आइत, जेष्ठ १३, २०८१
Sun, May 26, 2024
Shadow

चन्द समूहका कोशी ब्युरो संयोजक घनश्याम श्रेष्ठ पक्राउ

काठमाडौँ —चैत ११ ।

नेत्रविक्रम चन्द समूहका कोशी ब्युरो संयोजक घनश्याम श्रेष्ठ (पुष्कर)लाई प्रहरीले पक्राउ गरेको छ । उच्च स्रोतका अनुसार श्रेष्ठलाई आइतबार राति पूर्वी क्षेत्रबाट पक्राउ गरेको हो ।

स्राेतका अनुसार प्रहरीले उनलाई आजै सार्वजनिक गर्ने सम्भावना छ।

द्वन्द्वकालीन समयमा श्रेष्ठ तत्कालीन माओवादीका ब्यूरो सदस्य थिए।उनी काठमाडौंस्थित मिर्मिरे एफएमका पूर्व अध्यक्ष समेत हुन।

सरकारले प्रतिबन्ध लगाएसँगै चन्द समूहका नेता कार्यकर्तामाथि निगरानी बढाएको छ। शुक्रबार राति काभ्रेबाट नेक्रवित्रम चन्द समूहका तेस्रो वरीयताका नेता एवं मध्य क्षेत्रीय कमान्ड इन्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’ सहित नौ जनालाई पक्राउ गरेसँगै अन्य उच्च नेताहरूमाथि निगरानी बढाएको छ ।

राजधानीसहित देशका विभिन्न भागमा भएका विस्फोटका घटनाको अनुसन्धान गरिरहेको प्रहरीले चन्द समूहका गतिविधिको सूक्ष्म अनुसन्धान गरिरहेको छ ।

(कान्तिपुर दैनिक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *