काठमाडौं, पुस– २३ ।
नेपाल विद्यार्थी संघ पोखराले पोखराका मुख्य–मुख्य चोकहरुमा ‘भ्रष्टाचारीलाई प्रवेश निषेध’ भन्दै ब्यानर टाँसेको छ ।
ब्यानरमा भ्रष्टाचार विरोधी नाराहरु समेत लेखिएका छन ।
सोमबारदेखि सुरु भएको अभियानलाई देशैभर लैजाने नेपाल विद्यार्थी संघले जनाएको छ ।
नेपाली कांग्रेस महासमिति सदस्य गुरु बरालले ब्यानर टाँसेर अभियानको सुरुवात गरेका थिए ।
भ्रष्टाचार विरुद्दको यो अभियान पोखराको पीएन क्याम्पसबाट सुरु गरिएको छ । पहिलो चरणमा ४० ओटा ब्यानरलाई मुख्य चोकहरुसँगै क्याम्पसको गेट अगाडि टाँसिने नेविसंघ पोखराले जनाएको छ ।