वाइडबडी खरिदमा भ्रष्टाचार भएको निष्कर्ष

काठमाडौं, पुस– २३ ।

नेपाल वायु सेवा निगमको वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको निष्कर्ष संसदको सार्वजनिक लेखा समितिले निकालेको छ ।

आज बसेको समितिको बैठकले खरिद प्रक्रियामा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै बहालवाला पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित दुई पूर्व पर्यटनमन्त्रीलाई समेत विमान खरिद प्रकरणमा दोषी किटान गरेको छ ।

लेखा समितिले दुई पूर्वपर्यटनमन्त्री जीवनबहादुर शाही र जितेन्द्रनारायण देवलाई पनि विमान खरिद प्रकरणमा दोषी किटान गरेको हो ।

निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार र पर्यटनसचिव कृष्णप्रसाद देवकोटालाई समितिले मुख्य दोषी किटान गरेको छ ।

लेखा समितिले उनीहरुलाई तत्काल निलम्बन गरी हदैसम्मको सजाय दिन सिफारिस गरेको छ ।

समितिले अनियमिताबारे छानबिन गर्न सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत निर्देशन दिएको छ ।

तत्कालिन पर्यटन सचिव प्रेम राईलाई भने समितिले क्लिन चिट दिएको छ ।

लेखा समितिअन्तर्गत गठित उपसमितिले हाल गृह सचिव रहेका राईलाई विमान खरिदमा दोषी रहेको उल्लेख गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here