नायिका एवं सफल ईभेन्ट आयोजक शान्ता तामाङ्ग ईभेन्ट आयोजकहरुको छाता संगठन ईमानको उपाध्यक्षमा चयन
मोडलिङ्ग क्षेत्रमा सक्रियता संगै मिसेस नेपाल आईकनको विजेता हुदै विगत केहि वर्ष देखी सफल सौन्दर्य प्रतियोगीता आयोजकको रुपमा समेत चर्चा कमाएकी नायिका एवं महिला व्यबसायीको रुपमा समेत परिचित शान्ता कुमारी तामाङ्ग देशभर छरिएर रहेका ईभेन्ट आयोजकहरुको छाता संगठन ईभेन्ट म्यानेजमेन्ट एसोसिएसनको उपाध्यक्षमा चयन भएकी छिन । विगत केहि वर्षदेखी बिवाहित जनजाती समुदायका महिलाहरुको सौन्दर्य प्रतियोगीहरु आयोजना गर्दै सफल ईभेन्ट आयोजकको रुपमा समेत ख्याती कमाउदै आएकी शान्ताको मुख्य भूमिका रहेको प्रतिक्षित चलचित्र हिमालकी रानी शिघ्र प्रदर्शनको क्रममा रहेको छ । वरिष्ठ ईभेन्ट निर्देशक लब वहादुर कार्कीको नेतृत्वमा नवगठित ईभेन्ट म्यानेजमेन्ट एसोसियसनमा नायिका एवं एसके ईन्टरटेनमेन्टकी अध्यक्ष शान्ता उपाध्यक्ष पदमा चयन भएकी हुन । गठति भएको ईमानमा १३ जनाको कार्यसमितीको चयन गरिएको छ भने झण्डै १ दर्जन ईभेन्ट आयोजकरुले ...









