार्यक्रम दीर्घकालका ...
सुधारिएको प्रदर्शन बंगलादेशको

सुधारिएको प्रदर्शन बंगलादेशको

खेलकुद, समाचार
विराटनगर — चैत १ । नेपाल र बंगलादेशबीच एएफसी यू–१४ गर्ल्स रिजनल च्याम्पियनसिपको फाइनल सुरु हुन दुई घण्टामात्र बाँकी थियो । महाभूकम्प (वैशाख १२, २०७२) ले ९ हजार बढी नेपालीको ज्यान लियो र दशरथ रंगशालालाई पनि क्षतिग्रस्त बनायो । त्यसले यू–१४ को फाइनल पनि रोकियो । त्यसको ६ महिनापछि नेपाली सेनाको लगनखेलस्थित शारीरिक तथा खेलकुद तालिम केन्द्रमा भएको फाइनलमा घरेलु टिम नेपालमाथि १–० को जित रच्दै बंगलादेशले अन्तर्राष्ट्रिय महिला फुटबलमा पहिलो उपाधि हात पारेको थियो । बंगलादेशी महिला फुटबल टिमले नेपालमाथि पाएको पहिलो जित त्यही लगनखेलको थियो । त्यहाँ निर्णायक गोल गरेकी सविना खातुन बंगलादेशी राष्ट्रिय टिमको कप्तानी गर्दै विराटनगर आइपुगेकी छन् । उनको टिमले एसियाली फुटबल महासंघ (एएफसी) को दक्षिण तथा मध्य एसियाली प्रतियोगिता सन् २०१६ मा पनि जितेको थियो । त्यसपछि बंगलादेशले छनोट पार गरेर एएफसी यू–१६ च...
किन लाग्दैन समयमै फोन ?

किन लाग्दैन समयमै फोन ?

समाचार, समाज
काठमाडौँ —चैत १ । एउटा मोबाइलबाट अर्को मोबाइलमा फोन गर्दा ५ सेकेन्डभित्र फोन लाग्नुपर्ने नियम छ । नेपालमा चलेका दुई सेवा प्रदायक नेपाल टेलिकम र एनसेल दुवैको नेटवर्कमा फोन गरेको ५ सेकेन्डमा फोन लाग्दैन । नेपाल दूरसञ्चार प्राधिकरणले यसलाई कल स्थापित हुने समय भनेको छ । प्राधिकरणले तयार पारेको दूरसञ्चार सेवाको गुणस्तरसम्बन्धी नियमावलीमा कल स्थापित हुने दर ५ सेकेन्ड वा सोभन्दा कम हुनुपर्ने प्रावधान छ । प्राधिकरणले पुस र माघ महिनामा भक्तपुरसहित पृथ्वी राजमार्ग, पोखरा र बागलुङ बजारमा गरेको ड्राइभ टेस्टको क्रममा नेपालका प्रमुख दुई सेवा प्रदायक टेलिकम र एनसेलसहित स्मार्ट टेलिकमको मोबाइलको गुणस्तर मापदण्डभन्दा कम पाइएको हो । प्रयोगकर्ताको संख्या र मापदण्डअनुसार दूरसञ्चार सेवा प्रदायकले पूर्वाधार विस्तार नगर्दा यो समस्या आएको हो । चलायमान सवारी साधनमा परीक्षण उपकरण जडान गरेर लगातार फोन कल गर...
प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत आजबाट बेरोजगार सूचीकरण गरिँदै

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत आजबाट बेरोजगार सूचीकरण गरिँदै

राजनीति, समाचार
काठमाडौँ —चैत १ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बेरोजगार युवालाई न्यूनतम् रोजगारीको अवसर प्रदान गर्नका लागि आजदेखि बेरोजगार सूचीकरण गरिँदैछ । ७५३ स्थानीय तहमा स्थापना भएको रोजगार सेवा केन्द्रमा खटिएका रोजगार संयोजकले बेरोजगार युवाको लगत संकलन गर्नेछन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले न्यूनतम रोजगारीमा संलग्न भई सार्वजनिक विकास निर्माणका काममा योगदान गर्न इच्छुक बेरोजगार व्यक्तिलाई चैत महिनाभित्र आफूले स्थायी बसोबास गर्दै आएको स्थानीय तहको सम्बन्धित वडा कार्यालयमा सूचीकृत हुन आग्रह गरेको छ । बेरोजगार युवाले सरकारले तोकेको ढाँचामा आफ्नो वैयक्तिक विवरणसहित सम्बन्धित वडा कार्यालयमा निवेदन दिनुपर्नेछ । वडा कार्यालयबाट संकलित गरिएको बेरोजगारको निवेदन गाउँ तथा नगरसभाले अनुमोदन गरेपछि रोजगार संयोजकले रोजगार सूचना व्यवस्थापन प्रणालीमा प्रविष्ट गर्नेछन् । नेपाल ...
न्यूजिल्याण्डस्थित मस्जिदमा अन्दाधुन्द गोली प्रहार, कयौं हताहत

न्यूजिल्याण्डस्थित मस्जिदमा अन्दाधुन्द गोली प्रहार, कयौं हताहत

अन्तराष्ट्रिय, समाचार
न्यूजिल्याण्ड—चैत १ । न्यूजिल्याण्डको क्राइस्टचर्चस्थित दुई मस्जिदमा बन्दुकधारीले कयौं हताहत भएका छन् । शुक्रबार नमाज पढ्नका लागि मस्जिदमा भीड बढेको मौका छोपेर हमला भएको हो । हमलामा कतिजना संलग्छन् छन् भन्ने प्रष्ट भइसकेको छैन । केही सञ्चारमाध्यमले कम्तीमा २७ जनाको मृत्यु भएको जनाएका छन् । न्यूजिल्याण्ड भ्रमणमा रहेको बंगलादेशी क्रिकेट खेलाडी समेत मस्जिदमा पुगेका बेला उक्त हमला भएको हो । बंगलादेशी क्रिकेट खेलाडी सुरक्षित रहेको जनाइएको छ । स्थानीय प्रहरी अधिकारी माइक बुशका अनुसार एक जनालाई नियन्त्रणमा लिइएको छ । राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री जेसिन्डा आर्डर्नले अहिलेसम्म स्थिति स्पष्ट नभएको बताएकी छन् । उनले भनिन्, ‘अहिले मैले भन्न सक्ने भनेको आजको दिन न्यूजिल्यान्डको कालो दिनमध्ये एक हुनेछ ।’ (ईमेज खबर/एजेन्सी)...
दोलखामा बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु

दोलखामा बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु

समाचार, समाज
दोलखा, —चैत १ । माथिल्लो तामाकोसी आयोजनाका लागि सिनो हाइड्रो कम्पनीले प्रयोग गर्दै आएको बस दोलखामा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । कम्पनीले भाडामा लिएको बा४ख ४५७३ नम्बरको बस आज बिगु गाउँपालिका–१ नयाँ बाटोबाट करिब ३० मिटर तल खसेको दोलखा प्रहरीले जनाएको छ । दुर्घटनामा सुर्खेतको चौकुने गाउँपालिका–३ का ३८ वर्षीय दिनेश थापा र लमजुङ मर्स्याङ्दी गाउँपालिका–३ का ४४ वर्षीय हिराप्रसाद मिजारको मृत्यु भएको हो । बसमा चालकसहित करिब २५ जना मजदुर सवार थिए । दुर्घटनामा १५ जनाभन्दा बढी घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर छ । (ईमेज खबर)...
निर्मला हत्याप्रकरणमा प्रहरी अधिकृतसहित ६ जनाबाट धरौटी रकम माग

निर्मला हत्याप्रकरणमा प्रहरी अधिकृतसहित ६ जनाबाट धरौटी रकम माग

अपराध, समाचार, समाज
कञ्चनपुर—फागुन ३०। बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्त हत्याकाण्ड प्रकरणमा ‘यातना र सार्वजनिक न्याय’ बिरुद्धको कसुरमा कञ्चनपुर जिल्ला आदालतले लाखौँ धरौटी रकम असुल्न आदेश दिएको छ । जिल्ला आदालत कञ्चनपुरका श्रेष्तेदार हरिकृष्ण अवस्थीका अनुसार जिल्ला न्यायाधीश डा. राजेन्द्र कुमार आचार्यको एकल एजलासले बिहीबार गरेको फैसला अनुसार यातना तथा सार्वजनिक कसुर दुई छुट्टाछुट्टै मुद्दामा प्रतिवादीबाट धरौटी रकम असुल्न आदेश दिएको हो । आदालतले कञ्चनपुरका पूर्व डिएसपी ज्ञान बहादुर सेठी र प्रहरी निरीक्षक एकेन्द्र खड्काबाट यातना मुद्दामा पाँच/पाँच लाख र सार्वजनिक कसुर मुद्दामा चार/चार लाख गरि प्रतिव्यक्ति ९ लाख रुपैयाँ असुल्न आदेश दिएको हो । सार्वजनिक मुद्दा अन्र्तरगत प्रहरी निरीक्षक जगदिश भट्ट चार लाख, प्रहरी नायब निरीक्षकद्वय हरसिंह धामी ३ लाख ५० हजार, राम सिंह धामी तीन ला...
बेलायती सेनामा अब तेस्रो गोर्खा बटालियन निर्माण गरिने

बेलायती सेनामा अब तेस्रो गोर्खा बटालियन निर्माण गरिने

अन्तराष्ट्रिय, समाचार
लन्डन — फागुन ३०। बेलायती सेनामा तेस्रो गोर्खा बटालियन स्थापना हुने भएको छ । बेलायती रक्षा मन्त्रालयका अनुसार सन् २०१९ बाट भर्ती सुरु गरी निर्माण गरिने बटालियन विशेष इन्फेन्ट्री हुनेछ । बेलायतले २०१५ मा प्रकाशित गरेको रक्षा पुनरावलोकन प्रतिवेदनले ५ वटासम्म विशेष बटालियन बनाउन दिएको सुझावअनुसार नयाँ बटालियन स्थापना गर्न लागिएको हो । गत वर्ष नेसनल अडिट अफिसले करिब ८ हजार २ सय सैनिक नपुग भएको प्रतिवेदन पेस गरेको थियो । ‘शताब्दीदेखिको लामो सेवा र बलिदानबाट आफ्नो सीप र बहादुरीका लागि गोर्खा सैनिकले अरू कसैले हासिल गर्न नसकेको इज्जत कमाएका छन्,’ बेलायती रक्षा राज्यमन्त्री मार्क ल्यान्कास्टरले नयाँ बटालियन स्थापनाको घोषणा गर्दै विज्ञप्तिमा भनेका छन् ‘गोर्खाहरूको दक्षता र बेलायतप्रति उनीहरूको दृष्टिकोणका कारण विशिष्ट तेस्रो बटालियन बनाउन उनीहरू नै आदर्श ठहरिएका हुन् ।’ रोयल गोर्खा राइफल्...