आइत, असार ३, २०८१
Sun, June 16, 2024
Shadow

भारतले पाँचौ पटक जित्यो साफ महिला च्याम्यिनसिपको उपाधि, नेपाल ३-१ ले पराजित

काठमाडौँ —चैत ८ ।

भारत पाचौँ पटक साफ वुमन्स च्याम्पियनसिप बनेको छ । विराटनगरस्थित सहिद रंगशालामा शुक्रबार भएको फाइनल खेलमा नेपाललाई ३-१ गोल अन्तरले हराउँदै भारतले उपाधि उचालेको हो । दिउँसो ३ बजेदेखि सुरु भएको खेलको २६ औं मिनेटमा भारतका लागि डालिमा चिबरले फ्रि किकमार्फत् गोल गरेकी थिइन् ।

भारतले यो प्रतियोगिताका सबै संस्करणको फाइनल जित्न सफल भयो भने नेपाल पहिलो पटक उपाधि जित्ने अवसरबाट बञ्चित रह्यो ।

भारतले खेलको २६ औँ मिनेटमा नै अग्रता लिएको थियो । भारतका लागि २६ औँ मिनेटमा डालिमा छिब्बरले सुरुवाती अग्रता दिलाएकी थिइन् । तर खेलको ३३ औँ नेपाली खेलाडी सावित्रा भण्डारीले हेडरमार्फत गोल गर्दै खेललाई बराबरी गरिन् ।

पहिलो हाफमा बराबरी नेपाल र भारतले बराबरी खेलेका थिए । तर, दोस्रो हाफमा भारतका ग्रेस डाङमीले ६३ औं र अञ्जु तामाङले ७८ मिनेटमा गोल गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *