आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाचार

नेकपामा व्यक्ति विशेष सर्वेसर्वा हुँदैन : वरिष्ठ नेता माधवकुमार नेपाल

नेकपामा व्यक्ति विशेष सर्वेसर्वा हुँदैन : वरिष्ठ नेता माधवकुमार नेपाल

राजनीति, समाचार
काठमाडौँ — चैत ११ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा व्यक्ति विशेष हावी हुन नसक्ने बताएका छन् । ‘नेकपा जनवादी केन्द्रीयताको सिद्धान्त र सामूहिक नेतृत्वको आधारमा चल्ने पार्टी हो जहाँ व्यक्तिविशेष सर्वेसर्वा हुँदैन,’ पत्रकार भेटघाटमा नेकपा सचिवालय सदस्यसमेत रहेका नेपालले भने । उनले सरकारलाई विगतका कमजोरीलाई सुधार गर्दै अघि बढ्न सल्लाह दिए । सरकार र पार्टी सञ्चालनबारे सचिवालयमा सरसल्लाह हुनुपर्नेमा उनको जोड थियो । ‘असन्तुष्ट पक्षलाई बोलाई छलफल गरेर विश्वासमा लिनुपर्दछ,’ उनले भने । नेता नेपालले कुनै विषयमा आलोचना भएमा वा केही प्रष्ट गर्नुपर्ने भएमा त्यसलाई प्रष्ट पार्नुपर्ने र नेतृत्व फराकिलो हुनुपर्ने बताए। पार्टीका तल्ला कमिटी र जनवर्गीय सङ्गठनको एकता अर्का पार्टी अध्यक्ष पुष्पकमल दाहाल अमेरिकाबाट फर्किएपछि छलफल गरेर टुङ्गो लगाइने उनले जानकार...
प्रधानमन्त्री केपी ओली सिके राउतको प्रवक्ता बने : राजेन्द्र महतो

प्रधानमन्त्री केपी ओली सिके राउतको प्रवक्ता बने : राजेन्द्र महतो

राजनीति, समाचार
काठमाडौँ — चैत ११ । राष्ट्रिय जनता पार्टी, नेपालका नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओली सिके राउतको प्रवक्ता बनेको टिप्पणी गरेका छन् । प्रधानमन्त्री ओलीले राष्ट्रिय राजनीतिमा एकपछि अर्को अपरिपक्कता प्रर्दशन गरिरहेको उनले दावी गरे । आइतबार काठमाडौंमा आयोजित देशको विद्यमान परिस्थितिमा राजनीतिक दलहरुको भूमिका अन्तरक्रिया कार्यक्रममा उनले टिकापुर घटनालाई राजनीतिक घटनाको रुपमा बुझिदिन सबैलाई आग्रह गरे । नेता महतोले तत्कालीन माओवादी सशस्त्र युद्धलाई जनयुद्ध भन्न मिल्ने तर टिकापुर घटनालाई अपराधिक गतिविधि भन्दै रेशम चौधरीलगायतका राजनीतिक व्यक्तिहरुलाई जन्मकैदको सजाय दिइएकोमा आपत्ति जनाए । नेता महतोले झापा आन्दोलनलाई राजनीतिक आन्दोलन भनेजस्तै टिकापुर घटनालाई पनि थरुहट आन्दोलनको रुपमा लिनुपर्ने बताए । (नयाँ पत्रिका)...
प्रधानमन्त्रीले ओलीले दिए विप्लव समूहलाई वार्तामा आउन चैतसम्मको अल्टिमेटम

प्रधानमन्त्रीले ओलीले दिए विप्लव समूहलाई वार्तामा आउन चैतसम्मको अल्टिमेटम

राजनीति, समाचार
काठमाडौँ — चैत ११ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेक्रवित्रम चन्द नेतृत्वको नेकपालाई हतियार बिसाएर वार्तामा आउनका लागि चैत महिनासम्मको अल्टिमेटम दिएका छन् । यो महिनाभित्र हतियार बिसाएर वार्तामा नआए सरकार नियन्त्रणका लागि अझ आक्रामक बन्ने संकेत उनले दिएका छन् । नेकपाको संसदीय दलको सोमबारको बैठकलाई सम्बोधन गर्नै प्रधानमन्त्री ओलीले चन्द समूहका गतिविधि हिंसात्मक भएकाले त्यसलाई रोक्न राज्यले आफ्नो भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गरे। ‘यही चैत महिना भरीमा हतियार बिसाएर कुराकानीमा आउनुपर्‍यो। त्यसको लागि ढोका बन्द भएको छैन,’ प्रधानमन्त्री ओलीले भने, ‘हिंसा छाडेर, हतियार बिसाएर नआए सम्पूर्ण रुपमा नियन्त्रणमा लिइन्छ।’ प्रधानमन्त्री ओलीले आइतबार संघीय संसदमा पनि सम्बोधन गर्दै सरकार अघि बढेकाले अब व्याक गियर नलगाउने बताएका थिए। प्रमुख प्रतिपक्षी कांग्रेसले भने राज्यको शक्ति प्रयोग गरे...
‘हतियार बिसाए विप्लव समूहसँग वार्ता सम्भव’- उपप्रधान तथा रक्षामन्त्री पोख्रेल

‘हतियार बिसाए विप्लव समूहसँग वार्ता सम्भव’- उपप्रधान तथा रक्षामन्त्री पोख्रेल

राजनीति, समाचार
मोरङ — चैत ११ । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोख्रेलले नेक्रवित्रम चन्द नेतृत्वको नेकपालाई हतियार बिसाएर वार्त्तामा आउन आग्रह गरेका छन् । विराटनगरमा पत्रकारसँग कुरा गर्दै पोख्रेलले हतियार उठाएको चन्द नेतृत्वको समूहसँग अहिले वार्ताको कुनै सम्भावना नरहेको बताउँदै पहिला हतियार बिसाउनु पर्ने बताए । ‘हतियार उठाउनु संवैधानिक व्यवस्था विपरितको कार्य हो,’ उनले भने, ‘वार्ताको सम्भावना त्यो समयमा रहन्छ, जब उहा“हरुले हतियार बिसाउनुहुन्छ ।’ हतियार देखाएर चन्दा उठाउने, बम पड्काएर मान्छे मार्ने जस्ता समूहसँग सरकारले वार्ता नगर्ने उनले स्पष्ट पारे । सरकारले कुनै राजनितिक पार्टी र दललाई निषेध गर्न नखोजेको पोख्रेलको भनाई थियो । उनले प्रधानमन्त्रीले सेना परिचालन गर्ने विषय अनावश्यक हल्ला मात्रै भएको बताए । ‘राष्ट्रिय सुरक्षा परिषदको बैठक बोलाउन ढिलाइ भएको बेलामा प्रधानमन्त्री परिषदको अध्यक्षक...
नेपाली कामदार जापान पठाउन ‘सहयोग समझदारी पत्र’मा हस्ताक्षर

नेपाली कामदार जापान पठाउन ‘सहयोग समझदारी पत्र’मा हस्ताक्षर

आर्थिक, समाचार
काठमाडौँ — चैत ११ । जापानले नेपाली कामदार लैजाने विषयमा दुई देशबीच सोमबार काठमाडौंमा 'सहयोग समझदारी पत्र'मा हस्ताक्षर भएको छ । सोमबार भएको एक कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको उपस्थितिमा श्रम मन्त्रालयका निमित्त सचिव र जापानी राजदूतले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । जापानले पहिलोपटक ‘श्रम भिसा’ मा सोझै नेपालबाट कामदार लैजाने भएपछि दुई देशबीच समझदारीमा हस्ताक्षर भएको हो। जापानले आउँदो अप्रिल १ देखि नेपालसहित ९ देशबाट विदेशी कामदार लैजाने निर्णय गरेको छ। समझदारीअनुसार दुई देशका सरकारी संयन्त्रको समन्वयमा कामदार भर्ना हुनेछन्। ‘जापान जाने नेपाली कामदारले म्यानपावर धाइराख्नुपर्ने छैन । कामदार पठाउने कार्य सरकारी संयन्त्रबाटै गर्ने सहमति भएको छ,’ श्रम मन्त्रालय एक अधिकारीले भने, ‘तेस्रो पक्षको संलग्नता हुँदा उच्च ठगी हुने सम्भावना देखिएको थियो । ह...
नेपाल आज कुवेतविरुद्ध प्रतिस्पर्धा गर्दै

नेपाल आज कुवेतविरुद्ध प्रतिस्पर्धा गर्दै

खेलकुद, समाचार
काठमाडौँ —चैत ११ । नेपाली राष्ट्रिय फुटबल टोलीले सोमबार कुवेतविरुद्ध दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दै छ । पहिलो खेलमा कुवेतलाई गोलरहित बराबरीमा रोकेको नेपालले दोस्रो खेलमा पनि घरेलु टोलीलाई बराबरीमा रोक्ने लक्ष्य राखेको छ । कुवेतविरुद्धको गोल खडेरी आजको खेलमा तोडिने विश्वास लिएको छ । ‘हामी आजको प्रतिस्पर्धामा बराबरीका लागि नै प्रयास गछौँ,’ नेपाली टोलीका प्रमुख प्रशिक्षक योहान कोलिनले नयाँ पत्रिकासँग भने । रोक्नु मुख्य चुनौती पहिलो खेलमा सनसनीपूर्ण बराबरी गरेपछि उत्साही बनेको नेपाल दोस्रो खेलमा आत्मविश्वासी प्रदर्शनका लागि मैदान उत्रने प्रशिक्षक कालिनले जानकारी दिए । पहिलो खेलकै स्पिड दोस्रो खेलमा पनि जारी राख्ने गरी तयारी गरेको उनले बताए । कोलिनले भने, ‘पहिलो खेलपछि दोस्रो खेलमा उनीहरू केही आक्रामक हुनेछन् । हामी उनीहरूको चुनौतीलाई रोक्नका लागि मैदानमा उत्रन्छौँ ।’ कोलि...
मौसम बदलीसँगै देशका अधिकांश भू–भागमा हल्का वर्षाको सम्भावना

मौसम बदलीसँगै देशका अधिकांश भू–भागमा हल्का वर्षाको सम्भावना

समाचार, समाज
काठमाडौँ —चैत ११ । पश्चिमी वायुको प्रभावले आज मौसम बदलीसँगै काठमाडौं उपत्यकासहित देशका अधिकांश भू–भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ । आज बिहानबाट नेपाल भित्रिएको पश्चिमी वायुको प्रभावले पश्चिमी भेगका केही स्थान र पहाडी क्षेत्रका एक/दुई स्थानमा मेघ गर्जनसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिइन् । उनका अनुसार दिउँसो पश्चिमी क्षेत्रमा यसको प्रभाव देखिन्छ र बेलुकी पखबाट मध्य र पूर्वी भू–भागको मौसम पनि क्रमशः प्रभावित भई मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ । प्रि–मनसुनको समय भएकाले वर्षा लामो समयसम्म नहुने र छिनमै मौसम परिवर्तन हुने बताइएको छ । राति देशका पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महा...
एएफसी यू २३ च्याम्पियनसिपको छनोट खेलमा नेपाल कतारसँग पराजित

एएफसी यू २३ च्याम्पियनसिपको छनोट खेलमा नेपाल कतारसँग पराजित

खेलकुद, समाचार
काठमाडौँ —चैत ११ । कतारसँग ५-० गोलले पराजित भएसँगै नेपाल एएफसी यू २३ च्याम्पियनसिपको छनोट चरणबाट बाहिरिएको छ । पहिलो खेलमा नेपालले ओमानसाग १-० को पराजय व्यहोरेको थियो । दोहास्थित एस्पायर एकेडेमी मैदानमा भएको खेलमा घरेलु टोली कतारबिरुद्ध रक्षात्मक रणनीति लिएको नेपालको प्रदर्शन निकै कमजोर देखियो। मुख्यतः गोलरक्षक अपर्ण कार्कीले अपेक्षाअनुसार प्रदर्शन गर्न सकेनन्। कतारका लागि कप्तान बासम अलरावी र अब्दुल्लाह अलाराकले २-२ तथा खालिफा साद खालिफले एक एक गोल गरे। २५औं मिनेटमा कतारले पेनााल्टीमार्फत अग्रता लिएको हो। अनन्त तामाङले कतारका हसन अहमद पालाङलाई फल गरेपछि पाएको पेनाल्टीमा अब्दुल्लाहले गोल गरे। पहिलो हाफमा एक गोलको अग्रता बनाएको कतारले दोस्रो हाफमा ३ गोल थप्यो।५३ औं मिनेटमा एसियन च्याम्पियन कतारी टोलीका सदस्यसमेत रहेका कप्तान बासमले करिव ३५ यार्डबाट प्रहार गरेको बल गोलरक्षक अपर्...
चन्द समूहका कोशी ब्युरो संयोजक घनश्याम श्रेष्ठ पक्राउ

चन्द समूहका कोशी ब्युरो संयोजक घनश्याम श्रेष्ठ पक्राउ

अपराध, समाचार
काठमाडौँ —चैत ११ । नेत्रविक्रम चन्द समूहका कोशी ब्युरो संयोजक घनश्याम श्रेष्ठ (पुष्कर)लाई प्रहरीले पक्राउ गरेको छ । उच्च स्रोतका अनुसार श्रेष्ठलाई आइतबार राति पूर्वी क्षेत्रबाट पक्राउ गरेको हो । स्राेतका अनुसार प्रहरीले उनलाई आजै सार्वजनिक गर्ने सम्भावना छ। द्वन्द्वकालीन समयमा श्रेष्ठ तत्कालीन माओवादीका ब्यूरो सदस्य थिए।उनी काठमाडौंस्थित मिर्मिरे एफएमका पूर्व अध्यक्ष समेत हुन। सरकारले प्रतिबन्ध लगाएसँगै चन्द समूहका नेता कार्यकर्तामाथि निगरानी बढाएको छ। शुक्रबार राति काभ्रेबाट नेक्रवित्रम चन्द समूहका तेस्रो वरीयताका नेता एवं मध्य क्षेत्रीय कमान्ड इन्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’ सहित नौ जनालाई पक्राउ गरेसँगै अन्य उच्च नेताहरूमाथि निगरानी बढाएको छ । राजधानीसहित देशका विभिन्न भागमा भएका विस्फोटका घटनाको अनुसन्धान गरिरहेको प्रहरीले चन्द समूहका गतिविधिको सूक्ष्म अनुसन्धान गरिर...
नेपाल–जापान श्रम समझदारी आज

नेपाल–जापान श्रम समझदारी आज

आर्थिक, समाचार
काठमाडौँ —चैत ११ । जापानले नेपाली कामदार लैजाने विषयमा दुई देशबीच सोमबार काठमाडौंमा श्रमसमझदारी हुँदै छ । यसलाई दुई देशबीच ‘सहकार्य गर्ने समझदारी’ को नाम दिइएको छ । जापानले पहिलोपटक ‘श्रम भिसा’ मा सोझै नेपालबाट कामदार लैजाने भएपछि दुई देशबीच समझदारीमा हस्ताक्षर हुन लागेको हो । जापानले आउँदो अप्रिल १ देखि नेपालसहित ९ देशबाट विदेशी कामदार ल्याउने निर्णय गरेको छ । निमित्त श्रमसचिव र नेपालका लागि जापानी राजदूतले समझदारीपत्रमा हस्ताक्षर गर्नेछन् । समझदारीअनुसार दुई देशका सरकारी संयन्त्रको समन्वयमा कामदार भर्ना हुनेछन् ।‘जापान जाने नेपाली कामदारले म्यानपावर धाइराख्नुपर्नेछैन । कामदार पठाउने कार्य सरकारी संयन्त्रबाटै गर्ने सहमति भएको छ,’ श्रम मन्त्रालयका एक अधिकारीले भने, ‘तेस्रो पक्षको संलग्नता हुँदा उच्च ठगी हुने सम्भावना देखिएको थियो । हाम्रो मुख्य उद्देश्य नै कामदार ठगी हुनबाट जोगिनु...