काठमाण्डौ उत्तर पूर्वी क्षेत्रको गोकर्णेश्वर नगरपालिका वडा नं ८ बेसिगाउँमा  संचालित भेनस नेसनल कलेजले हार्टेनिंङ मिट २०२१ कार्यक्रममा समाजमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्वहरुलाई  सम्मान गरेको छ  । चैत्र ७ गते शनिबार पिस ब्यांकेट जोरपाटीमा आयोजित  एक कार्यक्रमका बीच गणतान्त्रिक नेपालको पहिलो उपराष्ट्रपति परमानन्द झाले भेनस पब्लिक स्कुल को तर्फ बाट उक्त व्यक्तित्वहरुलाई सम्मान गरेका हुन्।असल संस्कार सहितको शिपमुलक व्यावहारिक शिक्षालाइ आत्मसाथ गरि सोहि अनुरुप सर्व सुलभ र गुणस्तरीय शिक्षाका लागि (एम टु एम) अर्थात् मन्टेश्वरी देखि मास्टरसम्म शिक्षा दिने नीति अनुसार अघि बढिरहेको क्याम्पसले लामो समय देखि समाजलाई बिभिन्न क्षेत्रबाट योगदान दिने विशिष्ट ब्यक्तिहरुलाई सम्मान गरेको हो।

भेनस नेसनल कलेज  भेनस खेलकुद सेवा सम्मान २०७७ बाट अल्ट्रा धाविका मिरा राइलाइ सम्मान गरिएको छ ।खेलाडी तथा धावक मिरा राईले  छोटो समयमै अल्ट्रा रनमा नेपालमा मात्र नभई विस्वमै नेपालको शिर उच्च हुने गरी प्राप्त गरेको सफलता र उनको खेलकुदप्रतिको  योगदानको कदर गर्दै उनलाई थप हौसला प्रदान कलेजले सम्मान गरेको जनाएको छ।देशको नाम बिश्वमा चिनाउन सफल खेलाडिहरूलाई उत्साहित र उर्जावान बनाउनको लागि  मिरा राईको योगदानलाइ स्मरण गर्दै  दोसल्ला र ताम्रपत्रले सम्मान गरेको  हो ।

भोजपुरको सानो दुङमामा जन्मिएकी मिरा राईले  हङकङ, अष्ट्रेलिया, फ्रान्स, नर्बे, स्विट्जरल्याण्ड, ईटाली लगायतका देशहरु अल्ट्रा दौडमा भाग लिई सकेकी छिन् हिमालयन, मुस्ताङ र मनास्लु, इटाली र हङकङमा भएका अल्ट्रा दौडमा ६ पटक विजेता बनेकी राईले अन्तर्राष्ट्रिय स्तरमा सहभागिता जनाएका १४ वटा अल्ट्रा दौडमध्ये आठ वटामा उपाधि चुमेकी छिन्।उनले  यसअघि फ्रान्समा भएको ८२ किलोमिटरको मोन्ट ब्लङ्क म्याराथनको उपाधि जित्दै नेपालको शान विश्वभर फैलाएकी थिइन् । अल्ट्रा दौड शुरु गरेको २ वर्षमा नै चर्चा कमाएकी राईले अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन थालेको एक वर्षमा नै यति ठूलो सफलता हात पारेकी हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here