आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

स्वास्थ्य

सरकारले मानसिक रोगीको मासिक उपचार खर्च १८ हजारसम्म व्यहोर्ने

सरकारले मानसिक रोगीको मासिक उपचार खर्च १८ हजारसम्म व्यहोर्ने

समाचार, स्वास्थ्य
काठमाडौं—फागुन २१। मानसिक समस्या भएका बिरामीहरुको उपचार तथा पुनर्स्थापनामा लाग्ने खर्च सरकारले व्यहोर्ने भएको छ । त्यस्ता बिरामीको उपचार तथा पुनर्स्थापना गर्ने अस्पताल तथा पुनर्स्थापना केन्द्रलाई प्रति बिरामी मासिक १८ हजारसम्म उपलब्ध गराउनेगरी कार्यविधि ल्याएको छ । स्वास्थ्य मन्त्रालयले अघिल्लो हप्ता ल्याएको 'मानसिक रोगीहरुका लागि पुनर्स्थापना कार्यक्रम सञ्चालनको लागि कार्यविधि, २०७५' ले मानसिक समस्या भएर उपचार नपाएका नागरिकहरुले उपचार तथा उनीहरुको पुनर्स्थापनाको गर्ने सुनिस्चितता गरेको हो । कार्यविधिमा कुनै पनि अस्पतालले मानसिक तथा मनोसामाजिक समस्या भएका बिरामी उपचार गरेवापत प्रति बिरामी दैनिक ६ सय रुपैया र पुनर्स्थापना केन्द्रले ५ सय रुपैयाँ पाउनेगरी कार्यविधि तय गरेको हो । संविधानमा उल्लेखीत मौलीक हकलाई कार्यन्वयन गर्न बनेको जनस्वास्थ्य ऐन कार्यन्वयन स्वरुप कार्यविधि तयार भएको ...
स्वाइन फ्लुका कारण नयाँ दिल्लीमा एक हजारवढी प्रभावित, ११ जनाको मृत्यु

स्वाइन फ्लुका कारण नयाँ दिल्लीमा एक हजारवढी प्रभावित, ११ जनाको मृत्यु

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
काठमाडौं— २३, माघ । भारतको राजधानी नयाँ दिल्लीमा स्वाइन फ्लुका संक्रमण बढ्दै गएको छ जसका कारण यस बर्षको शुरूदेखि आइतबारसम्म ११ जनाको मृत्य भएको दिल्लीको राज्य सरकारले दिएको तथ्यांकमा उल्लेख गरिएको छ । राज्य सरकारको तथ्याङ्क अनुसार सन् २०१९ मा स्वाइन फ्लु प्रभावित एक हजार ११ विरामी भेटिएकामध्य ११ जनाको विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । रोगको प्रकृतिका कारण स्वाइन फ्लु नै भनेर सार्वजनिक रूपमा प्रचारवाजी नगरिकन निदानको प्रयास भइरहेको एक सरकारी अस्पतालका चिकित्सकले बताएका छन् । दिल्लीमा गत बर्षमात्र स्वाइन फ्लुका विरामीको सङ्ख्या २०५ रहेको र दुई जनाको मृत्यु भएको थियो । यस बर्ष भने उक्त सङ्ख्या निकै धेरै देखिएको जनाइएको छ । स्वाइन फ्लुका विरामीको सङ्ख्या जनवरी २९ सम्म ५१२ रहेकोमा करिब एक हप्ताको समयमा बिरामीको सङ्ख्यामा दोब्वर देखिएको भारतीय सञ...
प्रा.डा. केसीको समर्थनमा चिकित्सक संघले भोलिदेखि देशभर रिले अनशन गर्ने

प्रा.डा. केसीको समर्थनमा चिकित्सक संघले भोलिदेखि देशभर रिले अनशन गर्ने

शिक्षा, समाचार, स्वास्थ्य
काठमाडौं — १३, माघ । नेपाल चिकित्सक संघले भोलिदेखि देशभर रिले अनशन सुरु गर्ने निर्णय गरेको छ । आमरण अनशनमा रहेका डा. गोविन्द केसीका माग पूरा गर्न सरकारलाई दिएको ७२ घण्टे अल्टिमेटम सकिएपछि संघले रिले अनसन शुरु गर्ने निर्णय गरेको हो । आज काठमाडौका चिकित्सकहरुलाई शिक्षण अस्पताल महराजगञ्जमा भेला गरेर संघले रिले अनसनमा सहभागी हुन आह्वान गरेको छ । चिकित्सक संघका अध्यक्ष डा.मुक्तिराम श्रेष्ठले सरकारले दुई तिहाइको दम्भ देखाएर ३ करोड जनताको स्वास्थ्यमा खेलवाड गरेको आरोप लगाए । उनले सरकारले डा.केसीको माग पूरा नगरे जस्तोसुकै आन्दोलनमा उत्रन तयार रहेको चेतावनी पनि दिए । चिकित्सा क्षेत्रको सुधारको माग राख्दै डा.केसी १९ दिन देखि अनशनमा छन् । (ईमेज खबर)...
विधेयकमा भएका माफियामुखी बुँदाहरु हटाउन सरकारसँग प्रा.डा. केसीको आग्रह

विधेयकमा भएका माफियामुखी बुँदाहरु हटाउन सरकारसँग प्रा.डा. केसीको आग्रह

शिक्षा, समाचार, स्वास्थ्य
माघ—८, काठमाडौं । विगत १४ दिनदेखि अनशनरत प्रा.डा. गोविन्द केसीले जनतामुखी र विद्यार्थीमुखी चिकित्सा शिक्षा विधेयक ल्याउन सांसदहरुलाई आग्रह गरेका छन् । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा अनशनरत डा. केसीले त्यहीँबाट मंगलबार एक भिडियो सन्देश जारी गर्दै माफियामुखी ऐन ल्याउन नदिन सांसदहरुलाई आग्रह गरेका छन् । डा. केसीले विधेयकमा भएका माफियामुखी बुँदाहरु हटाउन आग्रह गर्दै आफूसँग सरकारले गरेको सहमतिअनुसार ऐन पारित गर्न अपिल समेत गरेका छन् । अनशनरत डा. केसीलाई उनको स्वास्थ्यमा केही सुधार देखिएपछि आइतबार आइसीयुकक्षबाट जनरल वार्डमा सारिएको थियो । सोमबारदेखि डा. केसीलाई गणेशमान सिंह नाक, कान, घाँटी भवनमा सारिएको छ । उनी विगतमा समेत यही भवनमा अनशन बसेका थिए ।...
प्रा.डा.गोबिन्द केसीको अनसनलाई बेवास्ता गर्दै विधेयक पारित गर्ने तयारी

प्रा.डा.गोबिन्द केसीको अनसनलाई बेवास्ता गर्दै विधेयक पारित गर्ने तयारी

समाचार, समाज, स्वास्थ्य
माघ-७, काठमाडौं । अनसनरत डाक्टर गोविन्द केसीका मागलाई बेवास्ता गर्दै प्रतिनिधि सभाले चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी गरेको छ। केही दिनअघि शिक्षा तथा स्वास्थ्य समितिले संसदमा पेश गरेको विधेयकलाई सोमबारको बैठकबाट पारित गर्ने तयारी भएको छ। सोमबारको संसद बैठकमा शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले चिकित्सा शिक्षा विधेयकमाथि छलफल होस् भन्ने र पारित होस् भन्ने प्रस्ताव गर्ने कार्यसूची तय भएको छ। मध्यान्ह १२ बजे सुरू हुने बैठकको अन्तिम कार्यसूचीमा चिकित्सा शिक्षा विधेयक राखिएको छ। उपसमिति र समितिमा विधेयकमाथि फरक मत राखेको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद अवरोध गर्न सक्ने भएकाले बैठकको अन्तिम कार्यसूचीमा चिकित्सा शिक्षा विधेयक राखिएको हो। समितिले तयार पारेको विधेयकमा आफूसँग भएको सम्झौताविपरितका व्यवस्थाहरू रहेको भन्दै डाक्टर केसी पुस २५ गतेदेखि अनसनरत छन्। अनसन...
स्वास्थ्य अवस्था गम्भीर भएपछि डा. केसीलाई काठमाडौं ल्याइयो

स्वास्थ्य अवस्था गम्भीर भएपछि डा. केसीलाई काठमाडौं ल्याइयो

समाचार, समाज, स्वास्थ्य
माघ—४, काठमाडौं । राष्ट्रिय चिकित्सा शिक्षा विधेयक सच्याउन माग गर्दै १६ औं अनसन बसिरहेका डा. गोविन्द केसीलाई बिहीबार राति काठमाडौं ल्याइएको छ । धरानबाट गएको विशेष चिकित्सक टोलीले केसीको स्वास्थ्य जटिल भएको भन्दै तत्काल आईसीयू र सीसीयू सुविधा भएको अस्पतालमा लैजान सुझाएका थिे । त्यसलगत्तै काठमाडौंबाट उनको स्वास्थ्य अवस्था बुझ्न ईलाम पुगेका त्रिभुुवन विश्वविद्यालयका पूर्वउपकुलपति तथा चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा कार्यदलका संयोजक केदारभक्त माथेमा, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, अधिकारकर्मी दमननाथ ढुंगानालगायतको टोलीले उनलाई राजधानी ल्याउन पहल थालिएको थियो । प्रा.डा. केसीलाई इलामदेखि झापाको भद्रपुरसम्म एम्बुलेन्समा र त्यहाँबाट नेपाली सेनाको नाइटभिजन हेलिकोप्टरबाट काठमाडौं ल्याइएको हो । उनलाई अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको आईसीयूमा राखेर उपचार भइरह...
चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै गजेन्द्रनारायण सिंह अस्पतालमा तनाव

चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै गजेन्द्रनारायण सिंह अस्पतालमा तनाव

समाचार, समाज, स्वास्थ्य
सप्तरी, माघ— २ । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा चिकित्सकको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्त तथा स्थानीयले नाराबाजी गरेका छन् । छिन्नमस्ता गाउँपालिका–६ निवासी सहदेव सदाको बुधबार बिहान उपचारको क्रममा मृत्यु भएपछि आफन्त तथा स्थानीयले नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् । सामान्य चिसो लागेर अस्पताल भर्ना गरिएका ५५ वर्षीय सदाको चिकित्सकले समयमै उपचार नगरिदिँदा मृत्यु भएको पीडित परिवारले आरोप लगाएको छ । मृतकका आफन्त तथा स्थानीयले अस्पतालको मुख्यद्वारमै टायर बालेर प्रदर्शन गरेका थिए भने त्यसक्रममा प्रहरीसित केहीबेर घम्साघम्सी समेत भएको थियो । गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त प्रमुख डा. रञ्जितकुमार झाले सिकिस्त अवस्थामा अस्पताल ल्याइएका सदाको उपचारकैक्रममा मृत्यु भएको दाबी समेत गरेका छन् ।...
डा. केसी लाई ‘अब कहिल्यै बस्नुपर्दैन’ भन्दै १५ औं अनशन तोडाएका नेम्वाङ अहिले भन्छन्– सबै माग पूरा हुन धेरै गाह्रो छ

डा. केसी लाई ‘अब कहिल्यै बस्नुपर्दैन’ भन्दै १५ औं अनशन तोडाएका नेम्वाङ अहिले भन्छन्– सबै माग पूरा हुन धेरै गाह्रो छ

शिक्षा, समाचार, स्वास्थ्य
  काठमाडौं, माघ- २ । प्रा.डा. गोविन्द केसीको १५ औं चरणको अनशन तोडाउनका लागि महत्वपूर्ण भूमिका खेलेका सत्तारुढ नेकपाका नेता सुवासचन्द्र नेम्वाङ्ले त्यतिबेला सहमति भएका सबै माग पूरा हुन गाह्रो भएको बताएका छन् । उनले ९५ प्रतिशत विषय संसदीय समितिले मानेकाले डा. गोविन्द केसी अनशन बस्न जरुरी नरहेको बताएका छन् । उनले बुधबार बिहान बाह्रखरीसँगको कुराकानीमा संसदीय समितिले यति लामो समय लगाएर गरेको कामलाई अन्यथा रुपमा लिन नहुने समेत जनाए । प्रा.डा. केसी आफ्ना माग पूरा नभएको भन्दै गएको बुधबारदेखि नेम्वाङ्को गृहजिल्ला इलाममा गएर अनशन बसिरहेका छन् । उनको स्वास्थ्य अवस्था झन्झन् नाजुक बन्दै गएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । पहिला सहमति गरेर अहिले धोका दिने काम भएको भन्ने कुरापनि डा. केसी पक्षधरहरुले उठाइरहेका छन् । यसबारेमा नेम्वाङ भन्छन्,‘‘संसद भनेको सार्वभौमसत्ता सम्पन्न निकाय...
चिकित्सा शिक्षा विधेयक हुबहु पारित गर्नुपर्ने भन्दै अनशनरत थापाको स्वास्थ्यमा समस्या, अस्पताल भर्ना

चिकित्सा शिक्षा विधेयक हुबहु पारित गर्नुपर्ने भन्दै अनशनरत थापाको स्वास्थ्यमा समस्या, अस्पताल भर्ना

समाचार, समाज, स्वास्थ्य
इलाम, माघ १ । चिकित्सा शिक्षा विधेयक सम्वन्धी आफुसंग गरेको सहमती कार्यान्वयन गर्न माग राख्दै अनशनरत प्रा. डा. गोविन्द केसीका मागको विरुद्धमा अनशनमा बसेका विजय थापाको स्वास्थ्यमा समस्या देखिएको छ । संसदीय समितिले पारित गरेको चिकित्सा शिक्षा विधेयक हुबहु पारित गर्नुपर्ने लगायतका माग राख्दै इलामको चोकबजारमा अनशनरत थापाको स्वास्थ्यमा समस्या देखिएको हो । स्वास्थ्य अवस्थामा समस्या देखिएपछि डाक्टरको सल्लाह अनुरुप थापालाई मंगलबार इलाम अस्पतालमा भर्ना गरिएको छ । थापा गत पुस २७ गते देखि अनशनमा रहेका छन ।...
विगत ६ दिनदेखि अनशनरत प्रा.डा.केसीलाई अस्पताल भर्ना गरियो

विगत ६ दिनदेखि अनशनरत प्रा.डा.केसीलाई अस्पताल भर्ना गरियो

समाचार, स्वास्थ्य
इलाम, पुस-३० । इलाममा विगत ६ दिनदेखि अनशनरत प्रा.डा. गोविन्द केसीको रक्तचाप कम हुँदै गएपछि जिल्ला अस्पताल इलाममा भर्ना गरिएको छ । चिकित्सकहरुले गरेको स्वास्थ्य परीक्षणका क्रममा डा. केसीको स्वास्थ्यमा गम्भीर समस्या आउन थालेको पाइएपछि उनलाई अस्पताल भर्ना गर्न आग्रह गरिएको थियो । चिकित्सकहरुको सल्लाहअनुसार नै केसीलाई सोमबार विहान जिल्ला अस्पतालमा भर्ना गरिएको हो । प्रा.डा. केसीले भने अस्पतालमा भर्ना हुन अस्वीकार गर्दै आएका थिए । केसीलाई स्वास्थ्य कमजोर बन्दै गएकाले तत्काल अस्पतालमा जानुपर्ने सुझाव चिकित्सकहरुले दिएका थिए । इलाममा अत्याधिक चिसो बढेकाले पनि उनको स्वास्थमा समस्या थपिएको हो । चिकित्सा क्षेत्र सुधारलगायतका विषय माग गर्दै उनी १६ औं चरणको अनशनमा वसेका छन् । डा. केसीले आफूसँग भएको पूर्वसहमति कार्यान्वयन गर्न समेत सरकारसँग माग गर्दै आएका छन् ।...