आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाचार

चर्चित कलाकार बिनोद केसीको अभिनय रहेको पृथक गीत “भ्रम” को म्यूजिक भिडियो सार्वजनिक

चर्चित कलाकार बिनोद केसीको अभिनय रहेको पृथक गीत “भ्रम” को म्यूजिक भिडियो सार्वजनिक

मनोरन्जन, समाचार
साई भिजन प्रा. लि. को प्रस्तुतिमा अर्को पृथक गीत “भ्रम” भिडियो सहित सार्वजनिक गरिएको छ । चर्चित गायिका मल्लिका कार्कीको स्वर रहेको उक्त गीतमा चन्द्र कुबेर ख्रापुङ्गको शब्द तथा चर्चित सङ्गितकार आलोक श्री ले सङ्गीत भरेका छन । चर्चित एवं लोकप्रिय निर्देशक प्रकाश भट्टको निर्देशन रहेको यस गीतमा राजेश घिमिरेको छायांकनछ भन्ने बिष्णु शर्माको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा बिनोद केसि र अल्का सुबेदीको अभिनय हेर्न पाईन्छ । भिडियोः https://youtu.be/9eeB8xhf5iE...
इङ्लिस प्रिमियर लिगमा शीर्ष स्थानमा रहेको लिभरपुल एफए कपको तेस्रो चरणबाटै घर फर्कियो

इङ्लिस प्रिमियर लिगमा शीर्ष स्थानमा रहेको लिभरपुल एफए कपको तेस्रो चरणबाटै घर फर्कियो

खेलकुद, समाचार
काठमा्डौं, पुस- २४ । इङ्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शीर्ष स्थानमा रहेको लिभरपुल एफ.ए कप फुटबलमा भने तेस्रो चरणबाटै बाहिरिन पुगेको छ । गएराति भएको एफ.ए कपको खेलमा लिभरपुललाई प्रिमियरसिप प्रतिद्वन्द्वी वुल्भरह्याम्पटन वान्डरर्सले २–१ ले सजिलै पराजित गर्‍यो । वुल्भरह्याम्पटनको जितमा राउल जिमिनेज र रुबेन नेभेसले एक–एक गोल गरेका थिए । लिभरपुलका लागि भने डिभोक ओरीगीले सान्त्वना एक गोल फर्काए । जितसँगै वुल्भरह्याम्पटनले एफ.ए कपको चौथो चरणमा आफ्नो स्थान सुरक्षित गरेको छ ।...
१३ वर्षीया बालिका निर्मला पन्तको न्यायको निम्ति झिनो आशा

१३ वर्षीया बालिका निर्मला पन्तको न्यायको निम्ति झिनो आशा

अपराध, समाचार, समाज
काठमाडौं, पुस– २३ । कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या भएको पाँच महिना बितिसक्दा पनि हत्यारा पत्ता लाग्न सकेको छैन । हत्याको छानबिन गर्न सरकारले बनाएका कुनैपनि समितिले दोषी पत्ता लगाउन नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले अब त्यसको जिम्मेवारी आफैंले लिने उद्घोष गरेका छन् । योसँगै निर्मलाले न्याय पाउने झिनो आशा त पलाएको छ तर त्यसका लागि कति समय लाग्छ भन्ने अझै टुंगो लागेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्नेक्रममा राखेको भनाइले निर्मला पन्त हत्याकान्डलाई फेरिपनि झक्झकाएको छ । निर्मलाको हत्याकान्डको विषयलाई सरकारले छानबिन गर्न नसकेको भन्दै चर्को आलोचना भएपछि प्रधानमन्त्री ओलीले त्यसको जिम्मा सरकारको भएको भन्दै अनावश्यक हल्ला गर्नुको औचित्य नभएको बताए । निर्मलाकोमात्र होइन, जुनसुकै घटनाको छानबिन गर्ने जिम्मेवारी पनि सरका...
सामाखुसीमा माइक्रोबसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु, चारजना घाइते

सामाखुसीमा माइक्रोबसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु, चारजना घाइते

अपराध, समाचार, समाज
काठमाडौं, पुस– २३ । सामाखुसीमा माइक्रोबसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । सोमबार बिहान ११ः४५ बजे चक्रपथ हुँदै बौद्ध–जोरपाटी चल्ने बा१ज ९७६६ नम्बरको माइक्रोको ठक्करबाट धूम्रबाराही बस्ने ५५ वर्षीया सीता दाहालको मृत्यु भएको हो । महानगरीय ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कका प्रमुख जेजंग कार्कीले बाटो काट्नेक्रममा ठक्कर दिँदा गम्भीर घाइते दाहालको उपचारकाक्रममा अल नेपाल अस्पताल सामाखुसीमा मृत्यु भएको जानकारी दिए । दुर्घटनामा कोटेश्वर बस्ने सरिता अधिकारी, उनका श्रीमान् सुशील अधिकारी, अल नेपाल अस्पतालमा कार्यरत् नर्स सपना राई र लक्ष्मी सापकोटा घाइते भएका छन् । घाइतेमध्ये सापकोटा गम्भीर भएको कार्कीले बताए । दुर्घटना गराउने माइक्रोबस र त्यसका चालक रामेछापका ४० वर्षीय टंकराज कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस...
नेविसंघले पोखरामा ‘भ्रष्टाचारीलाई प्रवेश निषेध’ लेखिएका ब्यानर टाँस्यो

नेविसंघले पोखरामा ‘भ्रष्टाचारीलाई प्रवेश निषेध’ लेखिएका ब्यानर टाँस्यो

राजनीति, समाचार
काठमाडौं, पुस– २३ । नेपाल विद्यार्थी संघ पोखराले पोखराका मुख्य–मुख्य चोकहरुमा ‘भ्रष्टाचारीलाई प्रवेश निषेध’ भन्दै ब्यानर टाँसेको छ । ब्यानरमा भ्रष्टाचार विरोधी नाराहरु समेत लेखिएका छन । सोमबारदेखि सुरु भएको अभियानलाई देशैभर लैजाने नेपाल विद्यार्थी संघले जनाएको छ । नेपाली कांग्रेस महासमिति सदस्य गुरु बरालले ब्यानर टाँसेर अभियानको सुरुवात गरेका थिए । भ्रष्टाचार विरुद्दको यो अभियान पोखराको पीएन क्याम्पसबाट सुरु गरिएको छ । पहिलो चरणमा ४० ओटा ब्यानरलाई मुख्य चोकहरुसँगै क्याम्पसको गेट अगाडि टाँसिने नेविसंघ पोखराले जनाएको छ ।...
मेक्सिको को सीमानामा पर्खाल लगाउनेमा कुनै सम्झौता हुँदैनः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प

मेक्सिको को सीमानामा पर्खाल लगाउनेमा कुनै सम्झौता हुँदैनः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प

अन्तराष्ट्रिय, समाचार
काठमाडौं, पुस– २३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोको सीमामा पर्खाल लगाउने आफ्नो मागमा कुनै सम्झौता नहुने बताएका छन् । मेक्सिकोको सीमामा पर्खाल लगाउनका लागि चाहिने ५ अर्ब ६० करोड डलर संसद्ले विनियोजन गर्नुपर्ने उनको माग छ । राष्ट्रिय सुरक्षाका लागि पर्खाल लगाउन आफूले मागेको रकम संसद्ले विनियोजन नगरे राष्ट्रिय आपतकाल लागू गर्ने चेतावनी पनि उनले दोहोर्‍याए । डेमोक्रेटिक पार्टीका सांसदहरु राष्ट्रपतिको मागमा सहमत हुन नसक्दा संसद्बाट पारित विनियोजन विधेयकमा ट्रम्पले हस्ताक्षरसमेत गरेका छैनन् । सोही कारण अहिले अमेरिकाको सरकारी काम आंशिक रुपमा ठप्प भएको छ । उनले सरकारी काम वर्षौंसम्म ठप्प पारेर भए पनि पर्खाल लगाउने आफ्नो चाहना पूरा गर्ने बताए । तर डेमोक्रेटिक सांसदहरुले भने राष्ट्रपतिको पर्खाल लगाउने चाहना अनैतिक भएको बताइरहेका छन् । राष्ट्रपति ट्रम्पले अब सरकार...
“ख्याल गर है कान्छा” को म्युजिक भिडियो सार्वजनिक, राजेन्द्र कुमार थापा र भविन तामाङ्गको अभिनय

“ख्याल गर है कान्छा” को म्युजिक भिडियो सार्वजनिक, राजेन्द्र कुमार थापा र भविन तामाङ्गको अभिनय

मनोरन्जन, समाचार
काठमाडौं, पुस– २३ । परदेशमा रहेर पनि नेपालि कलाकारितामा सक्रिय कलाकार राजेन्द्र कुमार थापा र भविन तामाङ्गद्वारा अभिनित नयाँ म्युजिक भिडीयो ख्याल गर है कान्छा रिलिज भएको छ । नेपाली चलचित्र बिर बिक्रमको निक्कै चलेको गीत सारे सारे गीतको गायीका दिपा लामाको स्वरमा सजिएको ” ख्याल गर है कान्छा ख्याल गर ” गीतको म्युजिक भिडियो नव बर्ष २०१९ को पहिलो दिन रिलिज भएको छ । गायीका दीपा लामालाई अहिले को उदाउदो गायक बुद्ध राईले साथ दिएका छन् । यस गीतलाई चर्चित सर्जक एक नारायण भण्डारी ले शब्द भरेका छन् भने बसन्त थापा ले म्युजिक गरेका छन् । भुपेन्द्र रिखाम मगरको निर्देशन र भविन्द्र तामांगको कोरियोग्राफी रहेको यो गीतलाइ सन्चु थोकरले छायांकन ,राहुल राई ले ड्रोन चलाएका छन् भने यस गीतमा भविन्द्र तामाग राजेन्द्र थापाको अलवा, एसोधा बस्नेत ,र नेहा बस्नेतको अभिनय देख्न सकिन्छ । https://youtu.be/rr_86Fw5aF...
वाइडबडी जहाज खरिद प्रकरणमा भ्रष्टाचार भएको निष्कर्ष, सचिब राईलाई भने ‘क्लिन चिट’

वाइडबडी जहाज खरिद प्रकरणमा भ्रष्टाचार भएको निष्कर्ष, सचिब राईलाई भने ‘क्लिन चिट’

आर्थिक, समाचार
काठमाडौं, पुस– २३ । नेपाल वायु सेवा निगमको वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको निष्कर्ष संसदको सार्वजनिक लेखा समितिले निकालेको छ । आज बसेको समितिको बैठकले खरिद प्रक्रियामा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै बहालवाला पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित दुई पूर्व पर्यटनमन्त्रीलाई समेत विमान खरिद प्रकरणमा दोषी किटान गरेको छ । लेखा समितिले दुई पूर्वपर्यटनमन्त्री जीवनबहादुर शाही र जितेन्द्रनारायण देवलाई पनि विमान खरिद प्रकरणमा दोषी किटान गरेको हो । निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार र पर्यटनसचिव कृष्णप्रसाद देवकोटालाई समितिले मुख्य दोषी किटान गरेको छ । लेखा समितिले उनीहरुलाई तत्काल निलम्बन गरी हदैसम्मको सजाय दिन सिफारिस गरेको छ । समितिले अनियमिताबारे छानबिन गर्न सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत निर्देशन दिएको छ । तत्कालिन पर्यटन सचिव प्रेम राईलाई भने समितिले...
गएराति देखि देशभरका पहाडी जिल्लामा हिमपात, जनजीवन अत्यन्तै प्रभावित

गएराति देखि देशभरका पहाडी जिल्लामा हिमपात, जनजीवन अत्यन्तै प्रभावित

समाचार, समाज
काठमाडौं, पुस– २३ । बैतडीसहित सुदूरपश्चिमको अधिकांश पहाडी जिल्लामा गएराति देखि हिमपात सुरु भएको छ । बैतडी जिल्लाको दशरथचन्द राजमार्ग अन्तर्गत अनारखोली, खोडपे, सतबाँझ लगायतका उच्चपहाडि क्षेत्रमा हिमपात भएको जिल्ला प्रहरी कार्यालय बैतडीले बताएको छ । बैतडीको जयपृथ्वी राजमार्ग अन्तर्गत खोडपे बझाङ क्षेत्रमा पनि हिमपात भएको छ । त्यसैगरी दार्चुलाको उत्तरी क्षेत्रमा पर्ने अपी, राप्ला, घुसा, खण्डेश्वरी, छिङरु, व्यास, तिङ्कर लगायतका स्थानमा समेत हिमपात भएको छ । डडेल्धुराको भीमदत्त राजमार्गको साहुखर्क, हगुल्टेलगायतका ठाउँमा पनि हिमपात भएको हो । हिमपात सँगै पहाडी जिल्लामा चिसोका कारण जनजीवन धेरै प्रभावित भएको छ । हिमपातले गहुँलगायतका हिउँदेबाली हुर्कन सहयोग गर्ने भएकाले लामोसमयको खडेरीपछि हिमपात हुँदा किसानहरु भने खुसी भएका छन् । हिमपातका कारण हिमाली जिल्ला हुम्लाको जनजीवन धेरै नै...
अन्य देशको स्वार्थको चेपुवामा नेपाल पर्दैन : परराष्ट्रमन्त्री ज्ञवाली

अन्य देशको स्वार्थको चेपुवामा नेपाल पर्दैन : परराष्ट्रमन्त्री ज्ञवाली

राजनीति, समाचार
काठमाडौं, पुस– २३ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल विभिन्न देशको स्वार्थको चेपुवामा नपर्ने भन्दै त्यसमा सरकार सचेत रहेको बताएका छन् । विभिन्न सञ्चार माध्यमका सम्पादहरुसँगको अन्तक्र्रियाका क्रममा उनले देशको बाह्य सम्बन्धको मुल आधार राष्ट्रिय हित रहेकाले राष्ट्रिय सुरक्षा र बाह्य सम्बन्धका बारेमा कलम चलाउँदा राष्ट्रहितलाई केन्द्रमा राख्न आग्रह गरे । परराष्ट्रमन्त्री ज्ञवालीले लामो आन्दोलनपछि प्राप्त भएको राजनीतिक स्थायित्वको बलमा सरकार आर्थिक सम्मृद्धिको अभियानमा लागेको बताए । अहिले सरकारको कूटनीतिक सम्बन्ध पनि आर्थिक सम्मृद्धिमै केन्द्रीत भएको भन्दै उनले हरेक देशसँगको सम्बन्ध सम्मृद्धि अभियानसँग जोडेर अगाडि बढाइने बताए । छिमेकीसँग सँधै तुष पालेर अड्किराख्न नहुने भन्दै उनले छिमेकीसँगको सम्बन्ध तुलना गर्न पनि नहुने बताए । यो देशभन्दा त्यो देश नजिक भनेर तुलना गर्न नहुने उन...