मध्यराती अचानक भोक लाग्दा के खाने?
काठमाडौं, मंसिर २३ ।
तपाईलऐ कहिलेकाहीँ घरमै बसिबसि अफिसको काम पनि गर्नुपर्ने हुन्छ । यसका लागि प्रायः सबैलाई रातको समय नै फुर्सदिलो हुने देखिन्छ । त्यसैले त काम गर्दै गर्दा रातको समयमा अचानक भोक पनि लाग्न सक्छ । यस्तो वेला भोक मेटाउन तपाईंले चकलेट वा स्न्याक्सको सहारा लिइरहनुभएको त छैन ? छ भने गलत गर्नुभएको छ । किनकि, एक अनुसन्धानबाट रातको समय अत्यधिक सुगर र क्यालोरीयुक्त स्न्याक्स प्रयोग गर्दा स्वास्थ्यमा खराब असर पर्न सक्ने कुरा बाहिरिएको छ । त्यसैले स्वास्थ्यका लागि यस्तो समयमा फलफूल प्रयोग गर्नुपर्ने उनिहरुले जनाएका छन यो निकै लाभदायक हुन्छ । तपाईंले डिनर गरेको केही समयपछि हरेक दिन फलफूल प्रयोग गर्दा अझ राम्रो हुने उनिहरुको दावी छ ।
हामीले सुत्नुअघि फलफूल खाँदा आवश्यक पोषक तत्व प्राप्त गर्न सकिन्छ । फलफूलबाट भिटामिन, मिनरल्स, फाइटोकेमिकल र फाइबरको आवश्यक मात्रा शरीरलाई प्राप्त ग...




