आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

सरकार सुशासानको कुरा गर्दै भ्रष्टाचारलाई बढावा दिदैछ : प्रकाशमान सिंह

कैलाली,पुस- २७ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता प्रकाशमान सिंहले नयाँ संविधानलाई संस्थागत गर्न वर्तमान सरकार असफल रहेको आरोप लगाएका छन् ।

नेपाल प्रेस युनियन कैलालीले धनगढीमा आयोजित पत्रकार सम्मेलनमा सिंहले वर्तमान सरकार सुशासानको कुरा गर्दै काममा भने भ्रष्टाचारलाई बढावा दिदै आएको आरोप लगाए ।

वाइडबडी विमान खरिद प्रकरणमा संसदीय समितिले प्रतिवेदन नै नदिइ सरकारले संसदको क्षेत्राधिकारलाई हस्तक्षेप हुनेगरि रातारात छुट्टै छानविन समिति गठन गर्नुले सरकारको नियत ठिक नदेखिएको उनले जनाए ।

सुशासन, विकास र समृद्धिको नारा अगाडि सारेको सरकार्को काम कारवाही र गतिविधि भने भ्रष्टाचारलाई प्रोत्साहन गर्ने किसिमको देखिएको सिंहको भनाइ रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *