विमानस्थल विस्तार र स्तरोन्नतिका लागि जग्गा अधिग्रहणका कारण स्थानीयवासी असन्तुष्ट
झापा, पुस– २३ ।
झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थल विस्तार र स्तरोन्नतिका लागि सुरु भएको जग्गा अधिग्रहणका कारण स्थानीयवासी असन्तुष्ट बनेका छन् ।
जग्गाको उचित मुआब्जा नदिई अधिग्रहणका नाममा उठिबास गराउन खोजेको उनीहरुको आराप छ । जसले विमानस्थलको काम प्रभावित हुने संकेत देखिएको छ ।
विमानस्थल विकास विस्तारको लागि मुआब्जा कम भएको भन्दै स्थानीयवासी आन्दोलित बनेका छन् । जसले विमानस्थलको काम प्रभावित बनेको छ ।
विमानस्थल विस्तारको नाममा रोक्का गरिएको घरजग्गा फुकुवा गर्नुपर्ने अथवा उचित मुआब्जा सहितको क्षतिपूर्ती तत्काल दिनुपर्ने स्थानीयवासीको माग छ ।
केही समयअघि प्रमुख जिल्ला अधिकारी नेतृत्वको मुआब्जा निर्धारण समितिले बिमानस्थल पूर्वको जग्गालाई पाँच भागमा बिभाजन गरी प्रतिकठ्ठा सात लाखदेखि २२ लाख रुपैयाँसम्म मुआब्जा निर्धारण गरेको थियो ।
११ विगाह जमिन अधिग्रहण गरी विमानस्थल विस...









