नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालले नेता माधवकुमार नेपाल र भीम रावललाई पार्टीबाट ६ महिनाका लागि निलम्बन गरिएकोप्रति गम्भीर आपत्ति प्रकट गरेको छ ।

युवा संघ नेपालले मंगलबार एक विज्ञप्ति जारी कम्युनिस्ट पार्टीलाई विघटनमा लैजाने उदेश्य अनुसरुप नेताहरुमाथि निलम्बर गरिएको आरोप लगाएको छ ।

विज्ञप्तिमा दलाल नोकरशाही पुँजीपति वर्गको आड भरोसा र अवसरवादमा परी कम्युनिष्ट एकतालाई भाँड्ने र विघटनसम्म लैजाने उद्धेश्यले सो घटना गराइएको उल्लेख छ ।

युवा संघ नेपालका अध्यक्ष नरेशकुमार शाहीद्वारा जारी विज्ञप्तिमा उक्त कार्य समाजवाद निर्माणको आधारशीला निर्माण गर्ने प्रतिबद्धता विपरित मुलुकलाई गम्भिर राजनीतिक अस्थिरताको भड्खालोमा पुर्याउन उद्यत रहेको दाबी गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here