boke darhi shree krishna luitel

काठमाडौं- पुस २२ ।

नेपालको सांगीतिक क्षेत्र दिनानु दिन परिबर्तनशील हुदै गइरहेको छ । गायक ,गायिका देखि लिएर सम्पूर्ण संगीत क्षेत्रका श्रष्टाहरु केहि न केहि नयाँपन लिएर आइरहेका छन् ।नेपाली कमेडी धारका गीतहरु प्रस्तुत गरेर नेपाली साङ्गितिक आकासमा प्रवेश गर्दा निकै नै रुचाइएका गायक श्रीकृष्ण लुइँटेल ।
उनले कमेडी धारका गित गाएर उक्त गित बाट केहि न केहि संदेश दिने प्रयास गरेका छन । नेपाली कमेडी गीत गायनमा श्रीकृष्ण लुइँटेल भन्ने बितिकै नचिन्ने सायदै कमै भेटिन्छन ।

उनका प्राय सबै गित सुप्रसिद्द छन् । ए बा किन्देउ न भट भटे, साली कमला जस्ता अनेकौ गितले गायक श्रीकृष्ण लुइँटेललाई नेपालि साङ्गितिक आकाशमा चिनायो ।
गायक श्रीकृष्ण लुइँटेल नाम भन्दा पनि उनलाई बोके दारी भन्दा धेरै दर्शक तथा श्रोताले एकै पल्ट चिन्ने गर्दछन । उनी समाजमा भएका घटनाहरुलाई आफ्नो गितमा समाबेश गरि ब्यंग्यात्मक शैलीमा प्रस्तुत गरी समाजमा विभिन्न संदेश प्रस्तुत गर्ने गर्दछन् ।
लुइँटेलले समाजमा हुदै आएका बिभिन्न समस्याहरुलाई उठाएर त्यस्ता समस्या समाधानका उपा्य समेत प्रस्तुत गर्दै “बोकेको बोके चौतारी” नामक कार्यक्रम संचालनमा ल्याएका छन् । यसै कार्यक्रम मार्फत उनले बलात्कार पछि हत्या भएकि १३ वर्षिया बालिका निर्मला पन्तको बारेमा तयार पारेको भिडियोले सबैको ध्यानाकर्षण गरेक छन ।
अत्यन्तै मेहेनत गरेर निर्माण गरिएको भनिएको यो कार्यक्रमको तेस्रो भाग तल भिडियोमा हेर्नुहोला ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here