फेस अफ मारवाडी

काठमाडौं, पुस- २९ ।

पेज थ्री को आयोजनामा फेस अफ मारिवाडी मिस, मिसेस एन्ड मिस्टरको अपार सफलता पश्चात राजधानीको बालुवाटारस्थित अलाइस रेसिप्सनमा फेस अफ मारवाडी किड्स, २०१९ सौन्दर्य प्रतियोगिताको फाईनल सम्पन्न भएको छ ।

आयोजक संस्थाकी प्रमुख रेखा मोदी मित्रुकाको अनुसार मारवाडी समुदायका बाल बालिका्हरुलाई नर्सरी, एलकेजी र युकेजीका ६ वर्षसम्मका बच्चाहरुको एउटा ग्रुप, ६ वर्षदेखि माथिका कक्षा १, २ र ३का बच्चाहरुको एउटा ग्रुप, कक्षा ४, ५ अनि ६ का बच्चाहरुको एउटा ग्रुप र ७, ८ र ९ कक्षाको एउटा गरी चार ग्रुप बनाएर विगत एक महिनादेखि प्रशिक्षण प्रदान गरि प्रतिस्पर्धा गराईएको थियो ।

रोजिन शाक्यले सन्चालन गरेको उक्त कार्यक्रममा सोनिया केडिया काउन्सिलर, दिक्पाल कार्की ईभेन्ट डिरेक्टर तथा पुनम बर्माको कोरियोग्राफी रहेको थियो ।

मिनि मिस फेस अफ मारवाडी

प्रतियोगितामा ग्रुप ‘ए’ को तर्फबाट विजेता युवराज अग्रवालले मिनि मिस्टर फेस अफ मारवाडी र चन्चल मेहताले मिनि मिस फेस अफ मारवाडी को ताज संगै नगद रु. २०,०००/- पुरस्कार प्राप्त गर्दा मेहुल अग्रवाल र कविस अग्रवाल क्रमशः मिनि मिस्टर फेस अफ मारवाडीको फर्स्ट रनरअप र सेकेण्ड रनरअपको ताज को ताज पहिरिए भने रिद्दि सिंहानीया र विधी अग्रवालले क्रमशः मिनि मिस फेस अफ मारवाडीको फर्स्ट रनरअप र सेकेण्ड रनरअपको ताज पहिरिए ।

मिनि मिस्टर फेस अफ मारवाडी

त्यसैगरी ग्रुप ‘बी’ को विजेता पलक सार्डले ‘लिटिल मिस फेस अफ मारवाडीको ताज पहिरिनुको साथै नगद रु. २५,०००/- पुरस्कार स्वरुप प्राप्त गरिन भने भुमी अग्रवाल र मानस्वी खेम्काले क्रमशः फर्स्ट रनरअप र सेकेण्ड रनरअपको ताज पहिरिए ।

लिटिल मिस फेस अफ मारवाडी

ग्रुप ‘सी’ अन्तर्गत विजेता नमन राजघडियाले ‘लिटिल मिस्टर फेस अफ मारवाडीको उपाधी संगै नगद रु. २५,०००/- पुरस्कार प्राप्त गरे भने प्रवर्तक अग्रवाल र आयुष वर्मा क्रमशः फर्स्ट रनरअप र सेकेण्ड रनरअप भए ।

लिटिल मिस्टर फेस अफ मारवाडी

त्यस्तै ग्रुप ‘डी’ को बिजेता अनमोल शर्माले ‘प्रिन्सेस फेस अफ मारवाडीको ताज पहिरिदै नगद रु. ३०,०००/- पुरस्कार प्राप्त गर्दा शालिनी जैन र नियती शर्माले क्रमशः फर्स्ट रनरअप र सेकेण्ड रनरअपको ताज पहिरिन सफल भए ।

प्रिन्सेस फेस अफ मारवाडी

आयोजक मोदीका अनुसार मारवाडी समुदायका बाल बालिकाको व्यक्तित्व विकास गरि मारवाडी कला संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यले ‘फेस अफ मारवाडी किडस’ प्रतियोगिता आयोजना गर्न लागिएको हो । जसमा नेपालका ख्याति प्राप्त कोरियोग्राफर ट्रेनर बाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको क्लास,आत्मविश्वास अभिवृद्धि गराउने क्लास, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here