काठमाडौं- पुस २२ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्रीको निजी सचिवालयले जनाएअनुसार दिउँसो १ बजे बस्ने बैठकलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्नु हुने छ ।
गत बिहीबार नै प्रधानमन्त्रीले संसद्लाई सम्बोधन गर्ने कार्यक्रम रहेको भनिए पनि अन्तिम समयमा आएर कार्यक्रम स्थगित भएको थियो ।
प्रधानमन्त्री ओलीलेआजको बैठकमा सरकारले अहिलेसम्म गरेका कामकारबाहीबारे जानकारी दिँदै नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिदमा भएको भनिएको भ्रष्टाचार र छानबिन समिति गठनलगायतका विषयमा पनि बोल्ने सम्भावना रहेको जनाइएको छ ।