इलाम, पुस- २६ ।
बुधबारदेखि प्रा.डा. गोविन्द केसीले सुरु गरेको १६औं चरणको सत्याग्रह आज दोस्रो दिनपनि जारी छ ।
बुधबार अपराह्न ५ बजे पत्रकार सम्मेलन गरी इलाम सदरमुकामस्थित फूलगाछीमा प्रा.डा. केसीले अनशन सुरु गरेका थिए ।
सरकारले आफूसित साउन १० गते गरेको सहमति पालना नगरेको भन्दै उनले सरकारसँग भएको सम्झौतालाई अक्षरशः पालना गर्दै तत्काल चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गर्नुपर्ने माग राख्दै उनी अनशन बसेका छन ।
अनशनको तयारीका लागि डा. केसी मंगलबार इलाम पुगेका थिए ।
अत्याधिक चिसोका कारण इलाममा मानिसहरुको चहलपल न्यून रहे पनि शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत डिभिजन कार्यालय इलामको पुरानो कार्यालय फूलगाछीमा उनले सत्याग्रह शुरु गरेका छन ।
