काठमाडौं- पुस २२ ।
एफ.ए कप फुटबल प्रतियोगिता अन्तर्गत शीर्ष क्लबहरु चेल्सी, म्यान्चेस्टर युनाईटेड र आर्सनल चौथो चरणमा प्रवेश गरेका छन् ।
गएराति भएको तेस्रो चरणको खेलमा चेल्सीले नटिङ्घम फरेस्टलाई २–० ले हरायो भने आर्सनलले ब्ल्याकपूलमाथि ३–० को रोमान्चक जित निकाल्यो ।
त्यस्तै म्यान्चेस्टर युनाईटेडले रिडिङलाई २–० ले पराजित गर्दा ब्राईटनले बर्नमाउथलाई ३–१ ले पराजित गर्यो ।
गएराति नै भएका अन्य खेलमा वेष्ट ह्याम युनाईटेड, बर्न्ले, एभर्टन, क्रिष्टल प्यालेस र स्वान्सी सिटी पनि विजयी हुँदै एफ.ए कप फुटबलको चौथो चरणमा प्रवेश गरेका छन् ।