१६ औं चरणको अनशनमा रहेका प्रा.डा. केसीको स्वास्थ्य अवस्था बिग्रन थाल्यो, रक्तचाप कम हुँदै
इलाम, पुस- २७ ।
चिकित्सा शिक्षा सुधारको माग गर्दै १६ औं चरणको अनशनमा इलाममा रहेका प्रा.डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रन थालेको छ ।
बुधबारदेखि इलाममा पुगेर अनसन थालेका प्रा.डा. केसीको स्वास्थ्य अवस्था गएरातिदेखि बिग्रन थालेको बताईएको छ । उनको रक्तचाप एक्कासी कम हुँदै गएको छ ।
शरीरमा पसिना आउने तथा छाती दुख्ने समस्या देखिएपछि इलाम जिल्ला अस्पतालको चिकित्सकहरुले उनको स्वास्थ्य परीक्षण गरेका छन् । चिकित्सकहरुले उनको शरीरमा चिनीको मात्रा घटेको हुनसक्ने बताएका छन् । तर, डा. केसीले भने सुगरको परीक्षण गर्न मानेका छैनन् ।...








