आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाचार

बलात्कार पछि हत्या गरिएकि १३ वर्षिया बालिका निर्मला पन्तको हत्याको बिषयमा श्रीकृष्ण लुइँटेल (बोकेदारी) ले दिए कसैले नसोचेको यस्तो कडा जबाफ (भिडियो सहित)

बलात्कार पछि हत्या गरिएकि १३ वर्षिया बालिका निर्मला पन्तको हत्याको बिषयमा श्रीकृष्ण लुइँटेल (बोकेदारी) ले दिए कसैले नसोचेको यस्तो कडा जबाफ (भिडियो सहित)

मनोरन्जन, समाचार
काठमाडौं- पुस २२ । नेपालको सांगीतिक क्षेत्र दिनानु दिन परिबर्तनशील हुदै गइरहेको छ । गायक ,गायिका देखि लिएर सम्पूर्ण संगीत क्षेत्रका श्रष्टाहरु केहि न केहि नयाँपन लिएर आइरहेका छन् ।नेपाली कमेडी धारका गीतहरु प्रस्तुत गरेर नेपाली साङ्गितिक आकासमा प्रवेश गर्दा निकै नै रुचाइएका गायक श्रीकृष्ण लुइँटेल । उनले कमेडी धारका गित गाएर उक्त गित बाट केहि न केहि संदेश दिने प्रयास गरेका छन । नेपाली कमेडी गीत गायनमा श्रीकृष्ण लुइँटेल भन्ने बितिकै नचिन्ने सायदै कमै भेटिन्छन । उनका प्राय सबै गित सुप्रसिद्द छन् । ए बा किन्देउ न भट भटे, साली कमला जस्ता अनेकौ गितले गायक श्रीकृष्ण लुइँटेललाई नेपालि साङ्गितिक आकाशमा चिनायो । गायक श्रीकृष्ण लुइँटेल नाम भन्दा पनि उनलाई बोके दारी भन्दा धेरै दर्शक तथा श्रोताले एकै पल्ट चिन्ने गर्दछन । उनी समाजमा भएका घटनाहरुलाई आफ्नो गितमा समाबेश गरि ब्यंग्यात्मक शैलीमा प्रस्...
कक्षा ३ पास गर्दा प्रतिविद्यार्थी ३६ हजार भत्ता प्रदान

कक्षा ३ पास गर्दा प्रतिविद्यार्थी ३६ हजार भत्ता प्रदान

शिक्षा, समाचार, समाज
पर्वत- पुस २२ । कक्षा ३ सम्म पनि नपढी बालबालिकाले विद्यालय छाड्ने समस्या बढेपछि पर्वतको एक विद्यालयले दिवा खाजा, पोसाक, शैक्षिक सामाग्रीबाहेक विद्यार्थीलाई भत्ता समेत वितरण गर्न थालेको छ । कुश्मा नगरपालिका–१ पाङको मालढुंगामा संचालित श्रमिक प्राथमिक विद्यालयले कक्षा तीन उत्तीर्ण गरी ४ मा भर्ना भएका विद्यार्थीलाई भत्ता दिन थालेको हो । प्रधानाध्यापक तेजेन्द्रप्रसाद आचार्यको पहलमा गत बर्षदेखि प्रतिविद्यार्थी बार्षिक ३६ हजार ४ सय रुपैंयाँ भत्ता दिन थालिएको हो । यसबर्ष ५ विद्यार्थीले भत्ता पाइसकेका छन् । कक्षा ३ पास गरेका आक्रोश माझी, सीता माझी, निर्मा माझी, कृष्ण माझी र अञ्जना माझीले गत आसोजमा पहिलो किस्ताबापत १८ हजार ६ सयका दरले भत्ता बुझेका हुन् । भत्ता पाउन थालेयता बालबालिका विद्यालयमा नियमित छन् । कान्तिपुर दैनिक...
प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्दै

प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्दै

राजनीति, समाचार
काठमाडौं- पुस २२ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीको निजी सचिवालयले जनाएअनुसार दिउँसो १ बजे बस्ने बैठकलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्नु हुने छ । गत बिहीबार नै प्रधानमन्त्रीले संसद्लाई सम्बोधन गर्ने कार्यक्रम रहेको भनिए पनि अन्तिम समयमा आएर कार्यक्रम स्थगित भएको थियो । प्रधानमन्त्री ओलीलेआजको बैठकमा सरकारले अहिलेसम्म गरेका कामकारबाहीबारे जानकारी दिँदै नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिदमा भएको भनिएको भ्रष्टाचार र छानबिन समिति गठनलगायतका विषयमा पनि बोल्ने सम्भावना रहेको जनाइएको छ ।...
अस्पताल निर्माणका लागि २२ रोपनी जग्गा निःशुल्क प्रदान

अस्पताल निर्माणका लागि २२ रोपनी जग्गा निःशुल्क प्रदान

समाचार, समाज, स्वास्थ्य
सोलुखुम्बु- पुस २२ । जिल्लाको थुलुङ दूधकोसी गाउँपालिका केन्द्र मुक्लिमा निर्माण हुने अस्पतालका लागि २२ रोपनी जग्गा निःशुल्क प्राप्त भएको छ । गाउँपालिकाले निर्माण गर्न लागेको दूधकोशी सामुदायिक अस्पतालका लागि उक्त जग्गा प्राप्त भएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए । “स्थानीय समाजसेवी गोरे राईले अस्पतालका लागि जग्गा उपलब्ध गराउनुभएको छ”, अध्यक्ष राईले भने, “हामी उक्त जग्गामा सुविधासम्पन्न ५० श्ययाको अस्पताल निर्माणको अभियानमा छौं ।” सुविधासम्पन्न अस्पताल निर्माणका लागि आगामी चैतमा श्रीमद् भागवत सप्ताहज्ञान बृहत् महायज्ञ आयोजना गरिने गाउँपालिकाले जनाएको छ । कुनै प्रकारको दुर्घटना तथा बिरामी हुँदा महङ्गो रकम खर्चेर हेलिकप्टर चार्टर गर्नुपर्ने जनताको बाध्यतालाई मध्यनजर गर्दै अस्पताल निर्माण गर्न लागिएको होे । अध्यक्ष राईले भने, “सोलुखुम्बुसहित आसपासका जनतालाई समेत सहज...
पेज थ्री को आयोजनामा सौन्दर्य प्रतियोगिता “फेस अफ मारवाडी किड्स, २०१९” को फाईनल पुस २८ गत्ते हुँदै

पेज थ्री को आयोजनामा सौन्दर्य प्रतियोगिता “फेस अफ मारवाडी किड्स, २०१९” को फाईनल पुस २८ गत्ते हुँदै

मनोरन्जन, समाचार
काठमाडौं- पुस २२ । पेज थ्री को आयोजनामा फेस अफ मारवाडी किड्स, २०१९ सौन्दर्य प्रतियोगिताको फाईनल यहि पुस २८ गत्ते काठमाडौंको बालुवाटारस्थित अलाइस रेसिप्सनमा सम्पन्न हुने भएको छ । पेज थ्री को आयोजनमा फेस अफ मारिवाडी मिस, मिसेस एन्ड मिस्टरको अपार सफलता पश्चात अब फेस अफ मारवाडी किडसको आयोजना गरेको आयोजक संस्थाकी प्रमुख रेखा मोदी मित्रुकाले जनाईन । मोदीका अनुसार मारवाडी समुदायका बाल बालिकाको व्यक्तित्व विकास गरि मारवाडी कला संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यले ‘फेस अफ मारवाडी किडस’ प्रतियोगिता आयोजना गर्न लागिएको हो । जसमा नेपालका ख्याति प्राप्त कोरियोग्राफर ट्रेनर बाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको क्लास,आत्मविश्वास अभिवृद्धि गराउने क्लास, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिइएको थियो । मारवाडी समुदायका बाल...
एफए कप फुटबलमा चेल्सी, म्यान्चेस्टर युनाईटेड र आर्सनल  चौथो चरणमा प्रवेश

एफए कप फुटबलमा चेल्सी, म्यान्चेस्टर युनाईटेड र आर्सनल चौथो चरणमा प्रवेश

खेलकुद, समाचार
काठमाडौं- पुस २२ । एफ.ए कप फुटबल प्रतियोगिता अन्तर्गत शीर्ष क्लबहरु चेल्सी, म्यान्चेस्टर युनाईटेड र आर्सनल चौथो चरणमा प्रवेश गरेका छन् । गएराति भएको तेस्रो चरणको खेलमा चेल्सीले नटिङ्घम फरेस्टलाई २–० ले हरायो भने आर्सनलले ब्ल्याकपूलमाथि ३–० को रोमान्चक जित निकाल्यो । त्यस्तै म्यान्चेस्टर युनाईटेडले रिडिङलाई २–० ले पराजित गर्दा ब्राईटनले बर्नमाउथलाई ३–१ ले पराजित गर्यो । गएराति नै भएका अन्य खेलमा वेष्ट ह्याम युनाईटेड, बर्न्ले, एभर्टन, क्रिष्टल प्यालेस र स्वान्सी सिटी पनि विजयी हुँदै एफ.ए कप फुटबलको चौथो चरणमा प्रवेश गरेका छन् ।...
विकास-निर्माणमा जनसमुदाय महत्वपूर्ण हात रहन्छ : अध्यक्ष श्रेष्ठ

विकास-निर्माणमा जनसमुदाय महत्वपूर्ण हात रहन्छ : अध्यक्ष श्रेष्ठ

आर्थिक, समाचार
ललितपुर, २१ पौष- ललितपुर महानगरपालिका ०५ का वडा अध्यक्ष विकासमान श्रेष्ठले विकास-निर्माणमा जनसमुदायको महत्वपूर्ण हात रहने बताएका छन् । उनले शनिबार महालक्ष्मीस्थानमा सम्पन्न श्री महालक्ष्मी टोल बिकास संस्थाको साधारणसभा माझ बोल्दै उक्त धारणा राखेका हुन । कार्यक्रम माझ बोल्ने क्रममा उनले भने ‘जनप्रतिनिधी भनेका विकास-निर्माणका सारथी हुन, यस कामलाई योजनाबद्ध र सफलतापुर्बक सम्पन्न गर्न जनसमुदायको ठुलो हात रहन्छ ।’ बिकासमुलक काममा टोल बिकास संस्थाको भूमिका उत्तिकै महत्वपूर्ण रहने उनको जिकिर थियो । कार्यक्रममा श्री महालक्ष्मी टोल बिकास संस्थाका अध्यक्ष रमेश शाक्यले टोलबासी सबैको रचनात्मक सहयोगबाट नै टोलको बिकासले द्रुततर गति लिन सक्ने अौल्याएका थिए । उक्त साधारणसभामा वडा सदस्यद्वय पुनम निरौला, मैया रिजाल लगायतले बोलेका थिए । सोही अवसर माझ वडा अध्यक्ष श्रेष्ठले संस्थाका पदाधिकारी एबम सदस्यहरुलाई...
काठमाडौं मलको समस्या समन्वय समितिको सभापतिमा सुष्मा महरा

काठमाडौं मलको समस्या समन्वय समितिको सभापतिमा सुष्मा महरा

आर्थिक, समाचार
काठमाण्डौं – काठमाडौं मलको समस्या समन्वय समितिको सभापतिमा सुष्मा महरा चयन भएकी छन् । काठमाण्डौंमलको जिम्मा लिएका राजु गोरखालीलाई सञ्चयकोषले हटाएपछि मलमा देखिएको समस्या समन्वयको लागि महरा चुनिएकी हुन् । कर्मचारी सञ्चयकोषले पत्र नं ८९ बाट पठाएको ब्यहोरा अनुसार नयाँ टेन्डर नहुने मलका व्यवसायीवाट नै ब्यवस्थापन गर्ने गरिआएको पत्र अनुसार काठमाण्डौ मलमा सहजिकरण गर्नका लागि नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौको माताहत रहने गरि समन्वय समिति गठन गरेको हो । उद्योग वाणिज्य संघले काठमाडौं मल समस्या र समाधान विषयमा आयोजित कार्यक्रमले २०७५–९–१९ मा पत्र बाड्न आएको कर्मचारी माथि भएको कुट पिटको भत्र्सना गर्दै सम्वधित निकायमा उजुरी दिईसकेको जनाएको छ । कार्यक्रम लाई सम्वोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश ३ का अध्यक्षले ब्यपारीहरुको हकहितका लागि सक्दो पहल गर्ने बताए । त्यस्तै काठमाण्डौं जिल्ला ...
नेपाल महिला चेम्बरको अध्यक्षमा उर्मिला श्रेष्ठ ,डा.अन्जान शाक्यको बिदाई

नेपाल महिला चेम्बरको अध्यक्षमा उर्मिला श्रेष्ठ ,डा.अन्जान शाक्यको बिदाई

आर्थिक, समाचार
नेपाल महिला चेम्बर र नेपाल चेम्बर अफ कमर्सले इजरायलका लागि नेपाली राजदूतमा डा. अन्जान शाक्य नियुक्त हुनु भएकोमा बधाई ज्ञापन गरेको छ । नेपाल महिला चेम्बरको अध्यक्ष रहनुभएकी डा. शाक्यलाई संस्थापक अध्यक्ष बनाई सम्मान गरिएको छ भने अध्यक्षमा उर्मिला श्रेष्ठलाई चयन गरिएको छ । शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा नवनियुक्त राजदूत डा.शाक्यलाई सम्मान गरिएको हो । नेपाल महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठ र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले उत्तरोत्तर प्रगतिको कामना गर्दै उहाँलाई सम्मान गर्नुभएको थियो । सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत डा। शाक्यले नेपाल र इजरायलबीचको सम्बन्धलाई अरु प्रगाढ बनाउन महिला उद्यमी, नेपाल महिला चेम्बर, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग बाणिज्य महासङ्घको साथ लिएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले नेपाली महिला उद्यमीको उत्...
परपुरुषसित ज्यादा बोलचाल गरेको आशंकामा श्रीमतीको हत्या

परपुरुषसित ज्यादा बोलचाल गरेको आशंकामा श्रीमतीको हत्या

अपराध, समाचार, समाज
परासी, पुस २० । आफ्नी श्रीमतीको हत्या गरेको आरोपमा पश्चिम नवलपरासी जिल्ला प्रहरी कार्यालयले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दघाट नगरपालिका–४, लक्ष्मीनगरका सुनिल चौधरी छन् । प्रहरीकाअनुसार गएको पुस ४ गते सुनिलले आफ्नी श्रीमती २२ वर्षीया कमला चौधरीको हत्या गरेर जंगलमा फालेका थिए । हत्या गरेकै दिनदेखि सुनिलले श्रीमती हराएको भन्दै खोजीका लागि स्थानीय सन्चारमाध्यम र प्रहरीकहाँ निवदेन दिएका थिए । हत्या गरेर फालेको १४ दिनपछि पुस १८ गते बर्दघाट नगरपालिकाको चिसापानी जंगलमा शव फेलापरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए । कमलाको शव पुस १८ गते राति नग्न अवस्थामा प्रहरीले फेलापारेको जनाइएको छ । घाँस–दाउरा खोज्न जानेक्रममा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । यस्तो छ घटना प्रहरीकाअनुसार दाउरा खोज्न जाने बहाना...