गोकर्णेश्वर नगरपालिका वडा नं ५ मा संचालित एकता जेम्स हाइ स्कुल प्लस २ कलेजले कक्षा ११मा नया भर्ना भएका बिद्यार्थीहरुलाई स्वागत तथा कक्षा १२ पास गरेका बिद्यार्थीहरुलाई बिदाइ  गरेको छ। शनिबार   ड्रिम हाउस पार्टी प्यालेसमा एक कार्यक्रमका बीच बिभिन्न संकायमा भर्ना भइ अध्ययन शुरु गरेका कक्षा ११ का बिद्यार्थीहरुलाई कलेजले स्वागत गरेको हो  ।

सांस्कृतिक कार्यक्रम समेत समाबेश गरिएको स्वागत तथा बिदाइ कार्यक्रमका  प्रमुख अतिथिको रुपमा बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाल रहेका थिए भने बिशेष अतिथिको रुपमा प्याब्सनका केन्द्रीय महासचिब कुमार घिमिरे  ,संस्थागत बिद्यालय संघ नेपाल (इसान) का अध्यक्ष राजकुमार श्रेष्ठ, एन प्याब्सन गोकर्णेश्वर  नगर अध्यक्ष मोहन अधिकारी, प्याब्सन गोकर्णेश्वर नगर अध्यक्ष मदन सुवेदी , राष्ट्रिय संस्थागत बिद्यालय संघ नेपालका अध्यक्ष ओम प्रसाद ढकाल, बरिष्ट जन गायक संगीतकार,तथा सृजनाकार जीवन राम शर्मा, नेपालको चर्चित  गायिका अन्जु पन्त,  भेनस नेसनल कलेज प्रमुख कृष्ण गौतम लगायत बिभिन्न बिध्यालय कलेजका  संचालक, प्रिन्सिपल शिक्षक प्रतिनिधि, कलेज संचालक समितिका पदाधिकारी, शिक्षक बिद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रमको अध्यक्षता एकता जेम्स संस्थापक प्राचार्य  भिम दर्लामी मगरले गरेका थिए  भने कार्यक्रम संचालन शिक्षक  रमेश कुमार वि.कले गरेका थिए  ।

राष्ट्रिय गान संगै शुरु भएको कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयालले पानसमा दिप प्रज्वलन गरि उद्घाटन गरेका थिए । कार्यक्रममा  एकता जेम्सका  भाइस प्रिन्सिपल शुवर्ण प्रकाश पुलामीले स्वागत मन्तब्य  सहित कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए  ।कार्यक्रममा बरिष्ट जन गायक संगीतकार,तथा सृजनाकार जीवन राम शर्मा र  नेपालको चर्चित  गायिका अन्जु पन्तलाइ बिशेष सम्मान गरिएको थियो कार्यक्रममा  प्याब्सनका केन्द्रीय महासचिब कुमार घिमिरे  ,संस्थागत बिद्यालय संघ नेपाल (इसान) का अध्यक्ष राजकुमार श्रेष्ठ, एन प्याब्सन गोकर्णेश्वर  नगर अध्यक्ष मोहन अधिकारी, प्याब्सन गोकर्णेश्वर नगर अध्यक्ष मदन सुवेदी , राष्ट्रिय संस्थागत बिद्यालय संघ नेपालका अध्यक्ष ओम प्रसाद ढकाल लगायतले कलेजको  शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रमलाइ प्रमुख अतिथिको रुपमा बल्दै बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयालले नव प्रवेशी विद्यार्थीहरुलाई स्वागत गर्नुका  साथै बिदाइ भएर जाने विद्यार्थीहरुलाई उज्ज्वल भबिष्यको शुभकामना दिएका थिए ।उनले बागमती प्रदेशले शिक्षालाई प्राथमिकतामा राखेर सामुदायिक  बिद्यालयमा नर्स कार्यक्रम संचालनमा ल्याएको जानकारी गराउदै  छोरि बुहारीको लागि छात्रवृत्तिको व्यवस्था गरेको पनि जानकारी गराए त्यसै गरि उनले प्राबिधिक शिक्षा आजको आवश्यकतालाइ मध्यनजर गर्दै प्राबिधिक शिक्षाको लागि प्रदेशले जोड दिएको जानकारी गराएका थिए उनले जुन बिषय पढे पनि त्यसमा दक्षता हासिल गर्ने गरि पढ्न  बिद्यार्थीहरुलाई अनुरोध गरेका थिए ।

कार्यक्रममा एकता जेम्स संस्थापक प्राचार्य  भिम दर्लामी मगरले अब्बल जन शक्ति उत्पादन गर्न एकता जेम्स कलेज प्रतिबद्द रहेको जानकारी गराएका थिए। उनले कलेज आजको स्थान सम्म आइपुग्नुमा कलेज व्यवस्थापक संगै शैक्षिक क्षेत्रमा लागेका सबै बिध्यालय शिक्षक बिद्यार्थीहरुको समेत उलेख्य भूमिका रहेको जानकारी गराउदै नया भर्ना भएका बिद्यार्थीहरुलाई स्वागत तथा कक्षा १२ पास गरेका बिद्यार्थीहरुलाई बिदाइ गर्दै उज्वल भबिष्यको कामना गरेका थिए  ।

कलेजले विद्यार्थीलाई किताबी ज्ञान मात्र नभई अहिलेको प्रतिस्पर्धात्मक युगमा विश्वका जुनसुकै ठाउँमा पनि आफुलाई स्थापित गराउन सक्ने गरि दक्ष बनाउन प्रयास गरिरहेको जानकारी दिदै  असल संस्कार सहितको शिपमुलक व्यावहारिक शिक्षालाइ आत्मसाथ गरि सोहि अनुरुप अघि बढिरहेको जानकारी गराएका थिए। उनले नया भर्ना भएका बिद्यार्थीहरुलाई  शिक्षकले दिने हरेक निर्देशन आफ्नै भलोका लागि भनेर सोच्न बिद्यार्थीहरुलाई सुझाउदै   कक्षा १२ पास गरि बिदाइ भएका बिद्यार्थीहरुको उज्ज्वल भबिष्यको कामना गरेका थिए ।

कार्यक्रममा एकता जेम्स हाइ स्कुल प्लस २ कलेजमा  कक्षा ११मा नया भर्ना भएका बिद्यार्थीहरुलाई स्वागत तथा कक्षा १२ पास गरेका बिद्यार्थीहरुलाई बिदाइ गरिएको थियो भने उत्कृष्ट  बिद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।कार्यक्रममा बिद्यार्थीहरुले बिभिन्न सांस्कृतिक नृत्य, गित मार्फत मनोरञ्जन प्रदान गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here