आइतबारदेखि एसईई परीक्षा सञ्चालन हुने, सम्पूर्ण तयारी पूरा
काठमाडौँ —चैत ८ ।
आइतबारदेखि सञ्चालन हुने यस वर्षको विद्यालयस्तरीय एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
परीक्षा सञ्चालन परीक्षा नियन्त्रण कार्यलयले गरे पनि आवश्यक खर्च, अनुगमन र जनशक्तिको व्यवस्थापन भने यस वर्षदेखि प्रदेश सरकारले गर्दैछ ।
एसईई परीक्षामा ४ लाख ७५ हजार विद्यार्थी सामेल हुँदैछन्, जसमा २ लाख ३६ हजार ४४५ छात्र र २ लाख ३८ हजार ५५८ छात्रा छन् । यस्तै एक्जाम्टेडतर्फ १५ हजार विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् ।
यस वर्षदेखि परीक्षा नियन्त्रण कार्यालयले विद्यार्थीको सम्पूर्ण विवरण अनलाईनमार्फत राख्ने प्रणाली सुरु गरेको परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले जानकारी दिए ।
परीक्षाका लागि देशभर १ हजार ९६९ वटा परीक्षा केन्द्र छुट्याईएको छ । काठमाडौमा यस वर्ष १६ केन्द्र थपिएको छ । एउटा परीक्षा केन्द्रमा ४ सय भन्दा बढी विद्यार्थ...









