egypt

इजिप्ट- पुस २२ ।
इजिप्टमा बम निष्कृय गर्ने क्रममा एक सुरक्षाकर्मीको मृत्यु भएको छ ।

इजिप्टको नसर शहरमा रहेको एक चर्चको छानामा राखिएको बम निष्कृय पार्ने क्रममा सुरक्षा जवानको को मृत्यु भएको हो ।
बम निष्कृय पार्नमा निकै पोख्त मानिएका मुस्तफा अविद आफ्ना सहकर्मीहरुको सहयोगमा काम गरिरहेका बेला अचानक बम विस्फोट हुँदा उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

उक्त घटनामा अन्य तीन सुरक्षाकर्मी समेत घाइते भएका छन् । बम कसले राखेको भनेर जिम्मेवारी भने कुनै समूहले लिएको छैन ।
(एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here