मोडलिङ्ग क्षेत्रमा सक्रियता संगै मिसेस नेपाल आईकनको विजेता हुदै विगत केहि वर्ष देखी सफल सौन्दर्य प्रतियोगीता आयोजकको रुपमा समेत चर्चा कमाएकी नायिका एवं महिला व्यबसायीको रुपमा समेत परिचित शान्ता कुमारी तामाङ्ग देशभर छरिएर रहेका ईभेन्ट आयोजकहरुको छाता संगठन ईभेन्ट म्यानेजमेन्ट एसोसिएसनको उपाध्यक्षमा चयन भएकी छिन । विगत केहि वर्षदेखी बिवाहित जनजाती समुदायका महिलाहरुको सौन्दर्य प्रतियोगीहरु आयोजना गर्दै सफल ईभेन्ट आयोजकको रुपमा समेत ख्याती कमाउदै आएकी शान्ताको मुख्य भूमिका रहेको प्रतिक्षित चलचित्र हिमालकी रानी शिघ्र प्रदर्शनको क्रममा रहेको छ । वरिष्ठ ईभेन्ट निर्देशक लब वहादुर कार्कीको नेतृत्वमा नवगठित ईभेन्ट म्यानेजमेन्ट एसोसियसनमा नायिका एवं एसके ईन्टरटेनमेन्टकी अध्यक्ष शान्ता उपाध्यक्ष पदमा चयन भएकी हुन । गठति भएको ईमानमा १३ जनाको कार्यसमितीको चयन गरिएको छ भने झण्डै १ दर्जन ईभेन्ट आयोजकरुले संस्थापक सदस्यको रुपमा सदस्यता प्राप्त गरेका थिए ।
शनिबार वानेश्वरमा आयोजित पत्रकार सम्मेलन कार्यक्रम कार्यक्रमका प्रमुख अतिथी तथा पूर्व पर्यटन मन्त्री कृपाशुर शेर्पाले गमलमा पानी हाल्दै संघको औपचारिक शुभारम्भ भएको घोषणा गरे । संघको औपचारिक शुभारम्भ पस्चात पूर्व मन्त्री शेर्पाले संघका उपाध्यक्ष शान्ता सहित अन्य पदाधिकारी एबम संस्थापक सदस्यहरुलाई प्रमाण पत्र वितरण गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रम ब्यवस्थापन संघ, नेपालका उपाध्यक्ष शान्ताले ईभेन्ट म्यानेजमेन्टको क्षेत्रमा बिकृती र बिसङ्गती रहेको औल्याउदै आगामी दिनमा संघले यस्ता ईभेन्टकार्यक्रम लाई ब्यवस्थित गराउन खवरदारी गर्ने बताएकी थिईन ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ, ३ नम्बर प्रदेशका सल्लाहकार उज्जवल जंग शाह, ग्लोबल नेपालीज सेफ फेडेरेशनका अध्यक्ष लक्ष्मन प्रसाद भण्डारी, कामना मासिक पत्रिका का सम्पादक बिदुर गिरी, पत्रकार अनन्त वाग्ले,चलचित्र पत्रकार संघका उपाध्यक्ष गीता अधिकारी लगायत संचारकर्मीहरुको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन चर्चित कोरियोग्राफर एवं मिडिया पर्सन रोजिन शाक्यले गरेका थिए ।
को को छ्न कार्यक्रम ब्यवस्थापन संघ ?
अध्यक्ष लव बहादुर कार्की उपाध्यक्ष शान्ता कुमारी तामाङ्ग महासचिव सावित्री ढुङ्गाना, प्रवक्ता सरोज ओझा , सचिव सोनीत राज ढुङ्गेल , सहसचिव डेविल सिहं राजपुत , कोषाध्यक्ष राज लुईटेल ,सहकोषाध्यक्ष टेक राज पाण्डे, कार्यसमिती सदस्य मोनीत महर्जन, तृष्णा गुरुङ्ग, प्रदिप राज वन्त, सुरज थापा, सपना राई,अशोक तामाङ, संस्थापक सदस्य गोकर्ण लामीछाने नुवाकोट , राजिव दियाली मोरङ्ग, सविना श्रेष्ठ धनगढी, समिर लामा, पासाङ्ग शेर्पा, पवन कोईराला र नारायण थापा