एसिया कप फुटबलमा भारतको विजयी सुरुवात

काठमाडौं, पुस- २३ ।

युएईमा जारी एसिया कप फुटबल अन्तर्गत भारतले विजयी सुरुवात गरेको छ ।

गएराति थाइल्याण्ड विरुद्द भएको खेलमा भारतले ४–१ को स्पष्ट जित निकालेको छ ।

कप्तान सुनिल क्षत्रीले भारतको जितमा २ तथा अनिरुद्र थापा र जेजे लाल्पेखुलाले थप एक-एक गोल गरे ।

एसिया कप फुटबलमा हिजो राती नै भएको अर्को खेलमा जोर्डनले साविक विजेता अष्ट्रेलियामाथि १–० को जित निकाल्दा सिरिया र प्यालेस्टाईनले भने गोलरहीत बराबरी्मा चित्त बुझाएका छन् ।

एसिया कप फुटबलमा आज तीन खेल हुदैछन् । आज हुने खेलमा चीन र कीर्गिस्तान भिड्दा दक्षिण कोरिया र फिलिपिन्स तथा ईरान र यमन आमनेसामने हुँदैछन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here