आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाचार

सुडानमा मूल्यवृद्धिको विरोधमा प्रदर्शन चर्कियो, मृतकको संख्या २२ पुग्यो

सुडानमा मूल्यवृद्धिको विरोधमा प्रदर्शन चर्कियो, मृतकको संख्या २२ पुग्यो

अन्तराष्ट्रिय, समाचार
खार्तुम, पुस- २७ । पाउरोटी र इन्धनको मूल्यवृद्धिको विरोधमा सुडानमा चर्किएको आन्दोलनमा मृत्यु हुनेको संख्या २२ पुगेको छ । सुडानी सरकारले पाउरोटीमा २ सुडानी पाउन्ड र इन्धनमा दोब्बर मूल्यवृद्धि गरेपछि एकाएक आन्दोलन चर्किएको हो । राजधानी खार्तुममा ठूलो संख्यामा भेला भएर नागरिकले प्रदर्शन गरेपछि प्रहरीले कारबाही गर्दा उनीहरुको मृत्यु भएको अन्तराष्ट्रिय संचार माध्यमहरुले बताएको छन । जनस्तरमा असर पर्ने गरी मूल्यवृद्धि गरेको भन्दै प्रदर्शनमा उत्रिएकाहरु र सुरक्षाकर्मीबीच ठाउँठाउँमा झडप हुँदा कयौं प्रदर्शनकारी घाइते भएका छन् । प्रदर्शनकारीले राष्ट्रपति ओमार अल बसिरको राजीनामाको माग गर्दै नारावाजी समेत गरेका छन् । मूल्य समायोजनको मागसहित प्रदर्शनमा उत्रेका हजारौं प्रदर्शनकारीले सरकारको विरोध गर्दै ठाउँठाउँमा सडक अबरुद्ध गर्नुका साथै सरकारी र सार्वजनिक सवारी साधनमा आगजनीसमेत गरेको त्यहाका...
अमेरिकी प्रहरीले बलात्कारको आरोप खेपिरहेका रोनाल्डोसँग डिएनए नमुना माग्यो

अमेरिकी प्रहरीले बलात्कारको आरोप खेपिरहेका रोनाल्डोसँग डिएनए नमुना माग्यो

खेलकुद, समाचार
काठमाडौं, पुस- २७ । पोर्चुगलका राष्ट्रियटिमका स्ट्राइकर तथा चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोसँग उनको डिएनएको नमुना माग गरिएको छ । बलात्कारको आरोप खेपिरहेका रोनाल्डोसँग सोही मुद्दाको विस्तृत अनुसन्धानका लागि अमेरिकाको लस भेगसको प्रहरीले रोनाल्डोसँग उनको डिएनए नमुना माग गरेको हो । इटलीको युभेन्टस क्लबका वकिल पिटर क्रिस्टियानसेनले लस भेगस प्रहरीले रोनाल्डोको डिएनए नमुना माग गरेको वारेमा पुष्टि गर्दै प्रहरीको यस्तो माग ‘स्वाभाविक’ भएको बताएका छन । रोनाल्डोले सन् २००९ मा लस भेगसको होटलमा क्याथरिन मायोर्गा नाम गरेकी महिलालाई यौन आक्रमण गरेको आरोप लागेको छ । रोनाल्डोले भने उक्त आरोप अस्वीकार गर्दै आएका छन् । उनले सहमतिमै यौन सम्बन्ध रहेको दावी यसअघीनै गरिसकेका छन् । अमेरिकी सञ्चार माध्यमका अनुसार मायोर्गाको कपडामा अर्को व्यक्तिको डिएनए स्याम्पल पाइएको थियो । उक्त डिएनए रोनाल...
मूर्ति चोरीको आरोपमा डोल्पाका एक वडाध्यक्ष पक्राउ

मूर्ति चोरीको आरोपमा डोल्पाका एक वडाध्यक्ष पक्राउ

अपराध, समाचार, समाज
डोल्पा, पुस- २७ । हिमाली जिल्ला डोल्पाका एक वडाध्यक्ष बुद्धमूर्ति चोरीको आरोपमा पक्राउ परेका छन् । उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिका–५ का वडाध्यक्ष कार्मा गुरुङलाई प्रहरीले मूर्ति चोरीको आरोपमा पक्राउ गरेको हो । शे– फोक्सुण्डो गाउँपालिका–४ स्थित राहाप गुम्बाका बुद्ध मूर्ति चोरीको आरोपमा वडाध्यक्ष गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । वडाध्यक्ष गुरुङलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले काठमाडौंको बौद्धबाटै पक्राउ गरेको हो । गुरुङ गएको स्थानीय तहको निर्वाचनमा डोल्पोबुद्ध गाउँपालिकाको वडा नं ५ को अध्यक्षमा स्वतन्त्रबाट बिजयी भएका थिए भने पार्टी एकतापछि नेकपामा प्रवेश गरेका थिए । शे–फोक्सुण्डो गाउँपालिका–४ साल्दाङस्थित राहाप गुम्बाकै बौद्ध मूर्ति चोरीको आरोपमा शे–फोक्सुण्डो गाउँपालिका–४ का ४१ वर्षीय उक्रेन पासाङ गुरुङ, डोल्पोबुद्ध गाउँपालिका–१ का ४१ वर्षीय झ्याम्पाछुल्...
नेपाल एकीकरणको इतिहास बोकेको ऐतिहासिक गोरखा दरबार भूकम्पपश्चात जीर्ण अवस्थामा

नेपाल एकीकरणको इतिहास बोकेको ऐतिहासिक गोरखा दरबार भूकम्पपश्चात जीर्ण अवस्थामा

समाचार, समाज
गोरखा, पुस- २७ । नेपाल एकीकरणका महानायक पृथ्वीनारायण शाहको २९७ औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइरहँदा एकीकरणको इतिहास बोकेको ऐतिहासिक गोरखा दरबार भने जीर्ण अवस्थामा रहेको छ । महाविनाशकारी भूकम्प गएको ३ वर्ष बितिसक्दा पनि यो दरबारको पुनर्निर्माणले कुनै गति नलिँदा पृथ्वीनारायणको सच्चा सम्मान नभएको आभाष हुन्छ । भूकम्पले भत्किएपछि ढिलै भएपनि पुनर्निर्माण शुरु गरिएको गोरखा दरबार अहिले भग्नावशेष अवस्थामानै सिमित छ ।आज पुस २७, पृथ्वीजयन्ती गोरखा दरबार वरपरको दृष्यले पृथ्वीनारायणप्रति हामिले गर्नुपर्ने सम्मान खै त ? अनि इतिहास बोकेको ऐतिहासिक गोरखा दरबारको अवस्था देख्दा मन खिन्न हुनु स्वभाविक नै हो । कार्यालयमा पृथ्वीनारायण शाहको तस्वीरमा माल्यार्पण गरेर पृथ्वीजयन्ती मनाउनुपर्दा दुःख लागेको गोरखा दरबार हेरचाह अड्डाका सूचना अधिकारी रामेश्वर कट्टेल बताउँछन् । गोरखा दरबार तत्काल...
नेपाल एकीकरणका महानायक पृथ्वीनारायण शाहको २९७ औं जन्मजयन्ती मनाइँदै, राष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना

नेपाल एकीकरणका महानायक पृथ्वीनारायण शाहको २९७ औं जन्मजयन्ती मनाइँदै, राष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना

समाचार, समाज
काठमाडौं, पुस- २७ । नेपाल एकीकरणका महानायक पृथ्वीनारायण शाहको २९७ औं जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । १७७९ साल पुस २७ गते गोर्खामा जन्मिएका शाहले आफ्नो शासनकालमा भुरेटाकुरे राज्यलाई जोडेर नेपाल एकीकरण गरेका थिए । यही योगदानलाई कदर गर्दै पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाइने गरिएकोमा २०६२÷२०६३ सालको आन्दोलनपछि बनेको सरकारले यसलाई खारेज गरिदिएको थियो । तर, जनस्तरमा यो दिवस मनाउने क्रम भने कायमै छ । यसवर्ष पनि जनस्तरबाट भव्यताका साथ यो दिवस मनाईदै छ । यसैबीच पृथ्वीजयन्तीका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले शुमकामना सन्देश जारी गरेका छन् । राष्ट्रपति भण्डारीले नेपाल प्राचीनकालदेखि स्वतन्त्र राष्ट्रका रूपमा विश्व मानचित्रमा अंकित रहेको भन्दै हाम्रा पुर्खाको वीरता, चातुर्य र स्वाभिमानयुक्त गुणले गर्दा नै हामीलाई सदासर्वदा ...
स्पेनिस ‘कोपा डेल रे’ फुटबलमा बार्सिलोना पराजित, लेभान्ते २–१ ले विजयी

स्पेनिस ‘कोपा डेल रे’ फुटबलमा बार्सिलोना पराजित, लेभान्ते २–१ ले विजयी

खेलकुद, समाचार
काठमाडौं, पुस- २७ । स्पेनिस ‘कोपा डेल रे’ फुटबल अन्तर्गत प्रि–क्वाटरफाइनलको पहिलो लिगको खेलमा बार्सिलोना पराजित भएको छ । गएराति भएको खेलमा बार्सिलोनालाई लेभान्तेले २–१ ले पराजित गरेको हो । कठिन खेलमा बार्सालऐ पराजित गर्नन लेभान्तेका एरिक काबाको र बोर्या मेयोरलले एक–एक गोल गरे भने पराजित टोली बार्साका ब्राजिलियन मिडफिल्डर कौटिन्होले पेनाल्टीमार्फत एक गोल फर्काए । हारसँगै दोस्रो लिगको खेलपूर्व बार्सिलोना भने केही दबाबमा आएको छ । किङ्स कप फुटबलकै अर्को खेलमा सेभियाले एथ्लेटिक बिल्बाओलाई ३–१ ले पराजित गरेको छ । त्यस्तै रियाल बेटिस र रियाल सोसिडाडले गोलरहित बराबरी खेलेका छन् ।...
गण्डकी प्रदेशको राजधानी पोखराबाट श्रम स्वीकृति सेवा सुरु

गण्डकी प्रदेशको राजधानी पोखराबाट श्रम स्वीकृति सेवा सुरु

आर्थिक, समाचार
काठमाडौं, पुस- २६ । बिहीबारदेखि गण्डकी प्रदेशको राजधानी पोखराबाट श्रम स्वीकृति सेवा सुरु भएकोे छ । यसैसंगै गण्डकी प्रदेशका नागरीकले श्रम स्वीकृतिको लागि काठमाडौंनै धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सेवाको शुभारम्भ गर्दै अबदेखि गन्डकी प्रदेशबाट वैदेशिक रोजगारीमा जानेहरुका लागि श्रम स्वीकृति लिन सजिलो हुने बताएका छन । वैदेशिक रोजगारीका लागि युवा जनशक्ति पलायन हुने अवस्था आगामी दिनहरुमा निरुत्साहित गरिने प्रतिबद्धतासमेत मन्त्री विष्टले व्यक्त गरे । उनले प्रधानमन्त्री स्वरोजगार कोष कार्यक्रममार्फत् कृषि क्षेत्रमै युवा जनशक्तिको निम्ति २० लाख रोजगारी सिर्जना गर्ने सरकारको योजना रहेको बताए । अबको पाँच वर्षभित्र वैदेशिक रोजगारीमा जाने अवस्था अन्त्य गर्ने महवात्कांक्षी योजना सरकारको रहेको बताउदै कामप्रति उच्च सम्मान गर्ने ...
प्रधानसेनापति थापा भोलिदेखि ६ दिने भारत भ्रमणमा जादै

प्रधानसेनापति थापा भोलिदेखि ६ दिने भारत भ्रमणमा जादै

समाचार, समाज
काठमाडौं, पुस- २६ । प्रधानसेनापति पूर्णचन्द्र थापाले भोलि (शुक्रवार) देखि ६ दिने भारत भ्रमण गर्ने भएका छन् । प्रधानसेनापति पदमा नियुक्त भएपछि पहिलोपटक उनी आफ्ना भारतीय समकक्षी स्थल सेनाध्यक्ष जनरल विपीन रावतको औपचारिक निमन्त्रणामा त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । भ्रमणकाक्रममा प्रधानसेनापति थापालाई भारतीय राष्ट्रपति रामनाथ कोविन्दले भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिह्नबाट पुस २८ गते सम्मान गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले बिहीबार जनाएको छ । दुवै देशका सेना प्रमुखलाई कदरस्वरुप मानार्थ महारथी दिने ऐतिहासिक प्रचलन रहिआएको छ । प्रधानसेनापति थापाले भारतीय रक्षामन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकारलगायत उच्चपदस्थ पदाधिकारीसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । साथै, उनले सेनाका समकक्षी स्थल सेनाध्यक्ष जनरल रावतसँग पनि द्विपक्षी...
डीएनए परीक्षण गराउन निर्मला पन्तकी आमाले दिइन् रगतको नमुना

डीएनए परीक्षण गराउन निर्मला पन्तकी आमाले दिइन् रगतको नमुना

अपराध, समाचार, समाज
काठमाडौं, पुस- २६ । बलात्कारपछि हत्या गरिएकी कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तकी आमा दुर्गादेवी पन्तले डीएनए परीक्षण गराउन आफ्नो रगतको नमुना दिएकी छन् । निर्मलाको ‘भेजाइनल स्वाब’को डीएनए वास्तविक भए/नभएको पुष्टि गर्न आफूले डीएनए परीक्षण गराउन लागेको उनले बताएकी छिन् । बुधबार रगतको नमुना परीक्षण गराउन महाकाली अञ्चल अस्पतालमा रगतको नमुना संकलन गराईएको जिल्ला प्रहरी कार्यालय कन्चनपुरले बताएको छ । निर्मलाको हत्या भएको ६ महिना बितिस्क्दा पनि अझैसम्म वास्तविक दोषी पत्ता लाग्न सकेको छैन । अनुसन्धानका क्रममा प्रहरीले तत्कालीन एसपी डिल्लीराज विष्टलगायत शंकास्पद व्यक्तिहरुको डीएनए परीक्षण गरीसकेको छ ।...
कपाल मुण्डन गरेर आमाको किरिया आफैं बसिन सांसद उषाकला राई

कपाल मुण्डन गरेर आमाको किरिया आफैं बसिन सांसद उषाकला राई

समाचार, समाज
काठमाडौं, पुस- २६ । प्रदेश नम्बर १ की सांसद उषाकला राईले कपाल मुण्डन गरेर आमाको किरिया आफैं गर्दैछिन्। बुधबार राजधानीको एक अस्पतालमा उषाकलाकी आमा लक्ष्मी राईको उपचारका क्रममा निधन भएको थियो। हिन्दु परम्पराअनुसार दिवंगत आमाबुवाको किरिया छोराले गर्ने चलन भए पनि सांसद राईले त्यो चलन तोडेर आफै किरियामा बसेकी हुन्। उनका कुनै दाजुभाइ छैनन्। सांसद राईका पति पूर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य शेरबहादुर तामाङले काजकिरिया गर्ने व्यक्तिलाई 'किरियापुत्री' भन्ने शब्द प्रयोग गर्ने गरिएको भएपनि छोराले मात्र किरिया बस्ने प्रचलन रहेको उल्लेख गर्दै उषाकला राईले किरियापुत्री शब्दको वास्तविक अर्थ उनले आफु किरिया बसेर दिएको उल्लेख गरेका छन्। तामाङले फेसबुकमा यहि प्रसंगमा लेखेका छन् -उषाजी तपाईं साच्चै महान् हुनुहुन्छ। महिला र पुरुषलाई लैंगिक हिसाबले गरिएको विभेदको संवैधानिक र कानुनी हिसाबले अध...