देशभरी बढेको प्रद्रूषणका कारणले सरकारले  देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको छ । शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालयले वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भएले विद्यालय बन्द गर्ने निर्णय गरेको हो । मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको आकस्मिक बैठकले चैत १७ गतेदेखि २० गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

मन्त्रालयका अनुसार पूर्व निर्धारित कार्यतालिका अनुसार परीक्षा सञ्चालन गरिरहेका विश्व विद्यालयहरु तथा उच्च शिक्षा प्रदायक संस्थाहरुले स्वास्थ्य सजकता अपनाउँदै परिक्षा सञ्चालन गर्न सक्नेछन् । यस विषम परिस्थितीमा आफ्नो बालबालिकाहरुलाई विद्यालय विदा भएको अवस्थामा घरभित्रै रहन मन्त्रालयले अनुरोध गरेको 

विगत केहि दिनयतादेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वायु प्रदूषत निकै बढेको छ । वायुमण्डलमा धुँवा र धुलोको मात्र अध्याधिक बढेका कारण बाक्लो तुँवालोले हवाइ सेवा समेत प्रभावित हुँदै आएका थिए । 

जनस्वास्थ्य विदहरुले संकटकालिन अवस्था सृजना भएका कारण सार्वजनिक सेवाहरु बन्द गर्न सरकारलाई सुझाव दिएका थिए भने सर्वसाधारणलाई अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन आग्रह गरिरहेका छन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here