बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

पछिल्लो २४ घन्टामा नेपालमा थप १सय ६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

पछिल्लो २४ घन्टामा नेपालमा थप १सय ६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ३१४० मा पिसिआर गर्दा १६७ जनामा कोरोना पुष्टि भएको हो ।

यससहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७७ हजार १४७ पुगेको छ ।

पछिल्लो २४ घन्टामा ११५ जना निको भएर फर्किएका छन् । योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७२ हजार ७२७ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *