आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
नेपाललाई एथ्लेटिक्समा ऐतिहासिक सफलता, एसियन युथ एथ्लेटिक्समा अजितकुमार यादवले जिते स्वर्ण पदक

नेपाललाई एथ्लेटिक्समा ऐतिहासिक सफलता, एसियन युथ एथ्लेटिक्समा अजितकुमार यादवले जिते स्वर्ण पदक

खेलकुद, समाचार
काठमाडौँ —चैत ३ । हङकङमा जारी तेस्रो एसियन युथ एथ्लेटिक्स च्याम्पियनसिपमा नेपालका अजितकुमार यादवले स्वर्ण पदक जितेका छन् । आइतबार भएको ३ हजार मिटर दौडमा भारत, जापान, यमन लगायतका प्रतिस्पर्धीलाई पछि पार्दै नेपाल एपीएफ क्लबका खेलाडी अजितले स्वर्ण जितेका हुन् । उनले निर्धारित दूरी ८ मिनेट ३०.३२ सेकेण्डमा पूरा गरे । दोस्रो स्थानमा रहेका भारतका अमित जंगजीर ८ मिनेट ३६.३४ सेकेण्डमा दूरी पूरा गरी रजत र ८ मिनेट ३८.६० सेकेण्डमा निर्धारित दूरी पूरा गरेका यमनका गामिल अल हामातीले काश्य पदक पाए । जुनियर एथ्लेटिक्समा नेपालले एशियाली स्तरमा पहिलो स्वर्ण जितेको हो । वास्तवमा एशियाली एथ्लेटिक्स च्याम्पियनसिपमा जीतबहादुर केसीले नेपाललाई पहिलो पदक जितेयता एशियाली एथ्लेटिक्समा नेपालले अहिलेसम्म पदक जित्न सकेको छैन । नेपाल एथ्लेटिक्स संघको विवादका कारण यस प्रतियोगितामा नेपालको सहभागिताको टुंगो अन्ति...
ईजिप्टमा सम्पन्न ‘एम एस एन एक्सीलेन्स अवार्ड’मा चर्चित गायक दिनेश गौतम सम्मानित

ईजिप्टमा सम्पन्न ‘एम एस एन एक्सीलेन्स अवार्ड’मा चर्चित गायक दिनेश गौतम सम्मानित

मनोरन्जन, समाचार
काठमाडौँ —चैत ३ । चर्चित गायक दिनेश गौतमले ईजिप्टको अलेक्जेन्ड्रियामा सम्पन्न 'एम एस एन एक्सीलेन्स अवार्ड'मा मोडल शिलाष्मा मल्ल सम्मानित काठमाडौँ —चैत ३ । राज्य दैनिकको प्रस्तुती तथा मोडल सङ्ग्स नेपालको आयोजनामा ईजिप्टमा सम्पन्न ‘एम एस एन एक्सीलेन्स अवार्ड, २०१९' मा चर्चित गायक दिनेश गौतमले 'गायन' विधाको यसवर्षको एम एस एन एक्सीलेन्स अवार्ड हात पार्न सफल भएका छन। नेपालमा सफल सौन्दर्य प्रतियोगिता तथा विभिन्न फेशन शो हरु आयोजना गरेर चर्चा कमाएको “मोडल सङ्गस नेपाल” को आयोजनामा ईजिप्टको अलेक्जेन्ड्रियामा उक्त अवार्ड कार्यक्रम सम्पन्न भएको थियो। ‘एम एस एन एक्सीलेन्स अवार्ड, २०१९’ मा संचारकर्मी, गायक-गायिका, मोडल, बैंकर, समाजसेवी, सौन्दर्यकर्मी, सफल व्यावसायी, उत्कृष्ट खेलाडी, ईभेन्ट अर्गनइजर तथा वरिष्ठ चलचित्रकर्मीहरुलाई विभिन्न विधामा पुरस्कृत गरिएको थियो । नेपाली गीति गायनको क्...
ईजिप्टमा सम्पन्न ‘एम एस एन एक्सीलेन्स अवार्ड’मा मोडल शिलाष्मा मल्ल सम्मानित

ईजिप्टमा सम्पन्न ‘एम एस एन एक्सीलेन्स अवार्ड’मा मोडल शिलाष्मा मल्ल सम्मानित

मनोरन्जन, समाचार
काठमाडौँ —चैत ३ । राज्य दैनिकको प्रस्तुती तथा मोडल सङ्ग्स नेपालको आयोजनामा ईजिप्टमा सम्पन्न ‘एम एस एन एक्सीलेन्स अवार्ड, २०१९' मा सुप्रसिद्द मोडल शिलाष्मा मल्लले 'मोडल' विधाको यसवर्षको एम एस एन एक्सीलेन्स अवार्ड हात पार्न सफल भएकी छिन। नेपालमा सफल सौन्दर्य प्रतियोगिता तथा विभिन्न फेशन शो हरु आयोजना गरेर चर्चा कमाएको “मोडल सङ्गस नेपाल” को आयोजनामा ईजिप्टको अलेक्जेन्ड्रियामा उक्त अवार्ड कार्यक्रम सम्पन्न भएको थियो। ‘एम एस एन एक्सीलेन्स अवार्ड, २०१९’ मा संचारकर्मी, गायक-गायिका, मोडल, बैंकर, समाजसेवी, सौन्दर्यकर्मी, सफल व्यावसायी, उत्कृष्ट खेलाडी, ईभेन्ट अर्गनइजर तथा वरिष्ठ चलचित्रकर्मीहरुलाई विभिन्न विधामा पुरस्कृत गरिएको थियो । वि सं २०६४ सालदेखि औपचारीक रुपमा नेपाली मोडलिङ जगतमा प्रवेश गरी दर्जनौ म्युजिक भिडियोमा नृत्य तथा अभिनयमार्फत छोटो समयमा नै आफुलाई मोडलिङको क्षेत्रमा ...
सञ्चारकर्मी राज लुइँटेलले ईजिप्टको अलेक्जेन्ड्रियामा ‘एम एस एन एक्सीलेन्स अवार्ड’ मा हात पारे

सञ्चारकर्मी राज लुइँटेलले ईजिप्टको अलेक्जेन्ड्रियामा ‘एम एस एन एक्सीलेन्स अवार्ड’ मा हात पारे

मनोरन्जन, समाचार
काठमाडौँ —चैत ३ । राज्य दैनिकको प्रस्तुती तथा मोडल सङ्ग्स नेपालको आयोजनामा ईजिप्टमा सम्पन्न ‘एम एस एन एक्सीलेन्स अवार्ड, २०१९' मा सञ्चारकर्मी, इभेन्ट अर्गनाइजर, निर्णायकसंगै एक कुशल कलाकार तथा मोडल राज लुइँटेलले 'आर्टिस्ट' विधाको यसवर्षको एम एस एन एक्सीलेन्स अवार्ड हात पार्न सफल भएका छन। नेपालमा सफल सौन्दर्य प्रतियोगिता तथा विभिन्न फेशन शो हरु आयोजना गरेर चर्चा कमाएको “मोडल सङ्गस नेपाल” को आयोजनामा ईजिप्टको अलेक्जेन्ड्रियामा उक्त अवार्ड कार्यक्रम सम्पन्न भएको थियो। ‘एम एस एन एक्सीलेन्स अवार्ड, २०१९’ मा संचारकर्मी, गायक-गायिका, मोडल, बैंकर, समाजसेवी, सौन्दर्यकर्मी, सफल व्यावसायी, उत्कृष्ट खेलाडी, ईभेन्ट अर्गनइजर तथा वरिष्ठ चलचित्रकर्मीहरुलाई विभिन्न विधामा पुरस्कृत गरिएको थियो । ईजिप्टका सफल व्यवसायी मोहम्मद वालिद रसादाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा ईजिप्टका ...
नायक तथा समाजसेवी दिपक डोटेल ईजिप्टमा सम्पन्न ‘एम एस एन एक्सीलेन्स अवार्ड’ द्वारा सम्मानित

नायक तथा समाजसेवी दिपक डोटेल ईजिप्टमा सम्पन्न ‘एम एस एन एक्सीलेन्स अवार्ड’ द्वारा सम्मानित

मनोरन्जन, समाचार
काठमाडौँ —चैत ३ । राज्य दैनिकको प्रस्तुती तथा मोडल सङ्ग्स नेपालको आयोजनामा ईजिप्टमा सम्पन्न ‘एम एस एन एक्सीलेन्स अवार्ड, २०१९' मा सुप्रसिद्द नायक तथा समाजसेवी दिपक डोटेलले 'मोडल' विधाको यसवर्षको एम एस एन एक्सीलेन्स अवार्ड हात पार्न सफल भएका छन। नेपालमा सफल सौन्दर्य प्रतियोगिता तथा विभिन्न फेशन शो हरु आयोजना गरेर चर्चा कमाएको “मोडल सङ्गस नेपाल” को आयोजनामा ईजिप्टको अलेक्जेन्ड्रियामा उक्त अवार्ड कार्यक्रम सम्पन्न भएको थियो। ‘एम एस एन एक्सीलेन्स अवार्ड, २०१९’ मा संचारकर्मी, गायक-गायिका, मोडल, बैंकर, समाजसेवी, सौन्दर्यकर्मी, सफल व्यावसायी, उत्कृष्ट खेलाडी, ईभेन्ट अर्गनइजर तथा वरिष्ठ चलचित्रकर्मीहरुलाई विभिन्न विधामा पुरस्कृत गरिएको थियो । ईजिप्टका सफल व्यवसायी मोहम्मद वालिद रसादाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा ईजिप्टका चलचित्र निर्देशक मोहम्मद अलि र ईजिप्टका वरिष...
सरकारद्वारा चन्द समूहमाथि निगरानी : राेल्पामा सुरक्षाकर्मी बढाइयो

सरकारद्वारा चन्द समूहमाथि निगरानी : राेल्पामा सुरक्षाकर्मी बढाइयो

अपराध, समाचार, समाज
रोल्पा —चैत ३ । नेक्रवित्रम चन्द समूहका गतिविधि नियन्त्रण गर्न सुरक्षा व्यवस्था कडा बनाएको छ । केन्द्र र प्रदेशबाट थप सुरक्षाकर्मीसमेत खटाइएको छ । सुरक्षा निकायका अनुसार हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले तीन तरिकाले कारबाही गर्न निर्देशन दिएको छ– घुँडामुनि गोली हान्ने, नियन्त्रणमा लिएर सम्झाउने र गतिविधिका आधारमा कारबाही गर्ने । विस्फोट र आगजनीका घटना बढाएका चन्द कार्यकर्ताले जनप्रतिनिधिलाई मुख्य तारो बनाउनसक्ने सुरक्षा संयन्त्रको निष्कर्ष छ । पहिलो चरणमा सुरक्षाकर्मीमाथि जाइलाग्ने कुनै योजना नदेखिएको उनीहरूको विश्लेषण छ । सरकारले तत्कालीन माओवादीले सशस्त्र युद्ध सञ्चालन गर्दा आधार क्षेत्र बनाएको रोल्पामा उच्च सतर्कता अपनाउन निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी गन्जबहादुर एमसीले बताए । ‘चन्द समूहका गतिविधि रोक्न सतर्कता अपनाउन निर्देशन दिइएको छ,’ प्रजिअ एमसीले भने, ‘हामीले ...
मन्त्रिमण्डलमा हेरफेर हुँदैन : प्रधानमन्त्री ओली

मन्त्रिमण्डलमा हेरफेर हुँदैन : प्रधानमन्त्री ओली

राजनीति, समाचार
विराटनगर — चैत ३ । प्रधानमन्त्री केपी ओलीले हाललाई मन्त्रिमण्डललाई हेरफेर गर्ने आफ्नो कुनै योजना नभएको स्पष्ट पारेका छन् । विराटनगर पुगेका प्रधानमन्त्री ओलीले भने, 'एउटा मन्त्रालय खाली छ । अपूर्णलाई पूर्णता गर्ने एउटा कुरा हो । मन्त्रिपरिषद् हेरफेरको कुनै योजना छैन ।' यस्तैविराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै प्रधानमन्त्रीले नेत्रविक्रम चन्द समूहलाई सरकारले लगाएको प्रतिबन्धलाई लिएर रुवावासी नगर्न प्रतिपक्षी दललाई आग्रह गरेका छन्। चन्द समूह मान्यताप्राप्त संस्था नभएको र गैरसरकारी संस्थाहरु जस्तो कतै दर्ता पनि नभएकोे 'अनधिकृत समूह' मात्र भएको प्रधानमन्त्रीको भनाइ थियो। 'यो कुन दर्ता भएको पार्टीलाई प्रतिबन्ध लगाएको हो र?' प्रधानमन्त्री ओलीले भने, 'बम पड्काउने, जन्तीका बसमा आगो लगाउने, धम्काउने, चन्दा उठाउने कामलाई पो प्रतिबन्ध लगाएको हो त। त्यसमा आफूलाई लोकतान्त्रिक पार्...
मोडल सङ्ग्स नेपालको आयोजनामा ईजिप्टको अलेक्जेन्ड्रिया शहरमा ‘एम एस एन एक्सीलेन्स अवार्ड, २०१९’ सम्पन्न

मोडल सङ्ग्स नेपालको आयोजनामा ईजिप्टको अलेक्जेन्ड्रिया शहरमा ‘एम एस एन एक्सीलेन्स अवार्ड, २०१९’ सम्पन्न

मनोरन्जन, समाचार
काठमाडौँ —चैत ३ । राज्य दैनिकको प्रस्तुती तथा मोडल सङ्ग्स नेपालको आयोजनामा ईजिप्टको अलेक्जेन्ड्रियामा ‘एम एस एन एक्सीलेन्स अवार्ड, २०१९' सम्पन्न भएको छ । नेपालका चर्चित कलाकारहरुको प्रस्तुति सहित अलेक्जेन्ड्रियाको शेराटन होटेलमा अवार्ड कार्यक्रम सम्पन्न भएको हो । विगत लामो समयदेखि देश तथा विदेशमा रहेर विभिन्न क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुहुने अग्रज नेपालीहरुलाई सम्मान प्रदान गरिएको थियो। नेपालमा सफल सौन्दर्य प्रतियोगिता तथा विभिन्न फेशन शोहरु आयोजना गरेर चर्चा कमाएको मोडल सङ्गस नेपालले आयोजना गरेको अवार्ड कार्यक्रमा ईजिप्टमा रहेका विभिन्न प्रतिष्ठित व्यक्तित्वहरुको आतिथ्य एवम् सहभागितामा रहेको थियो । राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा विभिन्न सौन्दर्य प्रतियोगिताको साथै सम्मान कार्यक्रमहरु आयोजना गर्दै आएको मोडल सङ्ग्स नेपालको आयोजना रहेको ‘एम एस एन एक्सीलेन्स अ...
त्रिवि उपकुलपतिले झुठो बोलेको आरोप, पद्मकन्यामा आन्दोलन

त्रिवि उपकुलपतिले झुठो बोलेको आरोप, पद्मकन्यामा आन्दोलन

शिक्षा, समाचार, समाज
काठमाडौँ —चैत ३ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. तीर्थ खनियाँले विश्वविद्यालयमा ३३ प्रतिशत महिला क्याम्पस प्रमुख बनाउन नमानेको आरोप लगाउदै महिला प्राध्यापक र विद्यार्थीहरुले आज बागबजारस्थित पद्मकन्या क्याम्पसमा नारावाजी गर्दै धर्ना दिएका छन् । गत फागुन २७ गते उपकुलपति कार्यालयमा, २८ गते पदमकन्या क्याम्पस प्रमुख, २९ गते प्रशासन र ३० गते त्रिविका शिक्षाध्यक्ष र रजिष्ट्रारको कार्यकक्षमा तालाबन्दी गर्दा समेत सुनुवाई नभएपछि महिला प्राध्यापक र विद्यार्थीहरुले आन्दोलन जारी राखेका हुन । आन्दोलनमा संलग्न प्राध्यापक निर्मला उप्रेतिका अनुसार, आज बिहानैदेखि धर्ना र जुलुस जारी छ । आन्दोलनकारीले त्रिविका ६१ वटा आंगिक क्याम्पसमध्ये ५ वटामा मात्र महिला क्याम्पस प्रमुख रहेकाले ३३ प्रतिशत क्याम्पस प्रमुख बनाउन माग गर्दै आएका छन् । ‘पाटन क्याम्पसका लागि महिलाको नाम सिफारिस हुँदा समेत नि...
नेकपाका शीर्ष नेता एकीकरण टुंग्याउने अन्तिम गृहकार्यमा

नेकपाका शीर्ष नेता एकीकरण टुंग्याउने अन्तिम गृहकार्यमा

राजनीति, समाचार
काठमाडौँ —चैत १ । दश महिनादेखि अल्झिएको एकीकरण प्रक्रियाको बाँकी काम केही दिनमै टुंगो लगाउने गरी नेकपाको शीर्ष तहमा ‘निर्णायक’ छलफल सुरु भएको छ । प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित पाँच शीर्ष नेताले केही दिनभित्रै एकीकरण टुंगो लगाउने गरी बिहीबारबाट छलफल सुरु गरेका हुन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा दुई अध्यक्षसहित वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतम सहभागी थिए । उनीहरूबीच अढाई घन्टा छलफल भएको हो । पहिलो चरणमा जिल्ला अध्यक्ष र सचिवको सूची टुंगो लगाउन सचिवालय बैठकमा अनुमोदनका लागि प्रस्ताव लैजाने गरी ‘निर्णायक छलफल’ अघि बढेको नेताहरूले बताएका छन् । ‘एक–दुई दिनमै टुंगिन्छ कि टुंगिँदैन, तर फेरि छलफलको क्रम सुरु हुन खोजेको छ । विधि र मापदण्डका आधारमा पार्टीलाई एकताबद्ध गरेर लैजाने सोच हो भने छिट्टै टुंगिन सक्छ,’ बैठकपछि...