आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाचार

विगत ६ दिनदेखि अनशनरत प्रा.डा.केसीलाई अस्पताल भर्ना गरियो

विगत ६ दिनदेखि अनशनरत प्रा.डा.केसीलाई अस्पताल भर्ना गरियो

समाचार, स्वास्थ्य
इलाम, पुस-३० । इलाममा विगत ६ दिनदेखि अनशनरत प्रा.डा. गोविन्द केसीको रक्तचाप कम हुँदै गएपछि जिल्ला अस्पताल इलाममा भर्ना गरिएको छ । चिकित्सकहरुले गरेको स्वास्थ्य परीक्षणका क्रममा डा. केसीको स्वास्थ्यमा गम्भीर समस्या आउन थालेको पाइएपछि उनलाई अस्पताल भर्ना गर्न आग्रह गरिएको थियो । चिकित्सकहरुको सल्लाहअनुसार नै केसीलाई सोमबार विहान जिल्ला अस्पतालमा भर्ना गरिएको हो । प्रा.डा. केसीले भने अस्पतालमा भर्ना हुन अस्वीकार गर्दै आएका थिए । केसीलाई स्वास्थ्य कमजोर बन्दै गएकाले तत्काल अस्पतालमा जानुपर्ने सुझाव चिकित्सकहरुले दिएका थिए । इलाममा अत्याधिक चिसो बढेकाले पनि उनको स्वास्थमा समस्या थपिएको हो । चिकित्सा क्षेत्र सुधारलगायतका विषय माग गर्दै उनी १६ औं चरणको अनशनमा वसेका छन् । डा. केसीले आफूसँग भएको पूर्वसहमति कार्यान्वयन गर्न समेत सरकारसँग माग गर्दै आएका छन् ।...
११ औँ रोटर्याक्ट डिस्ट्रिक्ट कन्फरेन्स बुटवलको मणिग्राममा आयोजना हुँदै

११ औँ रोटर्याक्ट डिस्ट्रिक्ट कन्फरेन्स बुटवलको मणिग्राममा आयोजना हुँदै

समाचार, समाज
काठमाडौं, पुस- २९ । रोटर्याक्ट डिस्ट्रिक्ट ३२९२, नेपाल र भुटानले ११ औँ रोटर्याक्ट डिस्ट्रिक्ट कन्फरेन्स आयोजना गर्दैछ।उक्त सम्मेलन माघ ४ र ५ गते तदनुसार जनवरी १८ र १९ मा मणिग्राम बुटवलमा हुन लागेको हो । रोटर्याक्ट डिस्ट्रिक्ट कन्फरेन्स रोटर्याक्टले आयोजना गर्ने वार्षिक कार्यक्रम हो। उक्त सम्मेलनमा देश भर छरिएर रहेका रोटर्याक्ट क्लबहरुबाट १,००० युवा प्रतिनिधिहरु सहभागी हुने अनुमान छ। सम्मेलन युवाहरुको लागि स्थान सृजना९क्रिएटिंग स्पेसेस फर युथ- मूल विषय (थिम) मा आधारित रहने छ। रोटर्याक्ट डिस्ट्रिक्टका अनुसार यस्तो विषय राख्नुको उद्देश्य रोटर्याक्ट जस्तो सामाजिक संस्थाहरुको स्थान कस्तो भनेर बुझाउनु हो साथै यस्ता युवा सामाजिक संस्थाहरुको प्रतिनिधित्व गर्दा आवाज उठाउनु पनि हो। सम्मेलनमा युवाहरु लक्षित विभिन्न सत्र, तालिम, र छलफलहरु राखिंदै छ। रोटर्याक्ट सदस्यहरुलाई प्रोत्साहन गर्न युव...
पेज थ्री को आयोजनामा फेस अफ मारवाडी किड्स, २०१९ को ग्राण्ड फिनाले सम्पन्न

पेज थ्री को आयोजनामा फेस अफ मारवाडी किड्स, २०१९ को ग्राण्ड फिनाले सम्पन्न

मनोरन्जन, समाचार
काठमाडौं, पुस- २९ । पेज थ्री को आयोजनामा फेस अफ मारिवाडी मिस, मिसेस एन्ड मिस्टरको अपार सफलता पश्चात राजधानीको बालुवाटारस्थित अलाइस रेसिप्सनमा फेस अफ मारवाडी किड्स, २०१९ सौन्दर्य प्रतियोगिताको फाईनल सम्पन्न भएको छ । आयोजक संस्थाकी प्रमुख रेखा मोदी मित्रुकाको अनुसार मारवाडी समुदायका बाल बालिका्हरुलाई नर्सरी, एलकेजी र युकेजीका ६ वर्षसम्मका बच्चाहरुको एउटा ग्रुप, ६ वर्षदेखि माथिका कक्षा १, २ र ३का बच्चाहरुको एउटा ग्रुप, कक्षा ४, ५ अनि ६ का बच्चाहरुको एउटा ग्रुप र ७, ८ र ९ कक्षाको एउटा गरी चार ग्रुप बनाएर विगत एक महिनादेखि प्रशिक्षण प्रदान गरि प्रतिस्पर्धा गराईएको थियो । रोजिन शाक्यले सन्चालन गरेको उक्त कार्यक्रममा सोनिया केडिया काउन्सिलर, दिक्पाल कार्की ईभेन्ट डिरेक्टर तथा पुनम बर्माको कोरियोग्राफी रहेको थियो । प्रतियोगितामा ग्रुप ‘ए’ को तर्फबाट विजेता युवराज अग्रवालले मिनि मिस...
प्याजेन्ट नेपालको आयोजनामा पूर्वान्चल फेशन शो माघ ११ गत्ते विराटनगरमा सम्पन्न हुने,तयारी तीव्र रुपमा हुँदै

प्याजेन्ट नेपालको आयोजनामा पूर्वान्चल फेशन शो माघ ११ गत्ते विराटनगरमा सम्पन्न हुने,तयारी तीव्र रुपमा हुँदै

मनोरन्जन, समाचार
राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा विभिन्न सफल ईभेन्ट, सौन्दर्य प्रतियोगिता, फेशन शो लगायतका कार्यक्रमहरु आयोजना गरेर ख्याती कमाउन सफल प्याजेन्ट नेपालले हालै बुटवलमा भव्य रुपमा सम्पन्न गरेको प्याजेन्ट नेपाल बुटवल फेशन शो पश्चात पूर्वान्चलको बिराटनगरमा माघ ११ गत्ते पूर्वान्चल फेशन शो सम्पन्न हुने भएको छ । धरान, ईटहरी, बिराटनगर, दमक, बिर्तामोड लगायत पूर्वान्चलका बिभिन्न स्थानहरुबाट अडिसन मार्फत छनौट भएका ५० जना युवा तथा युवती मोडलहरुलाई बिराटनगरस्थित सारङ्गी फू्ड कोर्ट होटलमा गायक सिताराम पोखरेल, कलाकार जीवन ओडारी, सन्चाकर्मी चन्दा खड्का, कोरियोग्रफर ईश्वर बास्तोला, व्युटिसियन जानुका घिमिरे न्यौपाने लगायत विभिन्न क्षेत्रमा ख्यातिप्राप्त व्याक्तित्वहरु बाट सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ,आत्मविश्वास अभिवृद्धि गराउने क्लास, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विविध विषयमा...
रुपन्देहीको शंकरपुरमा तस्कर र प्रहरीबीच गोली हानाहानमा हुँदा एक जनाको मृत्यु

रुपन्देहीको शंकरपुरमा तस्कर र प्रहरीबीच गोली हानाहानमा हुँदा एक जनाको मृत्यु

अपराध, समाचार, समाज
भैरहवा, पुस- २९ । रुपन्देहीमा प्रहरी र तस्करबीच गोली हानाहान हुँदा एक तस्करको मृत्यु भएको छ । सिद्धार्थनगर नगरपालिका–१०, शंकरपुरमा गस्तीमा खटिएको प्रहरी टोलीमाथि अकस्मात् गोली प्रहार भएपछि जवाफी कारबाहीमा ती तस्करको मृत्यु भएको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक हृदय थपाले जानकारी दिए । भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका करीब ३०–३५ वर्ष उमेरका एक तस्करले प्रहरीमाथि गोली चलाएपछि तत्कालै उनीमाथै जवाफी कारबाही गरिएको प्रहरी उपरीक्षक थापाले जानकारी दिए । शव पोष्टमार्टमका लागि भीम अस्पताल, रुपन्देहीमा राखिएको छ । मृतक व्यक्ति भारतीय नागरिक हुनसक्ने प्रहरीको अनुमान छ । घटनास्थलबाट प्रहरीले अटोमेटिक लोडेड पेस्तोल तथा तस्करले प्रयोग गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकल पनि बरामद गरेको छ । तस्करले चलाएको गोली लागि एक प्रहरी जवान घाइते भएका छन् । उनको बायाँ पाखुरामा गोली ला...
बलात्कार मुद्दामा छुटेपछि ‘डिएसपी हुँ’ भन्दै ठमेल र दरबारमार्गमा आतंक मच्चाउने एक व्यक्ति पक्राउ

बलात्कार मुद्दामा छुटेपछि ‘डिएसपी हुँ’ भन्दै ठमेल र दरबारमार्गमा आतंक मच्चाउने एक व्यक्ति पक्राउ

अपराध, समाचार, समाज
काठमाडौं, पुस- २७ । ठमेल र दरबारमार्गका विभिन्न होटल रेष्टुरेण्टहरुमा ‘डिएसपी हुँ’ भन्दै परिचय पत्र देखाएर आतंक मच्चाउने एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा जबर्जस्ती करणी मुद्दामा जेल परेर गत भदौमा छुटेका ३५ वर्षीय अनिल थापा रहेका छन् । भक्तपुरको बालकोट स्थायी घर भएका थापाले नेपाल प्रहरीको ‘डिएसपी हुँ’ भन्दै भीम किरण बोगटीको नाममा जारी भएको परिचय पत्र देखाउदै आपराधिक गतिविधी गर्दै आएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । विगत १४ दिनदेखि कमलादीस्थित तिरुपती होटलको रुम नम्बर २०३ मा बसेर धाक–रवाफ देखाई विभिन्न आपराधिक गतिविधी संलग्न रहदै आएका ‘नक्कली डिएसपी’ थापालाई काठमाडौं प्रहरीको विशेष टोलीले बिहीबार साँझ पक्राउ गरेको हो । २०६९ सालमा जबर्जस्ती करणी मुद्दामा जेल परेर गत भदौमा मात्र छुटेका अनिल थापाबारे सरकारी छाप दस्तखत किर्ते मुद्दामा म्याद लिएर विस्तृत अनुसन...
इजरायली राजदूत ओमरको उपस्थितीमा नेपाल चेम्बर अफ कमर्शद्वारा राजदूत डा. अन्जान शाक्यलाई सम्मान

इजरायली राजदूत ओमरको उपस्थितीमा नेपाल चेम्बर अफ कमर्शद्वारा राजदूत डा. अन्जान शाक्यलाई सम्मान

समाचार, समाज
काठमाडौं,पुस- २७ । इजरायलका लागि नेपाली राजदूतमा नियुक्त भएकी डा. अन्जान शाक्यलाई नेपाल चेम्बर अफ कमर्शले सम्मान गरेको छ । चेम्बर भवनमा बिहीबार साझ आयोजित एक कार्यक्रम माझ डा. शाक्य सम्मानित भएकी हुन । उनलाई चेम्बरका तर्फबाट नेपाल चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले सम्मानित गरेका थिए । उक्त सम्मान कार्यक्रममा नेपालका लागि इजरायली राजदूत बेनी ओमरको समेत उपस्थिती रहेको थियो । सोही अवसर माझ डा. शाक्य, नेपालका लागि इजरायली राजदूत ओमर र श्रेष्ठ बिच छलफल भएको थिए । छलफलका क्रममा इजरायलका लागि नेपाली राजदूत डा. अन्जान शाक्यले आफूले दुई देश बिचको पारस्परिक हितलाई महत्वमा राख्ने बताईन । त्यसैगरि नेपालका लागि इजरायली राजदूत बेनी ओमरले नेपालको आर्थिक बिकास र सम्रिद्धिका लागि इजरायलले सक्दो मद्घत पुर्याउने बताए । नेपाल चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपाल र इजरायल बिचको सम्बन्धलाई...
सरकार सुशासानको कुरा गर्दै भ्रष्टाचारलाई बढावा दिदैछ : प्रकाशमान सिंह

सरकार सुशासानको कुरा गर्दै भ्रष्टाचारलाई बढावा दिदैछ : प्रकाशमान सिंह

राजनीति, समाचार
कैलाली,पुस- २७ । नेपाली कांग्रेसका वरिष्ठ नेता प्रकाशमान सिंहले नयाँ संविधानलाई संस्थागत गर्न वर्तमान सरकार असफल रहेको आरोप लगाएका छन् । नेपाल प्रेस युनियन कैलालीले धनगढीमा आयोजित पत्रकार सम्मेलनमा सिंहले वर्तमान सरकार सुशासानको कुरा गर्दै काममा भने भ्रष्टाचारलाई बढावा दिदै आएको आरोप लगाए । वाइडबडी विमान खरिद प्रकरणमा संसदीय समितिले प्रतिवेदन नै नदिइ सरकारले संसदको क्षेत्राधिकारलाई हस्तक्षेप हुनेगरि रातारात छुट्टै छानविन समिति गठन गर्नुले सरकारको नियत ठिक नदेखिएको उनले जनाए । सुशासन, विकास र समृद्धिको नारा अगाडि सारेको सरकार्को काम कारवाही र गतिविधि भने भ्रष्टाचारलाई प्रोत्साहन गर्ने किसिमको देखिएको सिंहको भनाइ रहेको थियो ।...
१६ औं चरणको अनशनमा रहेका प्रा.डा. केसीको स्वास्थ्य अवस्था बिग्रन थाल्यो, रक्तचाप कम हुँदै

१६ औं चरणको अनशनमा रहेका प्रा.डा. केसीको स्वास्थ्य अवस्था बिग्रन थाल्यो, रक्तचाप कम हुँदै

समाचार, समाज, स्वास्थ्य
इलाम, पुस- २७ । चिकित्सा शिक्षा सुधारको माग गर्दै १६ औं चरणको अनशनमा इलाममा रहेका प्रा.डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रन थालेको छ । बुधबारदेखि इलाममा पुगेर अनसन थालेका प्रा.डा. केसीको स्वास्थ्य अवस्था गएरातिदेखि बिग्रन थालेको बताईएको छ । उनको रक्तचाप एक्कासी कम हुँदै गएको छ । शरीरमा पसिना आउने तथा छाती दुख्ने समस्या देखिएपछि इलाम जिल्ला अस्पतालको चिकित्सकहरुले उनको स्वास्थ्य परीक्षण गरेका छन् । चिकित्सकहरुले उनको शरीरमा चिनीको मात्रा घटेको हुनसक्ने बताएका छन् । तर, डा. केसीले भने सुगरको परीक्षण गर्न मानेका छैनन् ।...
‘लिटिल बुद्ध’ भनिने बम्जनको आश्रमबाट ‘महात्मा गुरु’ सोधपुछका लागि प्रहरीको नियन्त्रणमा

‘लिटिल बुद्ध’ भनिने बम्जनको आश्रमबाट ‘महात्मा गुरु’ सोधपुछका लागि प्रहरीको नियन्त्रणमा

अपराध, समाचार, समाज
काठमाडौं, पुस- २७ । बलात्कार, हत्या तथा बेपत्ताको आरोप लागेका ‘लिटिल बुद्ध’ भनिने रामबहादुर बम्जनको एक आश्रमबाट बिहीबार एक ‘महात्मा गुरु’लाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिन्धुलीको कमलामाई नगरपालिका–८ स्थित पैरे, धापसार भन्ने स्थानमा रहेको आश्रममा सिन्धुपाल्चोकबाट आएको प्रहरीले महात्मा गुरुलाई सोधपुछका लागि नियन्त्रणमा लिएको हो । आश्रमबाट महात्मा गुरु भनिने इन्द्रबहादुर स्याङ्तानलाई सोधपुछका लागि ल्याइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले जानकारी दिए । उनले हेटौंडा घर भएका स्याङ्तानलाई सिन्धुली आश्रमबाट सामान्य सोधपुछ गर्नुपर्ने भएकाले ल्याइएको बताए । प्रहरीले सामान्य सोधपुछका लागि ल्याइएको बताएपनि अन्य जानकारी भने दिएको छैन । यसैबीच, सिन्धुपाल्चोकबाट प्रहरी नायव उपरीक्षक विमलराज कँडेलको टोली पनि सिन्धुली आइपुगेको छ । उक्त टोलीले ब...