प्लस साइज विजनेशबाट परिचित वूमानियाकी संचालिका प्रियंका अब शारीरिक रुपमा मोटाहरुको सौन्दर्य प्रतियोगिता प्लस साइज मोडल नेपालको आयोजना गर्दै
आफु सानो हुँदा आफ्नो साईजको कपडा नपाएर पसल-पसल भौतारिदै हिड्दा “तपाईको साईजको कपडा त हाम्रोमा छैन, अन्तै खोज्नुहोस !” हो यहि कुरा बार-बार प्रत्येक पसलमा सुन्नुपर्थ्यो प्रियंका बोथ्राले तर आज उनले राजधानीमा सन्चालन गरेको वूमानीयाको जुनसुकै आउटलेटमा आउने कुनै पनि प्लस साईजका ग्राहकहरुले यो कु्रा सुन्नुपर्ने छैन । राजधानीको वर्ल्ड ट्रेड सेन्टर, त्रिपुरेश्वर, सिटि सेन्टर, कमलपोखरी लगायत बिभिन्न ३ वटा स्थानमा वूमानियाको आउटलेट सन्चालनमा रहेका छन । साथै देशभरीका बिभिन्न शहरहरुमा वूमानियाको प्लस साईज कपडाहरु उपलब्ध रहेका छन ।
प्रियंकाका अनुसार वूमानियाको प्रत्येक आउटलेटमा आउने प्लस साईजका ग्राहकहरुले आफ्नो साईज पाईएन भनेर गुनासो गर्नु पर्ने छैन । प्लस साईजका ग्राहकहरुले समेत “यो त मेरो भन्दा ठुलो साईज” भन्दै आफ्नोभन्दा नि ठुलो साईजका मानिस हुदारैछन भनी खुसि भएको देख्दा धेरै नै खुसि मिल्ने बताउ...









