कोरोनाको संक्रमण बढ्दो अवस्थामा रहेकोले विद्यार्थीलाई आलोपाले गरेर पढाउन शिक्षा मन्त्रालयले निर्देशन
कोरोना भाइरसको संक्रमण पुनः बढ्दो अवस्थामा रहेकोले विद्यालयमा विद्यार्थीलाई आलोपाले गरेर पढाउन शिक्षा मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयका सहसचिव दीपक शर्माद्धारा जारी गरिएको प्रेस विज्ञप्तीमा संक्रमण पुनः बढ्दो अवस्थामा रहेकोले विद्यालयमा विद्यार्थीलाई आलोपाले गरेर पढाउन भनिएको हो ।
विज्ञेप्तीमा भनिएको छ, ‘शिक्षण संस्थाहरु सञ्चालन गर्दा भीडभाड नहुने गरि विद्यार्थीको संख्या एवम् संस्थाको मौजु्दा पूर्वाधार एवम् संस्था रहेको स्थान विशेषको संक्रमणको पछिललो अवस्थासमेतलाई विचार गरी स्थानिय तहसंग समन्वय एवम् परामर्श गरि आलोपालो सिफ्ट वा उपयुक्त विधि अपनाई सम्बन्धीत संस्थाले सिकाई कृयाकलाप सञ्चालन गर्ने वयवस्था मिलाउनु ।’
शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालय कोरोना संक्रमण उच्च भएका जिल्लामा जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को समन्वयमा स्थानीय निकायको निर...








