“विरुवा लगाउनु मात्रै मुख्य कुरा होईन, लगाईएका विरुवाको संरक्षण तथा सम्बद्र्धन गर्नु महत्वपुर्ण हो ।” विश्व वातावरण दिवशको अवसरमा आयोजित बृक्षारोपण कार्यक्रममा आफ्नो मन्तव्य राख्दै भन्नुहुन्छ स्वर्गद्वारी नगरपालिकाका प्रमुख नेत्र बहादुर रोका क्षेत्री । मिति २०७८ जेठ २२ मा स्वर्गद्वारी नगरपालिका, वन वातावरण तथा विपद् व्यवस्थापन समितिको आयोजना र कृषि तथा जीविकोपार्जन प्रबद्र्धन परियोजनाको संयुक्त आयोजनामा विश्व वातावरण दिवशको अवसरमा वडा नं. ४ र ९ को कार्यालय हाता भित्र ४१५ वटा विरुवा लगाईएको छ । अष्ट्रेलियन एडको आर्थिक सहयोग र आड्रा नेपाल, रुपान्तरण र फूलवारी एकिकृत ग्रामीण विकास संस्थाको साझेदारीमा सञ्चालित न्इब्ी(क्ष्क्ष् परियोजनाले प्रत्येक वर्ष कार्यक्षेत्रका स्थानीय तहसंगको सहकार्यमा विभिन्न दिवशहरु मनाउने कार्यमा सहकार्य गर्दै आएको छ ।
दिवश मनाउने क्रममा यस वर्षको विश्व वातावरण दिवश “नयाँ सोच र सिर्जना, प्राकृतिक प्रणालीको पुनस्र्थापना” भन्ने मुल नाराकासाथ मनाईएको हो । पालिका संयोजक मोहन सुवेदीको सहजिकरणमा सञ्चालन भएको उक्त कार्यक्रम नगरप्रमुखले विरुवा रोपी उद्घाटन गर्नुभएको थियो । उक्त कार्यक्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री बोम बहादुर के सी, वडा नं. ९ का वडाध्यक्ष श्री नर बहादुर बि एम, लगायत न्इब्ी(क्ष्क्ष् परियोजनाका कर्मचारी, वडा कार्यालयका कर्मचारी तथा कृषक समुहका लाभान्वित सदस्यहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रमका स्वर्गद्वारी नगरपालिका तथा न्इब्ी(क्ष्क्ष् परियोजनाको सहलगानीमा सम्पन्न भएको थियो । सो कार्यक्रममा अशोक— ६० वटा, धुपी सल्ला ४० वटा, निलकाँटा ३०० वटा, रातो पिपल २ वटा, कपुर २ वटा, बोटल ब्रस २ वटा, नीम २ वटा, क्रिसमस ट्रि ४ वटा, एरिका पम्प २ वटा, स्टार स्वामी १ वटा गरी ४१५ विरुवाको व्यवस्था गरिएको थियो ।
कोभिड संक्रमणको अवस्थामा पनि स्वास्थ्यका मापदण्ड तथा सामाजिक दुरी कायम गरी सञ्चालन भएको उक्त कार्यक्रममा नगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृतले बृक्षा रोपणले वडा कार्यालयको परिसरको सुन्दरता बढाउनुका साथै वातावरण संरक्षणमा योगदान पुग्ने बताउनुभयो । साथै आगामी दिनमा पालिका भित्रका अन्य सार्वजनिक स्थान जस्तै विद्यालयहरुमा पनि योजनाबद्ध ढंगले वातावरण संरक्षणकासाथै आर्थिक उपार्जन हुने विरुवाहरु लगाउन सकिएमा सम्वन्धित संस्थाहरुको आम्दानीको बाटो पनि हुने उल्लेख गर्नुभयो ।
वडा नं. ९ को समापन कार्यक्रममा बोल्दै वडाध्यक्षले भन्नुभयो “निर्माणधिन वडा कार्यालयको परिसरमा गरिएको यस बृक्षारोपण कार्य आफैमा वातावरण संरक्षण तिरको पाइला हो । यि सवै विरुवाको संरक्षण र सम्बर्धन वडा कार्यालयले गर्नेछ । यस कार्यमा हामी सवै वडाबासी लाग्नेछौं । बृक्षारोपणले वडा कार्यालयलाई सुन्दर त बनाउने नै छ साथै वातावरण संरक्षण गर्नु पर्छ भन्ने सन्देश पनि दिएको छ ।” कार्यक्रममा बोल्दै फूलवारी एकिकृत ग्रामीण विकास संस्थाका अध्यक्षले परियोजनाले सदैव नगरपालिकासंगको समन्वयमा वातावरण संरक्षणका कार्यहरु गर्दै आएको र गरेका क्रियाकलापको दीगो व्यवस्थापन गर्न सवै सहभागीहरुलाई अनुरोध गर्नुभयो । आड्रा नेपालका पुर्णलाल श्रेष्ठले पछिल्लो समयमा विभिन्न पुर्वाधारका कार्यक्रमहरु समुदाय स्तरमा सञ्चालन भैरहेको सन्दर्भमा वातावरणमा नकारात्मक प्रभाव परिरहेको हुँदा स्थानीय सरकारले वातावरण संरक्षणमा ध्यान दिनुपर्ने औल्याउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here