काठमाडौं—पुस २० ।
२०६८ देखि मापसे गरी सवारी साधन चलाउनेप्रति ट्राफिक प्रहरी कठोर बन्यो जसको फलस्वरुप मापसे गरी सवारी साधन चलाउनेको लाइसेन्समा प्वाल पारिने र ५ पटकसम्म प्वाल परे लाइसेन्स खारेज नै हुने नियम लागू भयो।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको अनुसार २०६८ यता काठमाडौं उपत्यकामा मात्र ४ सय २३ जनाको लाइसेन्स मपसेको कारण खारेज भइसकेको छ।

यसरी लाइसेन्स खारेज हुनेहरूले फेरि प्रक्रिया पूरा गरेर लाइसेन्स लिनुपर्ने यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्ण प्रसाद उपाध्यायले जनाए।

मापसे अभियान सडक दुघर्टना कम गर्ने उद्धेश्यले थालिएको भएता पनि ऐनमा भएको अस्पष्टताको कारण यसको दीर्घकालिन प्रभाव भने खासै देखिएको छैन ।

लाइसेन्स खारेज हुनेहरूले पुनः प्रक्रिया पूरा गरेर सजिलै नयाँ लाइसेन्स बनाउन सक्छन् र नयाँ लाइसेन्स आएपछि फेरि ५ पटकसम्म मापसे गरेर सवारी चलाउँदा मात्र लाइसेन्स पुन: खारेज हुने भएकोले यसले मापसे गरी सवारी चलाउनेलाई खाससि प्रभाव नपरेको देखिएको छ ।

यो खारेज गर्ने र पुनः बनाउने प्रक्रिया जति पटक दोहोर्याउँदा पनि खास्सै केही नहुने अवस्था देखापरेको छ।

ऐनमा कमजोरी भएको कुरा यातायात व्यवस्था विभाग पनि सजिलै स्वीकार्छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले पनि ऐन संशोधन हुनुपर्नेमा कुरामा जोड दिइरहेको छ।

बारम्बार मापसे गरी सवारी चलाउनेहरूप्रति सरकार कठोर नभएमा जनधनको क्षति कम नहुनुको साथै मापसे अभियानको औचित्य केहि देखिन्न ।

सरकारको मापसे अभियानले मापसे गरेर सवारी चलाउनेको संङ्ख्यामा कमी आएको होला र दुर्घटना पनि घटेकै छ होला तर फितलो कानुनले खासै फरक पारेको छैन।

लगातार गल्ती गरिरहनु गल्ती होइन नियत भनिन्छ र यस्ता नियतबस कानुन तोड्नेहरूप्रति सरकार कठोर हुनैपर्ने देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here