EMAN Press Meet lava kaki

विगत डेढ दशक भन्दा बढी समय देखी निरन्तर विभिन्न सफल सौन्दर्य प्रतियोगीताहरु आयोजना गरेर सफल ईभेन्ट आयोजकको रुपमा परिचय बोकेका एएनपी मिडिया हाउसका प्रबन्ध निर्देशक लब वहादुर कार्की नेपालभर छरिएर रहेका ईभेन्ट आयोजकहरुको छाता संगठन ईभेन्ट म्यानेजमेन्ट एसोसिएसनको अध्यक्ष चयन भएका छन । मिस्टर एण्ड मिस नेपाल आईकन, मिसेस नेपाल आईकन, लिटिल आईकन, नेपाल्स लिटिल आईकन, चिल्ड्रेन आईकन, टिचर आईकन लगायत झण्डै आधा दर्जन चर्चित पेजेन्टहरु आयोजना गर्दै आएका कार्कीको नेतृत्वमा गठन भएको १३ जनाको कार्यसमितीको चयन गरिएको छ भने झण्डै १ दर्जन ईभेन्ट आयोजकरुले संस्थापक सदस्यको रुपमा सदस्यता प्राप्त गरेका थिए ।

EMAN Press Meet
नेपालमा पहिलो पटक फरक एवं पृथक युवायुवती माझ लोकप्रिय र्यापर गीतको प्रतियोगीता व्याटल नेपालको तयारीमा व्यस्त कार्की ईभेन्ट अर्गनाईजरको रुपमा थुप्रै सम्मान र अवार्ड प्राप्त गर्न सफल भएका छन ।
शनिबार वानेश्वरमा आयोजित पत्रकार सम्मेलन कार्यक्रम कार्यक्रमका प्रमुख अतिथी तथा पूर्व पर्यटन मन्त्री कृपाशुर शेर्पाले गमलमा पानी हाल्दै संघको औपचारिक शुभारम्भ भएको घोषणा गरे । संघको औपचारिक शुभारम्भ पस्चात पूर्व मन्त्री शेर्पाले संघका पदाधिकारी एबम संस्थापक सदस्यहरुलाई प्रमाण पत्र वितरण गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रम ब्यवस्थापन संघ, नेपालका अध्यक्ष लब बहादुर कार्कीले मनोरन्जन क्षेत्र मध्ये पनि सौन्दर्य प्रतियोगीता, महोत्सव, फेशन शो, अवार्ड वितरण लगायत विविध ईभेन्ट संग सम्बन्धित मनोरन्जनात्मक कार्यक्रम एवं प्रतियोगीताले समाज परिर्वतनसँगसंगै देशको समग्र आर्थिक विकासमा टेवा पुर्याउदै आएको बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ, ३ नम्बर प्रदेशका सल्लाहकार उज्जवल जंग शाह, ग्लोबल नेपालीज सेफ फेडेरेशनका अध्यक्ष लक्ष्मन प्रसाद भण्डारी, कामना मासिक पत्रिका का सम्पादक बिदुर गिरी, पत्रकार अनन्त वाग्ले,चलचित्र पत्रकार संघका उपाध्यक्ष गीता अधिकारी लगायत संचारकर्मीहरुको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन चर्चित कोरियोग्राफर एवं मिडिया पर्सन रोजिन शाक्यले गरेका थिए ।
को को छ्न कार्यक्रम ब्यवस्थापन संघ,

अध्यक्ष लव बहादुर कार्की उपाध्यक्ष शान्ता कुमारी तामाङ्ग महासचिव सावित्री ढुङ्गाना, प्रवक्ता सरोज ओझा , सचिव सोनीत राज ढुङ्गेल , सहसचिव डेविल सिहं राजपुत , कोषाध्यक्ष राज लुईटेल ,सहकोषाध्यक्ष टेक राज पाण्डे, कार्यसमिती सदस्य मोनीत महर्जन, तृष्णा गुरुङ्ग, प्रदिप राज वन्त, सुरज थापा, सपना राई,अशोक तामाङ, संस्थापक सदस्य गोकर्ण लामीछाने नुवाकोट , राजिव दियाली मोरङ्ग, सविना श्रेष्ठ धनगढी, समिर लामा, पासाङ्ग शेर्पा, पवन कोईराला र नारायण थापा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here