२०७५ मा काटिएका सार्वजनिक बिदा २०७६ थपिने
काठमाडौं—पुस २०
२०७६ सालका लागि सरकारले १२ दिन सार्वजनिक बिदा थप गरेको छ । बिदा पुनरावलोकन गर्न गठित कार्यदलले सरकार समक्ष विभिन्न समुदायका गरी कुल १२ दिन सार्वजनिक बिदा थप गर्ने प्रस्ताव पेस गरेको छ ।
बिदा पुनरावलोकन कार्यदलमा गृहमन्त्री रामबहादुर थापा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारी र शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राई सदस्य रहेका थिए।
कार्यदलले किराँत चाड उभौली (बु्द्ध पूर्णिमा ) र उधौलीका लागि २, इद उल फित्र, बकर इद र मोहम्मद जयन्तीमा ३, क्रिसमसमा १, तमु ल्होसार, सोनाम ल्होसार र ग्याल्बो ल्होसारमा ३, छठ पर्वमा १, ऋषि पञ्चमी (महिलालाई मात्रै) १, माघीपर्वमा १ र जनै पूर्णिमामा १ दिन गरी कुल १२ दिन विदा थप गर्न प्रस्ताव गरेका छन।
केपी ओली नेतृत्वको सरकार गठन भएसँगै विभिन्न समुदायले मनाउने पर्वहरुमा गरी कुल १२ दिन सार्वजनिक बिदा कटौती गरेको ...









