आइतवार नेप्से परिसूचकले हालसम्मकै उच्च विन्दु कायम गरेको छ । यस दिन २ बजेर ३० मिनेटसम्मको कारोबारमा नेप्से परिसूचक शून्य दशमलव ७२ प्रतिशत बढेर २ हजार ६५० दशमलव ९५ विन्दुमा पुगेको हो ।
यस अघि गत फागुन ९ गते नेप्से परिसूचकले २ हजार ६४० दशमलव ३४ विन्दु कायम गरेको थियो । उक्त दिनको उच्च विन्दुलाई आइतवार नेप्सेले पार गरेको हो । यस अवधिसम्म २१० कम्पनीको रू. ७ अर्ब ३७ करोड ६० लाख ७९ हजार बराबरको शेयर कारोबार भएको छ । यस दिन निर्जीवन बीमा समूहको परिसूचक सर्वाधिक ३ दशमलव ७३ प्रतिशत बढेको छ ।
