काठमाण्डौ उत्तर पूर्वी क्षेत्रको गोकर्णेश्वर नगरपालिका वडा नं ५ नयाँबस्तीमा  संचालित एकता जेम्स इङ्गलिस एकेडेमी/ कलेजले कक्षा ११ मा अध्यनरत विद्यार्थीहरुको लागि स्वागत साथै कक्षा १२ का विद्यार्थीहरुलाई सम्मान र बधाई कार्यक्रम आयोजना गर्ने भएको छ । कार्यक्रम यहि चैत्र २१ गते शनिबारको दिन बिहान १०ः०० बजेदेखि ड्रिम नेपाल पार्टी प्यालेशमा आयोजना हुने भएको छ ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बागमती प्रदेशका माननीय भौतकि पुर्वाधार तथा विकाश मन्त्री रामेश्वर फुयाल आउने भएका छन् । कलेजका प्राचार्य भीम बहादुर दर्लामीले बताए अनुसार कार्यक्रमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई स्वागत तथा कक्षा १२का विद्यार्थीहरुलाई सम्मान र बधाई कार्यक्रम आयोजना गरेको बताउनु भयो ।

साथै सो कार्यक्रममा राष्ट्रिय ख्याती प्राप्त र राष्ट्रको लागि योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान गरिने एकता जेम्स इङ्गलिस एकेडेमी/ कलेजका प्राचार्य भीम बहादुर दर्लामीले बताउनु भयो । त्यस्तै कार्यक्रममा राष्ट्रिय कलाकार जीवन शर्मा लगायत कलेजमा पढ्ने विद्यार्थी भाईबहिनीहरुको प्रस्तुतिहरु रहने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here