Iserail's rajduta

काठमाडौं,पुस- २७ ।

इजरायलका लागि नेपाली राजदूतमा नियुक्त भएकी डा. अन्जान शाक्यलाई नेपाल चेम्बर अफ कमर्शले सम्मान गरेको छ । चेम्बर भवनमा बिहीबार साझ आयोजित एक कार्यक्रम माझ डा. शाक्य सम्मानित भएकी हुन । उनलाई चेम्बरका तर्फबाट नेपाल चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले सम्मानित गरेका थिए । उक्त सम्मान कार्यक्रममा नेपालका लागि इजरायली राजदूत बेनी ओमरको समेत उपस्थिती रहेको थियो ।

सोही अवसर माझ डा. शाक्य, नेपालका लागि इजरायली राजदूत ओमर र श्रेष्ठ बिच छलफल भएको थिए ।
छलफलका क्रममा इजरायलका लागि नेपाली राजदूत डा. अन्जान शाक्यले आफूले दुई देश बिचको पारस्परिक हितलाई महत्वमा राख्ने बताईन ।

त्यसैगरि नेपालका लागि इजरायली राजदूत बेनी ओमरले नेपालको आर्थिक बिकास र सम्रिद्धिका लागि इजरायलले सक्दो मद्घत पुर्याउने बताए ।

नेपाल चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपाल र इजरायल बिचको सम्बन्धलाई दुई देशको आर्थिक उन्नतीका निम्ती सदुपयोग गर्दै अघि बढेको खण्डमा दुबै देशले लाभ हासिल गर्न सक्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here