आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

शिक्षा

२०७८ सालको शैक्षिक सत्र असार १ गतेबाटै सुरु गरिने

२०७८ सालको शैक्षिक सत्र असार १ गतेबाटै सुरु गरिने

शिक्षा, समाचार
 भौतिक रूपमा कक्षा सञ्चालन नभए पनि २०७८ सालको शैक्षिक सत्र असार १ गतेबाटै सुरु गरिने भएको छ । विद्यार्थीको परीक्षा सञ्चालन तथा नतिजा प्रकाशन गरी असार १ गतेबाट विद्यालय तहको नयाँ शैक्षिक सत्रको प्रारम्भ गर्ने गरी व्यवस्था मिलाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले मातहतका अधिकारीलाई निर्देशन दिए । वैकल्पिक विधिको प्रबन्ध गरेर भए पनि नयाँ शैक्षिक सत्र अगाडि बढाउनुपर्ने र त्यसका लागि तयारी गर्नुपर्ने निर्देशन मन्त्री श्रेष्ठले दिए । सरकारको यो निर्णयअनुसार अब कक्षा १० सम्म विद्यार्थीको नयाँ शैक्षिक सत्रको पठनपाठन असार १ गतेबाट सुरु हुनेछ । एसईई प्रक्रियामै रहेकोले अहिलेको अवस्था कक्षा १० मै नयाँ र पुराना गरी दुई समूह छन् । मन्त्री श्रेष्ठले माध्यमिक शिक्षा परीक्षा ९एसईई०को परीक्षाफल चाँडै प्रकाशन गर्ने व्यवस्था मिलाउनसमेत निर्देश गर्नुभएको मन्त्रीको सचिवा...

विश्व वातावरण दिवसका उपलक्षमा स्वर्गद्वारी नगरपालिकाको सहकार्यमा वृक्षारोपण कार्यक्रम सम्पन्न

शिक्षा
“विरुवा लगाउनु मात्रै मुख्य कुरा होईन, लगाईएका विरुवाको संरक्षण तथा सम्बद्र्धन गर्नु महत्वपुर्ण हो ।” विश्व वातावरण दिवशको अवसरमा आयोजित बृक्षारोपण कार्यक्रममा आफ्नो मन्तव्य राख्दै भन्नुहुन्छ स्वर्गद्वारी नगरपालिकाका प्रमुख नेत्र बहादुर रोका क्षेत्री । मिति २०७८ जेठ २२ मा स्वर्गद्वारी नगरपालिका, वन वातावरण तथा विपद् व्यवस्थापन समितिको आयोजना र कृषि तथा जीविकोपार्जन प्रबद्र्धन परियोजनाको संयुक्त आयोजनामा विश्व वातावरण दिवशको अवसरमा वडा नं. ४ र ९ को कार्यालय हाता भित्र ४१५ वटा विरुवा लगाईएको छ । अष्ट्रेलियन एडको आर्थिक सहयोग र आड्रा नेपाल, रुपान्तरण र फूलवारी एकिकृत ग्रामीण विकास संस्थाको साझेदारीमा सञ्चालित न्इब्ी(क्ष्क्ष् परियोजनाले प्रत्येक वर्ष कार्यक्षेत्रका स्थानीय तहसंगको सहकार्यमा विभिन्न दिवशहरु मनाउने कार्यमा सहकार्य गर्दै आएको छ ।दिवश मनाउने क्रममा यस वर्षको विश्व वातावरण दिव...
सरकारले कक्षा १२ सम्म अध्ययन गर्ने छात्रछात्रालाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने

सरकारले कक्षा १२ सम्म अध्ययन गर्ने छात्रछात्रालाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने

शिक्षा, समाचार
सरकारले कक्षा १२ सम्म अध्ययन गर्ने छात्रछात्रालाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने घोषणा गरेपछि जनक शिक्षा सामग्री केन्द्रले तयारी सुरु गरेको छ । पर्याप्त जनशक्ति र छपाइ मेसिन उपलब्ध रहेकाले सरकारी प्रतिबद्धता कार्यान्वयनमा ल्याउने कुनै समस्या नहुने केन्द्रले स्पष्ट गरेको खबर गोरखापत्र दैनिकमा छ । जेठ १५ गते सार्वजनिक गरिएको आर्थिक वर्ष ०७८–७९ को बजेटमा कक्षा १२ सम्म अध्ययन गर्ने छात्रछात्रालाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने घोषणा गरिएको छ । यो घोषणापछि कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीले निःशुल्क पाठ्यपुस्तक प्राप्त गर्नेछन् । यसअघि कक्षा १० सम्मका विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउने गरिएको छ । सरकारले कक्षा १२ लाई विद्यालय तहका रूपमा अङ्गीकार गरेको छ । जनक शिक्षाका महाप्रबन्धक अनिलकुमार झाले सरकारले भनेकै समयमा पुस्तक उपलब्ध गराउन सक्षम रहेको जानकारी दिए । ज...
३२ वर्षे इतिहास बोकेको शुभतारा विद्यालय सधैँका लागि बन्द हुने,विद्यार्थी र अभिभावक चिन्तामा

३२ वर्षे इतिहास बोकेको शुभतारा विद्यालय सधैँका लागि बन्द हुने,विद्यार्थी र अभिभावक चिन्तामा

शिक्षा, समाचार
भक्तपुर । जङ्गलको नजिकै शान्त, पारिवारिक वातावरण, सिङ्गो गाउँजस्तै आकर्षक भवन, गुणस्तरीय पढाइ र स्वस्थवर्धक खानाको उत्कृष्ट पहिचान बनाउन सफल ३२ वर्षे इतिहास बोकेको शुभतारा विद्यालय सधैँका लागि बन्द हुने भएको छ। अभिभावकसँग कुनै समन्वय नै नगरी ललितपुरको महालक्ष्मी नगरपालिका लामाटारमा सञ्चालित यस विद्यालय व्यवस्थापनले अचानक बन्द गर्ने निर्णय पठाएपछि यतिखेर यहाँ पढ्ने विद्यार्थी र अभिभावक निकै चिन्तामा परेका छन्। स्कूलका संस्थापक निर्देशक रानी गुरुङ कक्षपतिले बिहीबार मध्यराति अभिभावकहरुलाई इमेल पठाएर आगामी शैक्षिक सत्रदेखि विद्यालय बन्द गर्ने निर्णय गरेको जानकारी पठाएपछि रातभरि सुत्न नसकेको अभिभावक बताउँछन्। अभिभावक रुपेश महर्जन अभिभावकहरुसँग कुनै समन्वय नै नगरी अचानक राति १२ बजे इमेल आएपछि रातभरि बच्चा र आफू चिन्तामा परेको बताउँछन्। उनले भने, “बिहीबार साँझ केही अभिभावकसँग भर्चुअल बैठक ...
(एसईई)परीक्षा यो वर्ष पनि आन्तरिक मूल्याङ्कनबाट हुने

(एसईई)परीक्षा यो वर्ष पनि आन्तरिक मूल्याङ्कनबाट हुने

शिक्षा, समाचार
यो वर्ष पनि माध्यमिक शिक्षा परीक्षा (एसईई) आन्तरिक मूल्याङ्कनबाट हुने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गतवर्ष झैँ यसपटक पनि परीक्षा आन्तरिक मूल्याङ्कनबाटै गर्ने निर्णय गरेको छ । विद्यालयहरुले गरेको आन्तरिक मूल्याङ्कनका विवरण सम्बन्धित जिल्ला शिक्षा विकास तथा समन्वय समितिमा पठाउने छ । उक्त विवरण शिक्षा विकास तथा समन्वय इकाईले प्रमाणित गरी राष्ट्रिय परीक्षा बोर्डमा पठाउनुपर्नेछ । सोही विवरणका आधारमा परीक्षा बोर्डले परीक्षाफल तयार पारेर सार्वजनिक गर्नेछ । यसअघि शिक्षा मन्त्रालयको बैठकले गएको वर्ष जस्तै आन्तरिक मूल्याङ्कन विधिअनुसार एसईई सम्पन्न गराउने प्रस्ताव मन्त्रिपरिषद्मा पठाएको थियो । कोरोना महामारीका कारण यो वर्ष पनि परीक्षा सञ्चालन गर्न नसकिने अवस्था भएपछि सरकारले गएको वर्षकै विधि अपनाउने निर्णय गरेको हो । ...

आज २५६५ औँ बुद्ध जयन्ती

शिक्षा
आज २५६५ औँ बुद्ध जयन्ती । भगवान् बुद्धप्रति आस्था प्रकट गरी मनाइँदैछ । ‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’ जस्ता अनेकौँ कालजयी सन्देशका वाहक भगवान् गौतमबुद्धको जयन्ती शान्तिको कामना गर्दै प्रत्येक वर्ष मनाइन्छ । विष्णुको नवौँ अवतारका रुपमा जन्म लिएका सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु¥याएको योगदानको स्मरणस्वरुप मनाइन्छ । यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्छन् । सिद्धार्थ गौतमको जन्म इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६५ वर्षअघि लुम्बिनीमा वैशाख शुक्ल पूर्णिमाकाे दिनमा भएको थियो । नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् । गत वर्ष झैँ यस वर्ष पनि कोभिड–१९ को सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका कारण बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा सीम...
एसईई तथा कक्षा १२ को राष्ट्रिय परीक्षा  परिवर्तित परिस्थितिमा परीक्षाको मोडालिटीमा अध्ययन सुरु

एसईई तथा कक्षा १२ को राष्ट्रिय परीक्षा परिवर्तित परिस्थितिमा परीक्षाको मोडालिटीमा अध्ययन सुरु

शिक्षा, समाचार
सरकारले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) तथा कक्षा १२ को राष्ट्रिय परीक्षा कसरी सञ्चालन गर्ने भन्ने सम्बन्धमा अध्ययन सुरु गरेको छ । आठ लाखभन्दा विद्यार्थीलाई कोरोना (कोभिड–१९)को सङ्कट भइरहँदा कसरी परीक्षाको निकास दिने भन्नेबारे अध्ययन सुरु गरिएको खबर गोरखापत्र दैनिकमा छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. चन्द्रमणि पौडेलले परीक्षाको मोडालिटीमा बारेमा अध्ययन गर्न गठित कार्यदलले यस विषयमा अध्ययन थालिसकेको जानकारी दिए । बोर्डले जेठ १३ गतेबाट एसईई तथा जेठ अन्तिम साताबाट कक्षा १२ को परीक्षा लिने निधो गरेको थियो । कोरोना बढ्दै गई निषेधाज्ञाको चरणमा पुगेपछि परीक्षा स्थगित गरी परिवर्तित परिस्थितिमा परीक्षाको मोडालिटीमा विषयमा अध्ययन गर्ने निर्णय गरेको थियो । त्यसका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालको नेतृत्वमा अध्ययन समिति गठन बनाइएक...
कोभिड–१९ को दोस्रो लहर झाँगिदै गर्दा माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को परीक्षा अन्योलमा

कोभिड–१९ को दोस्रो लहर झाँगिदै गर्दा माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को परीक्षा अन्योलमा

शिक्षा, समाचार
कोभिड–१९ को दोस्रो लहरको लहरो झाँगिदै गर्दा माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को परीक्षाको अन्योल थपिएको छ । २०७७ सालको एसईई सञ्चालन हुन अब मुस्किलले तीन साता बाँकी छ । राष्ट्रिय जनगणना स्थगित भएको सन्दर्भमा विद्यालय तहका मुख्य मानिएका यी परीक्षा पनि स्थगित हुनसक्ने अनुमान सरोकारवालाले गरेका छन् । सम्बन्धित निकायको मौनताका कारण परीक्षालाई लिएर यतिबेला विद्यार्थी, अभिभावक तथा शिक्षक निकै तनावमा छन् । शिक्षाविद्हरुले एसईई तथा कक्षा १२ बाहेकका अन्य कक्षाको परीक्षा नलिइकनै कक्षा चढाउनुपर्ने सुझाव दिएका छन् र शिक्षा निकाय पनि त्यही दिशातर्फ अगाडि बढेको बुझिएको छ । पुतलीसडकस्थित नारायण गौतमले विद्यार्थीहरु निकै मारमा परेको बताउँदै भने, “कक्षा १० को पूरै कोर्स सकिएको छैन । अनलाइनबाट पढाइ सुरु गरेका छौँ तर कहिले के कहिले के समस्या देखाएर सबै विद्यार्थीको उपस्थिति छैन । निर्धारित ...
देशभरका विद्यालय अनिश्चितकालसम्मका लागि बन्द

देशभरका विद्यालय अनिश्चितकालसम्मका लागि बन्द

राजनीति, शिक्षा
देशभरका विद्यालय अनिश्चितकालका लागि बन्द भएका छन् । दोस्रो लहरको कोरोना महामारी भयावह बन्दै गएपछि सरकारले देशभरका विद्यालय अनिश्चितकालसम्मका लागि बन्द गराएको हाे । हिजो बसेको मन्त्रिपरिषद् बैठकले सीसीएमसीको सिफारिसअनुसार अर्काे निर्णय नहुँदासम्म मुलुकभरकै शिक्षालय बन्द राख्ने निर्णय गरेको हो । यसअघि भने शहर र संक्रमण बढी फैलिएका क्षेत्रका विद्यालय मात्र बन्द गरिएका थिए । अबदेखि विद्यालयहरूलाई भर्चुअल (अनलाइन) माध्यमबाट मात्रै कक्षा सञ्चालन गर्न सरकारले निर्देशन दिएको एक मन्त्रीले जानकारी दिए । त्यस्तै सबै प्रकारका परीक्षा पनि गर्न सीसीएमसीले गरेको सिफारिस पनि मन्त्रिपरिषद्को बैठकले पारित गरेको छ । ...
त्रिभुवन विश्वविद्यालयको सबै परीक्षा स्थगन

त्रिभुवन विश्वविद्यालयको सबै परीक्षा स्थगन

शिक्षा, समाचार
त्रिभुवन विश्वविद्यालयले सबै परीक्षा स्थगन गरेको छ ।  त्रिवि परीक्षा नियन्त्रण कार्यालय केन्द्रीय परीक्षा सञ्चालन समितिको आज बसेको बैठकले मङ्गलबारदेखि हुने सबै परीक्षा स्थगन गरेको हो ।  परीक्षा नियन्त्रक पुष्पराज जोशीले कोरोना भाइरसको दोस्रो प्रकोपले देशका विभिन्न स्थानमा बन्दाबन्दी र निषेधाज्ञा भएका कारण अहिलेको स्थितिमा परीक्षा सञ्चालन गर्न नसकिने भएकाले स्थगन गर्नुपरेको जानकारी दिए ।  “केही ठाउँमा बन्दाबन्दी र निषेधाज्ञा शुरु भएको छ ”, उनले भने, “यस्तो बेलामा परीक्षा गर्न सम्भव हुँदैन । त्यसैले सबै परीक्षा स्थगन गरेका हौँ ।” उनले वातावरण सहज भएपछि परीक्षा सञ्चालन गरिने बताउनुभयो । त्रिविको वार्षिक परीक्षाअन्तर्गत स्नातक तह र स्नातकोत्तर तह दोस्रो वर्षका परीक्षा सञ्चालन भइरहेका थिए ।  यही वैशाख १९ गतेसम्म सञ्चालन हुने परीक्षाअन्तर्गत मानविकी,  शिक्षा र विज्ञान ...